ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
खड्ग प्रसाद गौचन स्मृति पाँचौ राष्ट्रिय यु–१९ क्रिकेट प्रतियोगिता

समूह ‘ए’ बाट काशी नोबेल र देवदह अन्तिम चारमा

३ फाल्गुन २०७९, बुधबार
३ फाल्गुन २०७९, बुधबार

बुटवल, ३ फागुन ।

देवदहमा जारी खड्ग प्रसाद गौचन स्मृति पाँचौ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा भैरहवाको काशी नोबेल एकेडेमीले समुह ‘ए’ को विजेता र देवदह क्रिकेट क्लब उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाएको छ । काशी नोबेलले समूहमा लगातार तीन खेलमा तथा देवदहले २ खेलमा जित निकाल्यो । बुधबार भएको पहिलो खेलमा काशी एकेडेमीले सेन्ट्रल क्रिकेट एकेडेमी, कास्कीमाथि १ सय १० रनको फराकिलो जित तथा दोस्रो खेलमा देवदह क्रिकेट क्लबले स्टार क्रिकेट एकेडेमी माथि १९ रनको जित निकालेको थियो ।

देवदह क्रिकेट मैदान शितलनगरमा भएको पहिलो खेलमा टस जितेर काशीले निर्धारित २५ ओभरमा २ सय १ रनको बिशाल लक्ष्य खडा गरेको थियो । काशीका विजय प्रजापतिले शानदार अर्धशतक पूरा गरे । उनले ३२ बलमा ५४ रन बनाए । यसैगरी समिर अलिले ४३ बलमा ४६ तथा बिशाल भुषालले ३४ बलमा ४० रनको योगदान दिए । सेन्ट्रलका सोहिल कुँवरले ५ ओभरमा ४७ रन खर्चेर २ विकेट लिए । विशाल लक्ष्य पछ्याएको सेन्ट्रलका ब्याट्सम्यानहरु २० ओभरमा सबै विकेट गुमाएर ९० रनमा समेटियो । सेन्ट्रलका सिबरिन श्रेष्ठले ४१ बलमा २० रन तथा नितिन छन्त्यालले नटआउट १० बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन । कम स्कोरमा रोक्न काशीका सन्तोष यादवले ४ ओभरमा ३ रन खर्चेर १ मेडनसहित ३ बिकेट लिए । काशीका विजय प्रजापति म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

यसैगरी दोस्रो खेलमा टस जितेर देवदह क्रिकेट युनिटले निर्धारित २५ ओभरमा ९ विकेट नोक्सानीमा १ सय ४२ रनको लक्ष्य खडा गरेको थियो । देवदहका सर्वोत्तम सुनारले आफनो अर्धशतकी पारी पूरा गरे । उनले ६१ बलमा ६८ रन तथा क्षितिज थापा मगरले १६ बलमा २८ रनको योगदान दिएका थिए । स्टारका प्रतिक क्षेत्रीले ५ ओभरमा २७ रन खर्चेर ३ तथा अवजित ज्ञवालीले ५ ओभरमा १६ रन खर्चेर १ मेडलसहित २ विकेट लिए । मध्यम लक्ष्य पछ्याएको स्टारका ब्याट्सम्यान २४.१ ओभरमा सबै बिकेट गुमाएर १ सय २३ रनमा समेटियो । स्टारका लागि अस्मान थारुले २७ बलमा २६ तथा मन्दन चाइले २७ बलमा २४ रनबाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन । कम स्कोरमा रोक्न देवदहका संकित भट्टराईले ५ ओभरमा १९ रन खर्चेर ३ तथा सुरज खड्काले ५ ओभरमा २० रन खर्चेर १ मेडलसहित २ बिकेट लिए । खेलमा देवदहका सर्वोत्तम सुनार म्यान अफ दी म्यानबाट पुरस्कृत भए ।
प्रतियोगिताको बिहिबार समुह ‘ए’को अन्तिम खेलमा सेन्टर क्रिकेट एकेडेमी कास्की र स्टार क्रिकेट एकेडेमी तथा समुह ‘बि’ को न्यु होराईजन एकेडेमी र मदन भण्डारी स्पोट्र्स एकेडेमीका बिचमा खेल हुने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?