ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड
घुमफिर

आन्तरिक पर्यटकको गन्तव्य बन्दै ज्यामिरे दह

२३ मंसिर २०७९, शुक्रबार
२३ मंसिर २०७९, शुक्रबार

दाङ, २३ मङ्सिर ।

घोराही उपमहानगरपालिका–१३ सेवार वनगाउँमा रहेको ज्यामिरे दह बिदा मनाउन तथा घुमफिरका लागि आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गएको छ । पछिल्लो समय आन्तरिक पर्यटको गन्तव्यका रूपमा ज्यामिरे दहमा घुम्न आउने आन्तरिक पर्यटकको रोजाईको क्षेत्र बन्दै गएको हो । घुमघाम गर्ने र वनभोज खानेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

ज्यामिरे दह घुम्न आएकी तुलसीपुर उपमहानरपालिकाकी –६ की दिपा थापाले यो ठाउँ निकै सुन्दर लागेको बताइन् । “पहिलो पटक दह हेर्न आएको, दहको सौन्दर्यता निकै राम्रो लाग्यो, अझै संरक्षण हुन बाँकी रहेको जस्तो लाग्यो । किनभने तालसम्म पुग्नलाई गोरेटो बाटो राम्रो बनाएमा झनै सजिलो हुने थियो”– थापाले भनिन्, “बाह्रकुने तालदेखि ज्यामिरे दहसम्म पुग्न ज्येष्ठ नागरिक अशक्तलाई कठिन रहेछ ।”

दहमा दैनिकजसो आउने पर्यटकको संख्या बढ्दै गएपनि अझै भौतिक पूर्वाधारको अभाव देखिएको छ । वनभोज स्थल, शौचालय, सडक लगायतका संरचना नहुँदा पर्यटकको संख्या बढ्न नसकेको स्थानीय बताउँछन् ।

लमही –३ की सरिता पौडेल पहिलो पटक ज्यमिरे दहमा वनभोज खान आएकी थिइन् । उनले भनिन् “ज्यामिरे दहमा पुग्नका लागि आधा भन्दा कम दूरीमा मात्रै सिंढी निर्माण भएको रहेछ , धेरै भागमा सिंढी निर्माण गर्न बाँकी रहेछ, यो व्यवस्थित हुन सकेमा अझ राम्रो हुने थियो” “यहाँ आउने पर्यटकलाई असजिलो हुने थियो ।”

अन्य दिनमा भन्दा बिदाको दिनमा बढी आन्तरिक पर्यटकहरू त्यहाँ पुग्ने ज्यामिरे दहमा डुङ्गा सञ्चालन गर्दै आएका विरजंग पुनले बताए । प्रकृतिले नै उपहारका रुपमा दिएको ज्यामिरे दह संरक्षण गरिएपछि २५ देखि ३० मिटरसम्म गहिराइ रहेको छ । यहाँ आन्तरिकसँगै बाह्य पर्यटकको संख्या बढाउन आवश्यक संरचना समयमै निर्माण गर्नुपर्ने देखिन्छ ।

ज्यामिरे दहको क्षेत्रफल करिब १२ विघा रहेको छ । यसलाई पर्यटकीय क्षेत्र बनाउनका लागि त्यहाँ एउटा डुङ्गा राखिएको छ भने लाइफ ज्याकेटहरू समेत व्यवस्था गरिएको छ ।

दहमा दिनप्रतिदिन आन्तरिक पर्यटक बढ्दै जान थालेका छन् भने बाह्य पर्यटन केन्द्रको रुपमा पनि तालको सम्भावना बढेको छ । ज्यामिरे दह हेर्न तथा ढुंगामा सयर गर्न धेरै आन्तरिक पर्यटक आउने क्रम बढ्दै गएको डुंगा संचालक पुन बताउँछन् ।

ताल अवलोकनका लागि पुग्ने आन्तरिक तथा वाह्य पर्यटकका लागि मनोरञ्जनका रूपमा डुंगा सञ्चालन गरिएको हो । बिदाको समय तथा चाडपर्वको समयमा डुंगा सयर गर्नेका लागि घुइँचो लाग्ने गरेको छ । दैनिक रूपमा सयांै पर्यटकहरूले अवलोकन तथा डुंगामा सयर गर्ने गरेको डुंगा संचालक पुन बताउँछन् । एक जनाका लागि ५० रुपैयाँ टिकटको व्यवस्था गरिएको छ । प्राकृतिक रूपमा रहँदै आएको तालको स्तर वृद्धि तथा ड्याम्प निर्माणका लागि घोराही उप–महानगरपालिकाले ठूलो लगानी गरेको छ । जसका कारण बाह्रकुने दहदेखि ज्यामिरे दहसम्म पुग्ने पक्की बाटो निर्माणदेखि विश्राम स्थल पनि बनाइएको छ ।

जलविहारका लागि उत्कृष्ट मानिएका कारण धेरैजसो आगन्तुकहरु डुंगा सवार गर्दै प्राकृतिक वातावरणमा रमाउने गरेका छन् । कसैले तालको कलकल पानी, कसैले तालमा ढुंगामै सयर गरिरहेको दृश्य, ताल वरपर चराहरुको चिरबिर आवाज, वरपर जंगलले घेरिएको निकै रमणीय दृश्य देख्न सकिने ज्यामिरे दहमा धेरैको नजर पर्दै गएको छ ।

बाह्रकुने दहको शिरमा रहेको ज्यामिरे दहलाई संरक्षण गरेपछि सबैको लागि सधैको लागि हेर्न लायक ठाउँ बनेको हो । “अझै धेरै संरचना निर्माणकै क्रममा रहेको र स्थानीय सरकारले चासो दिएको छ, प्रदेश र संघ सरकारले पनि यसमा ध्यान दिनेछ”–पुनले भने । अहिले दहलाई चारैतिरबाट पैदल हिंड्दै जलाशयको मनोरम दृश्य अवलोकन गर्न मिल्ने गरी सर्वेको काम भईरहेको उनले बताए ।

घोराही बजारबाट करिव चार किलोमिटरको दूरीमा रहेको बाह्र कुने दह पुग्ने हरेक पर्यटकलाई नजिकै रहेको ज्यामिरे दहसम्म पुग्ने वातावरण बनाउन स्थानीय सरकार, सरोकार निकायले दीर्घकालीन योजना बनाउन त्यहाँ आउने पर्यटकले आग्रह गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?