ट्रेंडिंग:

>> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न
स्वाथ्य खबर

हात्तीपाइले विरुद्धको अभियानः औषधी सेवनमा विश्वास गर्दैनन् शहरिया समेत

१० फाल्गुन २०७९, बुधबार
१० फाल्गुन २०७९, बुधबार

बुटवल, फागुन – प्रदेशका तीन जिल्लामा हात्तीपाइले विरुद्धको अभियान सफल हुन सकेको छैन् । औषधीको असरबारे गलत बुझाइले औषधी नखाइदिदा अभियान सफल हुन नसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । बाँके र दाङमा ०६७ र कपिलवस्तुमा २०६३ सालदेखि हात्तीपाइले विरुद्धको औषधी सेवनको अभियान सुरु गरिएको थियो । ६ वर्षभित्रै रोग उन्मुलन गर्ने लक्ष्य राखिएको यी दुई जिल्लामा यो वर्ष १३ औं र कपिलवस्तुमा १५ औं पटक औषधी सेवन अभियान चल्दैछ ।
लक्षित जनसंख्याले औषधी नखाइदिँदा १६ वर्षसम्म हात्तीपाइले निवारणहुन नसकेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । कतिपयले जानीजानी र कतिपयले औषधीको असरबारे गलत बुझाइले औषधी नखाइदिदा निवारणमा समस्या भइरहेको कार्यालयको भनाइ छ । लक्षित जनसंख्याको ८० प्रतिशतले औषधी नखाने गरेका छन् ।
स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दका अनुसार जिल्लामा हात्ती पाइले रोग विरुद्धको अभियान सुरु गर्दा संक्रमणको दर २९ प्रतिशत थियो । अहिले यो दर घटेर ४ प्रतशितमा झरेको छ । बाँकेमा हात्तीपाइले रोगको संक्रमणको दर ४ प्रतिशत र कपिलवस्तुमा ८ प्रतिशत छ । परीक्षणमा हात्तीपाइलेको जोखिम कायमै रहेको पाइएमा जोखिम नघटुन्जेलसम्म औषधि सेवन अभियान हरेक वर्ष चलाइन्छ  ।
एउटै वर्ष अभियान सुरु भएको बाँके र दाङ हात्ती पाइले रोग उन्मुलन गर्ने लक्ष्यको नजिक छन् । स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले हात्ती पाइले विरुद्धका औषधी सेवन अभियानले पूर्णता नपाए पनि लक्षको नजिक भएको बताए । उनका अनुसार दाङमा सन् २००१ मा सर्वेक्षण गर्दा २९ प्रतिशत रहेको हात्ती पाइले रोगको दर अहिले ४ प्रतिशतमा झरेको छ । त्यस्तै बाँकेमा रोगको दर २१ बाट ४.१ प्रतिशतमा झरेको छ ।
दाङ, बाँके र कपिलवस्तुमा फागुन ११ देखि हात्तीपाइले विरुद्धको औषधी सेवन अभियान सुरु हुँदैछ । यो वर्ष यी तीन जिल्लामा गरी साढे १९ लाख भन्दा बढीलाई औषधी खुवाइदैछ । दाङमा ६ लाख ८७ हजार, बाँकेमा ६ लाख १६ हजार र कपिलवस्तुमा साढे ६ लाख जनसंख्यालाई औषधि खुवाउने लक्ष्य राखिएको छ ।
फागुन ११ गतेबाट सुरु हुने औषधी सेवन अभियानका लागि जिल्लाका स्थानीय तह मार्फत गाउँ–गाउँमा पुगनेर औषधी खुवाइने स्वास्थ्य कार्यालय कपिलवस्तुका जनस्वास्थ्य अधिकृत उमेशचन्द्र घिमिरेले बताए । सुत्केरी र गर्भवती महिलाबाहेक २ वर्ष माथि पुगेका सबैले औषधि खान सक्छन । स्वास्थ्य कार्यालयका दाङका अनुसार पोथी लामखुट्टेको टोकाइबाट मानिसको शरीरमा पस्ने फाइलेरिया नामक परजीवीका कारण हात्तीपाइले रोग लाग्ने गर्दछ । उक्त परजीवि करिब छ वर्षसम्म मानिसको शरीरमा सुशुप्त अवस्थामा रहने हुँदा कम्तीमा लगातार ६ वर्ष नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?