ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

गुलाफको फूलमा पनि विदेशकै भर

२७ माघ २०७९, शुक्रबार
२७ माघ २०७९, शुक्रबार

काठमाडौँ, २७ माघ ।

प्रेमको प्रतीक मानिने रातो गुलाफ पनि आयातमै भर पर्नुपर्ने अवस्था रहेको छ । यस पटक गुलाफको खेती कम भएका कारण यस वर्ष उत्पादन घटेपछि गुलाफ आयातमै पर्नुपर्ने अवस्था आएको हो ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अनुसार फेबु्रअरी १४ मा मनाइने प्रेम दिवस (भ्यालेन्टाइन डे)का लागि हरेक वर्ष साढे दुई लाखभन्दा बढी गुलाफ फूलको कारोबार हुने गरेको जनाएको छ ।

फ्यानका अध्यक्ष मीनबहादुर तामाङले प्रणय दिवसमा माग हुने रातो गुलाफको मागसँगै आयात पनि बढेको बताए। कोरोनाका कारण विस्थापित भएका गुलाफ उत्पादक किसान पुनः सोही खेतीतर्फ नफर्केकाले यस वर्ष रातो गुलाफ उत्पादनमा कमी आएका र आयात वृद्धि गर्नुपर्ने अवस्था आएको उनले बताए।

फ्यानका अनुसार यो वर्ष दुई लाख ८० हजार गुलाफका ‘स्टिक’ खपत हुने अनुमान गरिएकामा स्वदेशको उत्पादनले लगभग ७ प्रतिशत मात्रै धान्ने देखिएको छ । अघिल्लो वर्ष मागको १० प्रतिशत रातो गुलाफ नेपालको उत्पादनले धानेको र कोरोनाअघिका वर्षहरूमा नेपालको उत्पादनले २५ प्रतिशत लगभग माग धान्दै आएकामा पछिल्लो पटक उत्पादन क्रमशः घटेको फ्यानले जनाएको छ ।

फ्यानका अनुसार गत वर्ष ९० प्रतिशत आयात र १० प्रतिशत स्वदेशी उत्पादन थियो । चिसो र कम खेतीका कारण यस वर्ष उत्पादन थप घटेको छ । आगामी फागुन २ गते परेको प्रणय दिवसका लागि करिब दुई लाख ६० हजार स्टिम गुलाफ आयात हुनेछ भने आन्तरिक आपूर्ति २० हजार स्टिक मात्र रहेको फ्यानले जनाएको छ ।

प्रणय दिवस अवधिभर झन्डै दुई करोड ८० लाख रुपियाँसम्मको कारोबार हुने अनुमान छ । गुणस्तरअनुसार गुलाफको फूल उपभोक्ता मूल्य प्रतिस्टिक एक सयदेखि १२० रुपियाँको हाराहारीमा हुने अनुमान गरिएको फ्यानका अध्यक्ष तामाङले जानकारी दिए । यो वर्ष उत्पादन पहिलेभन्दा घटेपछि आयात परिमाण र मूल्य पनि बढेको फ्यानले जनाएको छ । यो मूल्य विगतको भन्दा बढी हो । गत वर्ष प्रतिस्टिक गुलाफको मूल्य ८० रुपियाँ एक सय रुपियाँ थियो ।

फ्यानका अनुसार पे्रमको प्रतीक मानिने रातो गुलाफको गत वर्ष दुई लाख ५० हजार स्टिक बजार माग रहेको थियो भने यस वर्ष गत वर्षभन्दा थप ५० हजार स्टिक माग हुने प्रक्षेपण गरिएको छ । हरेक वर्ष दुई करोड रुपियाँको गुलाफको आर्थिक कारोबार हुने गरेको छ । प्रेम दिवसको अवधिमा ६० प्रतिशत गुलाफ काठमाडौँ उपत्यका र ४० प्रतिशत बाहिरका मुख्य सहरमा खपत हुने गरेको फ्यानले जनाएको छ ।

हरेक वर्ष फेब्रुअरी १४ मा प्रणय दिवस (भ्यालेन्टाइन डे) मनाइँदै आएको छ । नेपालमा वार्षिक रूपमा डेढ अर्ब रुपियाँको फूलको आर्थिक कारोबार हुने गरेको छ ।

तिहारमा मात्र १५ करोड रुपियाँ बराबरको फूलको कारोबार हुँदै आएको छ । स्टिक गुलाबभन्दा प्लास्टिकका फूल सस्तो पर्ने भएकाले पहिले यसको खपत अनुमान गरेभन्दा कम हुन्थ्यो । गत वर्षदेखि भने सरकारले प्लास्टिकका फूल गुच्छा आयात गर्न रोक लगाएकाले यस पटक स्टिक गुलाफको खपत राम्रो हुने व्यवसायीले बताएका छन् ।

नेपालमा मुख्य गरी असोजदेखि फागुनसम्ममा फूलको बढी खपत हुने गरेको छ । प्रणय दिवसमा रातो गुलाफ र तिहारमा सयपत्री फूल आयात गर्नुपरे पनि नेपाल मखमली र गोदावरी फूलमा आत्मनिर्भर बनिसकेको छ । तिहारको समयमा अस्ट्रेलिया र मलेसियामा तिहारमा मखमली फूल निर्यातसमेत हुने गरेको छ ।

पुष्प व्यवसायबाट नेपालमा ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग एक हजार ४७ हेक्टर क्षेत्रफलमा छ सय प्रजातिका फूल उत्पादन हुने गरेको छ । व्यावसायिक रूपमा चार सय प्रजातिका फूल मात्र उत्पादन हुँदै आएको छ । जसमा रातो गुलाफ १२ प्रजातिको खेती हुने गरेको छ ।

नेपालमा वि.सं. २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदो छ । फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्प फार्म तथा नर्सरी विस्तार भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?