ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित
फ्रन्टपेज

विमान पर्खिदै विमानस्थल, ऋणले थिचिदै होटल व्यवसायी

अन्तर्राष्ट्यि उडान नहुदा यहाँका होटल व्यवशायमा सन्नाटा छाएको छ । ऋण धन गरेर होटलमा लगानी गरेका होटल व्यवशायी ऋणले थिचिदै गएका छन् ।
८ फाल्गुन २०७९, सोमबार
८ फाल्गुन २०७९, सोमबार

बुटवल-  सुनिल खनाल बैदेशिक रोजगारलाई त्यागेर नेपालमै केहि गर्न सकिन्छ भन्ने आँट र भरोसाले भरिएका युवा हुन् । जहाँ पुगे पनि पसिना बगाउने नै हो भन्दै व्यवसायमा होमिए । दुई सन्तानका बुवा खनालले यहि बसेर पनि सन्तानलाई राम्रो शिक्षा र संस्कार दिन सकिन्छ आशाले विदेश विर्सिन खोजे ।
गुल्मीको रेसुङ्गानगर पालिका ५ मा जन्मिएका खनालले गुल्मीमा नै खाजा घर चलाएर जिविकोपार्जन गरिरहेका थिए । सानो ठाँउमा सानै लगानीमा व्यवसाय गरिरहेका खनाललाई भैरहवामा जब अन्तराष्ट्रिय गौतमबुद्ध विमानस्थल बन्न शुरु गरेपछि व्यवसायलाई अझै फराकिलो बनाएर रमाउन मन लाग्यो र गुल्मी छाडे ।
खनाल भन्छिन्, जसरी पनि यहाँ आउने र व्यवसाय गर्ने हुटहुटीले मलाई सतायो । यो मेरो मनको तिव्र इच्छामा श्रीमतीको पनि साथ रह्यो र हामी गएको असारबाट यहाँ होटल रेसुङ्गा एण्ड गेष्ट हाउस सञ्चालन गरेका छौ । तर कुरा गरे जस्तो सजिलो छैन । केहि समय त हप्तामा तीन दिन जजिराको जाहाज आउदा त ठिकै थियो । घर भाडासम्म तिर्न सजिलो थियो अहिले पछिल्लो समय त असाध्यै गाह्रो छ । ग्राहक कोहि छैनन् । त्यसै हेर्न बस्ने मात्रै काम छ । लगानी उठाउन सक्ने अवस्था छैन । उनले मासिक ७० हजार घर भाडा बुझाउनु पर्ने बताए । १५ लाँख रुपिया लगानी गरेर बनाएको होटल बेच्छु भन्दा अहिले बिक्रि हुने अवस्थामा छैन ।
गत वर्षको जेठ महिनाबाट यसै क्षेत्रमा होटल सञ्चालन गरिरहेका अर्घाखाचीका गोविन्द पराजुली भन्छन् लौ पछि व्यवसाय गर्नलाई घर नै पाइदैन भनेर आए तर अहिलेको अवस्था गाह्रो छ । उनी भन्छिन्, लामो समय कुवेत बसे अर्काको देशमा कति काम गर्नु भनेर करिव ६ वर्ष काठमाडौमा खाद्यान्नको वयवसाय गरे अहिले यहाँ अन्तराष्ट्रिय विमानस्थल भएपछि चहलपहल हुन्छ व्यवसाय गर्न सके राम्रो होला भनेर शुरु गरे तर सोचे जस्तो भएन । यहाँ मैले करिव ३५ लाख लगानी मात्रै गरेको छु । साढे तीन तलाको घर छ भाडा मात्रै महिनाको एकलाख तिर्नु पर्छ । तर व्यापार छैन ।

यहाँ एयरपोर्ट बनाएर सरकारले व्यवशायीलाई झुक्काएको जस्तो लागेको छ । शुरु शुरुमा एक हप्तामा तीन पटक भए पनि जहाज आयो यसले केहि राहत त भयो सरकारले बिस्तारै अरु उडान थप्दै जाला भन्दा त जहान उड्नै छाडे खै कसरी चल्ने हो ? अवस्था गम्भिर हुदै जाला जस्तो छ ।
रुपन्देहीको सालझण्डीका बावुराम पोखरेलले विगत चार वर्ष देखि यहि क्षेत्रमा लुम्बिनी होटल, लज एण्ड रेष्टुरेन्ट सञ्चालन गर्दे आएका छन् । उनी भन्छिन्, जबसम्म देशको आर्थिक अवस्थामा सुर्धार हुदैन तबसम्म होटल व्यवसायले राम्रो व्यापार गर्न सकिदैन । यहाँ पहिले अन्तराष्ट्रिय एयरपोर्ट नहुँदा पनि राम्रै कमाई थियो । मान्छेहरु आएर बस्ने खाने गर्दथिए । अहिलेको अवस्थामा कसैसँग पनि पैसा छैन खर्च गर्नलाई कसरी हुन्छ कम खर्च गर्ने पक्षमा छन् सबै । त्यस माथि पनि यहाँ अन्तराष्ट्रिय एयरपोर्ट नाममा धेरै होटलहरु खुलेका छन् । पहिले यहाँ यात्रुहरुलाई सुविधा भएन खाने बस्ने ठेगान छैन भन्ने गर्थे जब होटलहरु खुले ग्राहक छैनन् । हाम्रो मर्का कस्ले बुझने ? लाखै लगानी गरेकाहरुको ओठ सुक्न थालिसक्यो । उडानको टुङ्गो छैन । यो नाम मात्रै भयो जबसम्म नियमित उडान हुदैन देशको अर्थिक अवस्थामा सुर्धान हुन सक्दैन । कहिलेसम्म अवस्था यस्तै रहिरहन्छ ? उनको प्रश्न छ ।
पाल्पा बगानकालीका सागर न्यौपाने विगत ८ वर्षदेखि यहि ठाँउलाई आफनो कर्म थलो बनाएर होटल सञ्चालन गरिरहेका छन् । उनी भन्छन्, पहिले बरु राम्रो थियो कम होटलहरु थिए । आन्तरिक उडानका लागि आउने जानेहरु थिए । एयरपोर्टका कर्मचारीहरुबाट पनि रामै्र कमाई थियो घरभाडा पनि ठिकै थियो । तर अहिले त विमानस्थल बनेपछि भाडा धेरै बढेको छ । एउटा सटरको भाडा २० देखि २५ हजारसम्म पुगेको छ । प्रत्येक वर्ष १० प्रतिशतले भाडा बढ्ने भन्ने छ तर व्यापार शुन्य जस्तै छ । यहाँ अहिले पनि होटलका लागि धेरै घरहरु बन्दै छन् । तर व्यापारको अवस्था यस्तो छ । सरकारले अन्तराष्ट्रिय उडान सञ्चालन हुन्छ वा हुदैन भन्ने स्पष्ट कुरा गर्ने हो भने यहाँ आउन चाहेका धेरैले विकल्प खोज्छन् जस्तो लाग्छ । अहिले नै सञ्चालनमा रहेका धेरै होटलहरु आतिएको अवस्था छ । यो धेरै लामो समय सम्म थेग्न सकिदैन । न्यौपानेले पहिले यस क्षेत्र वरिपरि चारपाँच वटा मात्रै साना होटल रहे पनि पछिल्लो समयमा अन्तराष्ट्रिय गौतमबुद्ध विमानस्थल बनेपछि यहाँ प्रत्येक घरमा होटल र गेष्ट हाउस बनिरहेका छन्, कति बन्दा बन्दै बन्द भएको अवस्था छ ।

अर्धाखाँचीका भेषराज पोखरेललको समस्या पनि यस्तै छ । चार वर्ष देखि व्यापार गरिरहेका उनलाई अहिले भन्दा पुरानो अवस्था नै आर्थिक रुपले राम्रो रहेको बताए । उनि भन्छन् जसरी अन्तरष्टिय« विमानस्थल बन्दै छ भन्दा जति खुशी र उत्साह थियो त्यो उत्साहले आफनो व्यवसायलाई सफल नबनाएको बताए । यहाँ अन्तरष्ट्रिय उडान होला धेरै मानिसको चहलपहल होला भन्ने थियो तर अहिले त कोरोना काल जस्तै छ । सुनसान छ तर पनि कोहि ग्राहक आईहाल्छन् कि भनेर कुर्नुको विकल्प छैन ।
गौतमबुद्ध अन्तरष्ट्रिय विमान स्थलका महाप्रवन्धक गोविन्द्रप्रसाद दहालले अन्तरािष्ट्रय उडान प्राविधिक कारणले रोकिएको बताए । त्यसमा मौसमको अनुकुलता पनि अर्को समस्याका रुपमा आएको छ उनले भने । यो विमानस्थलबाट हाल दोहो¥याएर विदेश जान चाहनेहरूले मात्रै उडान गर्न गरिरहेका थिए । श्रम स्वीकृति लिएर पहिलो पटक विदेश जान चाहना भएका मानिसहरूले जान पाइरहेका थिएन । अहिले देशमा ८ सय ६० वटा म्यानपावर व्यवसायी वैदेशिक रोजगार विभागमा दर्ता रहेकामा झन्डै ९५ प्रतिशत काठमाण्डूमा केन्द्रित रहेनुले पनि उडानलाई प्रभावित पारेको दाहाल बताउछन् । त्यस्तै स्वास्थ्य परीक्षण गर्ने अधिकांश केन्द्रहरू पनि काठमाण्डूमै छन्। अभिमुखीकरण कार्यक्रम नगरी विदेश जान नपाइने नियम छ । त्यो हाल काठमाण्डूमा मात्रै हुन्छ । त्यसले पनि उडानलाई प्रभावित पारेको अन्राष्ट्रिय गौतमबुद्ध विमान स्थालका महाप्रबन्धक दाहालले बताए । यो विमास्थलबाट गएको जेठ २ गतेबाट जजिरा एआवेजले सातामा तीन दिन सोमबार बुधबार शुक्रबार गरी तीन दिन उडान गरेको थियो । त्यसको केहि समय पछि प्रत्येक दिन उडान गरे पनि पछिल्लो समयमा विभिन्न प्राविधिक कारण देखाउदै उडान रोकिएको छ । त्यसै गरी हिमालय एयरलायन्सले गत कात्तिक १७ देखि शुरु गरेको चार्टर उडान पनि विभिन्न प्राविधिक कारण देखाउदै रोकेको दाहालले जानकारी दिए ।

गौतम बुद्ध अन्तराष्ट्रिय विमान स्थल सञ्चालनमा आए लगतै रुपन्देहीको भैरहवा बुटवल लगायतका शहरहरुमा १ सय ५० भन्दा बढि सुविधा सम्पन्न होटलहरु थपिएको होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले बताए । उनले जसरी व्यवसायीले धमाधाम होटल शुरु गरे पनि सोचे जस्तो अवस्था हुन नसकेका कारण कति होटलहरु सञ्चालनमा आउन नै पाएनन भने सञ्चालनमा आएका पनि कर्मचारीलाई दिने सेवा सुविधा दिन नसक्ने अवस्थामा पुगेका छन् । पछिल्लो समयमा करिव ७० अरब लगानी होटलहरुमा भए पनि व्यवसायलाई नियमित गराउन नसक्दा धेरै होटल व्यवसायीहरु मारमा परेको संघका अध्यक्ष गौतमको भनाई छ ।
अन्तराष्ट्रिय विमानस्थल बनेपछि चहल पहल हुनुपर्ने यस क्षेत्र अहिले सुनसान छ । होटल गेष्ट हाउस सञ्चालन गरिरहेकाहरु ग्र्रहाकको पर्खाइमा छन् । पातलो आउने जाने बाहेक बास बस्ने गरी आउनेको संख्या शुन्य जस्तै छ । सरकारले अरबौ लगानी गरेको एयरपोर्टमा सुनसान छ । यो एयरपोर्टबाट नियमित अन्तराष्ट्रिय उडान हुन सके यहाँ लाखौ लगानी गरेर होटल व्यवसायीलाई राहत हुन सक्छ ।

फागुन २५ ले निरन्तरता पाउँला ?

गौतमबुद्ध विमानस्थलबाट जजिरा एयरलाइन्सले ९ मार्चदेखि पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने भएको छ । मौसमको कारण देखाउँदै जजिराले गौतमबुद्ध विमानस्थलबाट उडान रोकेको थियो ।
९ मार्चदेखि उडान सुरु गर्न अग्रिम टिकट बुकिङसमेत थालिसकेको जानकारी विमानस्थलका प्रवक्ता सुवास झाले बताए । प्रवक्ता झाका अनुसार मंगलबार, बिहीबार र शनिबार बिहान ८ बजेर ५ मिनेटमा उड्ने गरी तालिका तय समेत भइसकेको छ ।
विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म अन्तर्राष्ट्रिय उडान गर्न सक्ने क्षमता छ । विमानस्थल पूर्ण क्षमतामा नचल्दै बन्द हुँदा मासिक ३० लाखसम्म घाटा बेहोर्नुपर्छ । व्यवसायीहरुले विमानस्थलबाट सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले पनि उडान गर्नुपर्ने माग गर्दै आएका छन् । सरकारको अर्बौ लगानी भएको विमानस्थलमा अन्य एयरलाइन्सको विश्वास र आकर्षण बढाउन पनि नेपाल एयरलाइन्सको उडान नियमित हुनुपर्ने उनीहरुले बताउँदै आएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले २२ माघमा विमानस्थल अवलोकन गर्दै तत्काल नेपाल एयरलाइन्सको जहाज सञ्चालन गर्न पहल गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?