Butwal Today

रुपन्देहीका ५९ जना कैदी बन्दीले मतदान गर्दै

४ मंसिर २०७९, आइतबार
अ+
अ-

भैरहवा, ४ मंसिर ।

रूपन्देही जिल्लाको जिल्ला कारागारमा रहेका ४ सय ५५ जना कैदी मध्ये ५९ जना कैदी बन्दीले मतदान गर्न थालेका छन् ।

प्रक्रिया पुरा गरेका ५९ जना कैदी, ७ जना कर्मचारी र ३ जना मतदान गराउन खटिएका कर्मचारी सहित ६९ जनाले प्रतिनिधि सभा समानुपातिकमा मात्रै मतदान गर्ने मतदान अधिकृत गंगा प्रसाद अधिकारीले जानकारी दिए ।