ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

लुम्बिनीमा सुरु भो रामकथा प्रवचन, दुईहजार श्रद्धालु सहभागी

२४ माघ २०७९, मंगलवार
२४ माघ २०७९, मंगलवार

बुटवल, २४ माघ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा मंगलबारदेखि राम कथा प्रवचन सुरु भएको छ । भारतका प्रख्यात आध्यात्मिक गुरु मोरारी बापूले कथा वाचन सुरु गरेका हुन् । फागुन ३ गतेसम्म चल्ने कथा वाचनमा नेपाल, भारतसहित विश्वभरका धार्मिक एवं आध्यात्मिक भक्तजन सहभागी छन् । यसले लुम्बिनीको पर्यटन प्रवद्र्धन हुने भन्दै स्थानीय र पर्यटन व्यवसायी हर्षित भएका छन् ।

आयोजक राम कथा प्रेमयज्ञ समिति, लुम्बिनीका अनुसार लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभा हलमा प्रवचन सुरु भएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलोपल्ट भएको प्रवचनले लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा थप प्रचारप्रसार गर्ने छ । नौ दिनसम्म चल्ने प्रवचनमा नेपालबाहेक भारतलगायत विश्वभरका दुई हजार बढी श्रद्धालु लुम्बिनी आएका छन् । कथा वाचनले लुम्बिनी क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने कार्यक्रम संयोजक राजेशकुमार अग्रवालले बताए ।

आध्यात्मिक गुरु मोरारीको लुम्बिनीमा भइरहेको राम कथा प्रवचन ९१२ औँ हो । यसअघि उहाँले ९११ औं कथा वाचन गरिसकेका छन् । नेपालमा यसअघि सन् २०२१ मा मुक्तिनाथ, २०२२ मा जनकपुरमा कथा वाचन भइसकेको छ । त्यसअघि काठमाडौं र भुसुण्डी सरोवर तिलिचो तालमा पनि कथा वाचन भएको थियो ।

लुम्बिनीमा हुने प्रवचनमा भक्तजनका लागि निःशुल्क भोजन गराइने छ । “साँचो प्रेम र करुणा” को सन्देश लिएर विश्व यात्रामा रहेका बापूले सबै धर्मका प्रमुख तीर्थ स्थलहरु एवम् प्रमुख स्थानहरुमा प्रवचन गर्दै आएको अग्रवालले बताए । “उनको अभियान अन्तर्गत भारतको बोध गया, सारनाथ तथा कुशीनगरमा राम कथा प्रवचन सम्पन्न भइसकेको छ । नेपालमा पनि पछिल्लो डेढ वर्षमा तेस्रो पटक लुम्बिनीमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो”–उनले भने ।

उनका अनुसार कथा वाचन भएका क्षेत्रमा पर्यटन प्रवद्र्धन हुँदै आएको छ । “कोरोना महामारीले थला परेको लुम्बिनी क्षेत्रको पर्यटन विकासमा यो कार्यक्रम फलदायी मात्रै हुने छैन, व्यवसायी यसबाट राम्रो लाभ लिनुहुने छ भन्ने हाम्रो विश्वास हो”, उनले भने । उनका अनुसार कार्यक्रममा आउने श्रद्धलुलाई निःशुल्क भोजन गराइए पनि बास बस्नका लागि भने स्वयं श्रद्धालुले आफै व्यवस्थापन गरेका छन् । “दुई हजार श्रद्धालुले आफै खर्च तिरेर होटलमा बस्दा पक्कै पनि व्यवसायीलाई लाभ हुनेछ”, उनले भने, “कति श्रद्धालु पहिलो पटक लुम्बिनी आउनुभएको छ, उहाँहरुले लुम्बिीका बारे प्रचारप्रसार गर्दा पक्कै पनि भोलिका दिनमा लुम्बिनीमा पर्यटकको आगमन बढ्ने छ ।”

आयोजक कमिटी सदस्य कृष्णकुमार जालानले लुम्बिनी क्षेत्रका लागि यो कार्यक्रम अत्यन्तै महत्वपूर्ण भएको बताए । “यसले लुम्बिनी प्रबद्र्धनमा ऐतिहासिक काम गर्ने छ”, उनले भने, “कार्यक्रमको लाभ लुम्बिनीबासीले बर्षौंसम्म लिनेछन् ।” यसअघि सन् २०१९ मा लुम्बिनीमा तय गरिएको प्रवचन कार्यक्रम कोरोना महामारीका कारण स्थगीत भएको थियो । कार्यक्रमको चर्चित भारतीय धार्मिक टेलिभिजन च्यानल आस्थाबाट १७० बढी देशमा प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको छ ।

लुम्बिनीमा राम कथा वाचनका कारण यस क्षेत्रका सबैजसो होटलहरु बुकिङ भइसकेका छन् । लुम्बिनी होटल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले पर्यटन क्षेत्रको उत्थानका लागि यो कार्यक्रम फदलायी हुने विश्वास व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?