ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित
खबर एक्सप्रेस

हुलाककै गतिमा हुलाकी राजमार्ग

९ फाल्गुन २०७९, मंगलवार
९ फाल्गुन २०७९, मंगलवार

नवलपरासी, फागुन – जिल्लाको हुलाकी राजमार्ग अन्तरगत परासी — नारायणचोक— गोपिगंज खण्डमा ठेक्काको म्याद सकिएको चार बर्ष वित्दा पनि काम सम्पन्न हुन सकेको छैन् । सरकारले निर्माण कम्पनीलाई पटक पटक म्याद थप गर्दा पनि सडक निर्माण हुन नसकेको हो । राजर्माको प्रगतिलाई यहाँका स्थानीयले हालको हुलाक कार्यालयको अवस्थाको रुपमा चित्रित गरेका छन् ।
कुल १४ किलोमिटर सडक बनाउन सात बर्ष वित्न लाग्यो तर सडकको निर्माण कार्य अझै पुरा हुन नसकेको प्रति स्थानियले आक्रोस र निरासा ब्यतm गर्न थालेका छन् । हुलाकी राजमार्गको सो खण्डको मर्मतका लागि २०७३ फागुन १५ गते कन्चनजंघा,विरुवा शिवशतिm जेभिले सम्झौता गरेको थियो । २०७५ फागुन १४ गते भित्र सडक स्तरोन्नतीको कार्य सम्पन्न गर्ने पहिलो म्याद थियो । तर सो म्याद भित्र राजमार्गको कार्य सम्पन्न हुन नसके पछि सरकारले पटक पटक म्याद थप गर्दै आएको छ । कुल २५ करोड १९ लाख ५ सय ५० रुपिया भ्याट सहितको कबोल अंकमा निर्माण कम्पनीले सडक स्तरोन्तीको ठेक्का लिएको थियो,तर अहिलेसम्म सडकले पुर्णता नभएको वर्दघाट नगरपालिकाका दिपक बरालले बताए । ठेकेदार र सरकारसँग के कसरी ठेक्का गर्ने र काम गराउने सहमति हुदो रहेछ,त्यो जनतालाई त थाहा हुदैन,उनले भने ।
तर सम्झौता गर्दा म्याद दिदा सरकारले पहिला थोरै म्याद भित्र काम सम्पन्न गर्ने गरि जनता भुलाउन खोज्ने गरेका छन ? कि साच्चै सरकारी प्राविधिक र निर्माण कम्पनी विचको केही साँठगाँठ हुने गरेको छ ,त्यो कुरा बुझ्न गाह्रो भएको छ । ठेकेदारलाई पटक पटक म्याद थपिदिने कारणले पनि निर्माण कम्पनीले बदमासी गर्न गरेको स्थानियको आरोप छ । ठेकेदारलाई बढिमा एक पटक मात्र म्याद थप हुन सक्छ,त्यो भित्र पनि गर्न नसकिए ति निर्माण कम्पनीलाई कारवाही किन सरकारले गर्दैन ? उनले प्रश्न गरे । निर्माण कम्पनीले काम नगर्ने म्याद थप माग गर्दै जाने हो,भने एउटा सडक बनाउन दशक लाग्ने छ । यसले जनतालाई छल्ने काम मात्र भएको छ,उनले आक्रोप पोखे । निर्माण कम्पनीले गुणस्तरहिन काम गर्दा पनि सरकारी प्राािवधिक मौन हुन्छन, स्थानियले विरोध गरे त्यसलाई थामथुप पार्ने कार्य सरकारी प्राविधिकले नै गर्छन् ।
जति बेला चाहे त्यहीबेला उनीहरुलाई म्याद थपिदै जान्छन् सरकार जनताको हो ? कि ठेकेदारको हो ? सरकारलाई जनताले कर तिर्ने गरेका छन् । दातृनिकायले जनताको समस्या समाधान होस भनेर अनुदान दिने गरेका छन् । तर यहाँ सरकारी कर्मचारी जनता र दातृनिकाय प्रति उत्तरदायि भन्दा ठेकेदारकै गुनगानमा लाग्ने गरेका छन् । सरकारले पुरा रेटको काम गर्दा ठेकेदारहरुले नै कममा काम गर्ने भन्दै टेण्डर भर्ने गरेका छन् । पछि तिनै प्राविधिकलाई प्रभावमा पार्दै निर्माण कार्यमा ढिलाई गर्दै आउने गर्दा सडक निर्माण कार्य ढिलाई हुने गरेको छ । सडकको काम पुरा नहुदै धेरै स्थानमा बनेको सडक मर्मत गर्ने बेला भई सक्यो,तर राममार्गको काम सम्पन्न हुन सकेका छैनन् । धेरै बजारहरुमा र्यालिगँ लगाउने,पुल र कल्भर्टको छेउछाउमा पिच गर्नै बाकी छ । राजमार्गको रामग्राम ८ बैकुण्ठापुर स्थित पुल भत्केको दुई बर्ष भयो,दुई बर्ष देखी डाईभर्सनमा गाडी चल्ने गरेको छ । ति पुलका काम पनि भएका छैनन् ।
परासी बजार नजिकैका राजमार्गमा ठूल्ठूला खाल्टाहरु भएका छन् । पटखौली बजार नजिकै पनि राजमार्गमा खाल्टा हुदै गएका छन् । तर हुलाकी राजमार्गको काम कहिले जाला घाम जस्तै भएको छ । निर्माण कम्पनीको न कोही प्रतिनिधि भेटिन्छन,नत कुनै सम्पर्क कार्यालय छ । सरकारी प्राविधिक पनि भेटाउन मुस्किल नै छ । यसले गर्दा गुनासो पनि कहाँ गर्ने ? कस्लाई गर्ने ? स्थानीय तहका गाउपालिका नगरपालिकाहरुले सो काम संघिय सरकारको भएको भन्दै पन्छिने गरेका छन् । जनता प्रति जनप्रतिनिधि पनि वेवास्ता,कर्मचारीको लापर्वाही र सरकारी उदासिनताको चक्कीमा जनता पिसिने काम भएको स्थानियको गुनासो रहेको छ । राणाकालिन एक शताब्दी पहिला पुर्व पश्चिम जोड्ने हुलाकी राजमार्ग हो, उनले ब्याँगात्मक शैलीमा भने,शताब्दी पछि स्तरोन्नती हुने राजमार्गको काम पनि कम्तीमा दशक त लाग्छ नै । चुनावका बेला मिठा मिठा आश्वासन बाड्ने यस क्षेत्रका साँसदहरु पनि जनता प्रति उत्तरदायि नभएको गुनासो स्थानियबासीको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?