ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो
फ्रन्टपेज

गुमनाम ‘जनरल बाबा’

जनरल बाबाको रुपमा स्थानीय वासिन्दामा परिचित गुरुङ्गले आफुले क्रान्तिमा भाग लिए बापत राज्यबाट कहिल्यै सुविधा लिनु नलिएको बरु समाजको लागी आफ्नो नीजि सम्पत्ती समेत खर्च गरेको स्थानिय वासिन्दा टेक बहादुर थापा स्मरण गर्छन् ।
६ फाल्गुन २०७९, शनिबार
६ फाल्गुन २०७९, शनिबार

बुटवल- राणशाहीको विरुद्धमा नेपाली कांग्रेसले शसस्त्र क्रान्ति शुरु गरेपछि देशका तराईका प्रमुख केन्द्रहरुमा त्यसको प्रभाव तुरुन्तै देखियो । पश्चिमको प्रमुख केन्द्र भैरहवामा डा. के आई.सिंहको नेतृत्वको मुक्तिसेना र सरकारी सेनाविचमा भिषण लडाई भयो । भैरहवामा भएको राणा विरुद्धको सशस्त्र क्रान्तिमा मुक्तिसेनाको सैनिक नेतृत्व गरेका थिए खडग बहादुर  गुरुङले । पछि भारतिय फौजको सहयोगमा भैरहवाको क्रान्तीलाई दबाईयो । डा. केआई सिंहसंगै गुरुङ पनि पक्राउ परे, सिंहसंगै तिब्बत निर्वासनमा गए अनि संगै नेपाल फर्किए । नेपालको राजनैतिक क्रान्तिको कुरा उठ्दा केआई सिंहको निकै चर्चा चल्ने गरेपनि क्रान्तिका मुख्य योद्धा खडग बहादुर भने गुमनाम छन् ।

क्रान्ति सुरु भएलगत्तै २९ कात्तिक २००७ मा भैरहवामा रहेको बडाहाकिम कार्यालयमाथि खडग बहादुर गुरुङ्गको नेतृत्वमा पहिलोपटक आक्रमण भयो । पटक पटकको लडाईको ८ फागुन २००७ को मुक्तिसेनाले तेस्रोपटक भैरहवा आक्रमण ग¥यो । बिहान पाँच बजेदेखि दिउँसो १२ बजेसम्म भएको लडाइँमा बाहेक माल, कचहरी, अमिनी, झ्यालखाना सबै कब्जा भए । तर सरकारी सेनाको प्रत्याक्रमणमा मुक्ति सेना टिक्न सकेनन् । त्यो आक्रमणमा सिंहको फौजका प्रधानसेनापति खडग बहादुर गुरुङ पनि सख्त घाइते भए ।

भैरहवा कब्जा गर्न÷जोगाउन सिंह र राणाबीच यस्तै छिनाझपट चलिरहेका बेला भारतको मध्यस्थतामा नयाँदिल्लीमा राजा–राणा–कांग्रेसबीच त्रिपक्षीय सम्झौता भैसकेको थियो । के.आई.सिंहले नेतृत्व गरेको गुरुङ्गको सेनाले भैरहवामा पूर्ण कब्जा नगरी नछोड्ने गरि लडाई जारि राखेकोले भारतीय सेनाको सहयोगमा सरकारी सेनाले मुक्तिसेनासंग लडाई गरि ८ फाल्गुन २००७ मा ३५७ अनुयायीका साथ के आई सिंहलाई पक्रिएर थुनियो । केहि समयपछि २००८ असार २७ मा किसान र मुक्तिसेनाका जवानहरुले जेलको ढोका खोलेर राजबन्दी मुक्त गरे । भोलीपल्ट दशौ हजारको किसान, स्थानिय वासिन्दा, नेता र कार्यकर्ताहरुको भेलाले के आई सिंहलाई गभर्नर घोषित ग¥यो, जसमा खडग बहादुर गुरुङ्गलाई कमान्डर इन चिफ र काशी प्रसाद श्रीवास्तवलाई प्रधानमन्त्री घोषणा गरिएको कुरा काशी प्रसाद श्रीवास्तवद्वारा लिखित नेपालको ईतिहास पुस्तकमा उल्लेख छ ।

असार २९ गते सरकारी सेना र भारतिय सेलाको फौजसंग मुक्तिसेनाको फेरी भिडन्त भयो । दर्जनौ किसान मारीए । त्यसपछि के.आई.सिंह र टोलि भागेर परासी पुगेर पाल्पा हुदै तिब्बततर्फ लाग्न खोज्दा राजा त्रिभुवनको नक्कली पत्र देखाएर २००८ साल श्रावण महिनाको अन्तिम सातामा २५ सैनिकका साथमा के आई सिंह र खडक बहादुरलाई ढोरपाटनमा पक्राउ गरिएको खडग बहादुर  गुरुङकी कान्छी बुहारी तथा बर्दघाट नगरपालिका वार्ड नम्बर ५ कि वडाध्यक्ष बिमला गुरुङ बताउछिन् । उनका अनुसार सिंह र गुरुङ्गलाई पक्रिएको कुरा जनताले थाहा पाएमा बिद्रोह गर्न सक्ने भएकोले रातीराती हिडाएर भदौ २६ राति काठमाण्डौ पु¥याएर सिंहदरबारमा र अरुलाई ३ दिन पछि भद्रगोल र नख्खु झ्यालखानामा बन्दी बनाइएको थियो ।

८ माघ २००८ मा मुक्तिसेनाले विद्रोह गरि सिंहदरबार कब्जा गरी सिंह र गुरुङ कैदमुक्त गराएको थियो । सिंहदरबार कब्जा गरेका मुक्तिसेना र राजा त्रिभुवनसंग वार्ता तयारि चलिरहेको समयमा काठमान्डौमा रक्तपात हुने लक्षण देखेकोले वि.स.२००८ माघ ९ मा के आई सिंह र जनरल गुरुङ्ग सहितको टोलीले काठमान्डौ छोड्यो र रसुवा हुदै तिब्बत प्रवासमा ग¥यो । तिब्बतमा रहदा सिंह र गुरुङ्गले चिनिया नेताहरुसंगको भेटघाट बढाएर चिनियाँ व्यवस्था बुझ्ने र नेपालको परिस्थिति बुझाउने काम गरेका थिए ।
के.आई.सिंह र खडग बहादुर को राष्ट्रबादी अडान अनि देशभित्र उनीहरुलाई फर्काउनुपर्ने भन्ने माग तिब्र उठेकोले २०१२ भदौ २६ गते तिब्बतमा निर्वासनमा बसेकालाई श्री ५ महेन्द्रबाट आममाफी दिईयो र ३ वर्ष ७ महिनाको तिब्बत प्रवासन अन्त्य गर्दै २०१२ भदौ २८ गते के आई सिंह र खडग बहादुर गुरुङ्गको टोलि नेपाल फर्किएको थियो । नेपाल फर्किएपछी खडक बहादुर गुरुङ केहि समय नौतनवामा बसे उपचार गरि बिर्ता गाउँमा बस्न थालेका थिए । वि.सं. २०१४ साल असार ३१ गते डा. के आई सिंह प्रधानमन्त्री बनेपछि क्रान्तिका उद्देश्य पुरा नभई सरकारमा जानु हुदैन भनि गुरुङ्गले विरोध जनाएको तथा राजा महेन्द्र र के आई सिंहले बारम्बार आग्रह गर्दा पनि खडग बहादुर गुरुङ्ग मन्त्री बन्न अस्विकार गरी राजनीतिलाई त्यागेर समाजसेवामा लागेको उनका नाति राजेश गुरुङ स्मरण गर्छन् ।
राजनितीदेखि टाढा रहनको लागी जिल्लाकै अनकन्टार ठाउँ रहेको केरवानिको पुछार सिक्टहनमा बस्न पुगेको र त्यहाँ बस्न थालेपछि नेपाली काँग्रेस र मुक्तिसेनाका सहयात्रीहरुसंग संपर्क टुटेको बिमला गुरुङ बताउछिन् । रुपन्देहीको सुदुरपूर्वी बिर्ता गाउँ र वरपको क्षेत्र सामाजिक र शैक्षिक रुपमा पछि थियो । त्यो क्षेत्रलाई गुल्जार बनाउन पहाडबाट मानिसहरु ल्याएर राख्ने काम मात्र गुरुङ्गले गर्नु भएन, त्यो क्षेत्रलाई शिक्षित गराउनुपर्छ भनेर आफैले विद्यालय स्थापना गरेर आफ्नै खर्चमा शिक्षकहरु राखेर शिक्षाको ज्योति छर्न शुरु गर्नुभएको थियो, जुन स्कूल अहिले खडक माविको रुपमा सञ्चालित छ ।

जनरल बाबाको रुपमा स्थानीय वासिन्दामा परिचित गुरुङ्गले आफुले क्रान्तिमा भाग लिए बापत राज्यबाट कहिल्यै सुविधा लिनु नलिएको बरु समाजको लागी आफ्नो नीजि सम्पत्ती समेत खर्च गरेको स्थानिय वासिन्दा टेक बहादुर थापा स्मरण गर्छन् ।
समाज सेवामा समर्पित भैरहेका खडक बहादुर गुरुङ्गको ८९ वर्षको उमेरमा वि.स. २०२३ मङ्सिर ५मा निधन भएपछि उनकी पत्नी शशिकला गुरुङ्गले आफन्तहरु रहेको ठाउँ भारतको नौतनवामा शरण लिएर सन्तानहरु हुर्काईन् । पछि राजा बिरेन्द्रले राजनैतिक पिडितको नाममा बर्दघाटमा बसोबासको व्यवस्था मिलाएपछी २०३० सालदेखि गुरुङ्ग परिवार बर्दघाटमा बस्न थालेको थियो । खडग बहादुर पत्नी शशिकलाको ९२ वर्षको उमेरमा २०७६ सालमा निधन भयो । गनका ३ छोराहरु र २ छोरीको समेत निधन भैसकेको छ । शशिकला स्वयम् २००७ सालको क्रान्तिकी सक्रिय योद्धा भएपनि पार्टीले वास्ता नगरेको गुनासो गर्ने गरेको निजकी बुहारी बिमला गुरुङ बताउछिन् । उनि भन्छिन“ राणा शासन हटाउनमा कोइराला परिवार र के आई सिंह भन्दा कम योगदान खडग बहादुर र शशिकलाको पनि थिएन, तर उहाँहरुलाई न त दलले चिने न त राज्यले नै सम्मान गर्न सक्यो ।”

बिमलाले भनेजस्तै खडक बहादुरलाई राज्य, समाज र पार्टीले वास्ता नगर्दा उनको योगदानको इतिहास नै हराएको छ । खड्ग माविमा गुरुङ्गको योगदानको चर्चा हुने गरेपनि नेपालि राजनैतिक इतिहासमा गुमनाम पात्र बनेका छन् खडग बहादुर गुरुङ्ग ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?