ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 
पुर्व अर्थमन्त्री पौडेलको योजना

यस्तो छ पर्यटन विकासको ‘रोडम्याप’

२८ कार्तिक २०७९, सोमबार
२८ कार्तिक २०७९, सोमबार

बुटवल, २८ कात्तिक ।

पुर्व अर्थमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीको पर्यटकीय विकासको रोडम्याप तयार पारेका छन् । आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिँदै उनले आफ्नो प्रतिवद्धतापत्रमा समेटिएका कुरालाई पर्यटन विकासको रोडम्यापका रुपमा अगाडि सारेका हुन् ।

रुपन्देही क्षेत्र नं २ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार रहेका पौडेलले आफ्नो प्रतिवद्धता पत्रमा रुपन्देही २ मात्र नभई जिल्लामा नै तीव्रताका साथ पर्यटन विकास गर्न अल्पकालीन र दीर्घकालीन योजना ल्याएका हुन् ।

पर्यटनको विकासबाट यस क्षेत्रलाई विश्वव्यापी रुपमा चिनाउने बताउँदै उनले प्रतिवद्धता पत्रमा लुम्बिनी, तिलौराकोट, रामग्राम, सैनामैना, देवदहलगायतका ऐतिहासिक तथा पुरातात्विक महत्वका बुद्धकालीन सम्पदा क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको केन्द्रमा विकास गरिने र पर्यटनलाई यस क्षेत्रको विकासको मुख्य संवाहकका रुपमा स्थापित गरिने उल्लेख गरेका छन् ।

प्रतिवद्धता पत्रमार्फत पुरानो बटौली बजार (वडा नं १ र २), जितगढी, मणिमुकुन्द सेनको दरबार, नुवाकोट गढीजस्ता ऐतिहासिक एवम् पुरातात्विक महत्वका सम्पदा क्षेत्रको संरक्षण र विकास गरी पर्यटन प्रवद्र्धन गरिने जनाइएको छ ।

त्यसैगरी नुवाकोट, वसन्तपुरलगाएतका पहाडी भूभागलाई हिल स्टेसनमा विकास गरिने, निजी क्षेत्रद्वारा निर्माणाधीन केवलकार, रिसोर्ट, होटलजस्ता पर्यटन पूर्वाधारको निर्माण एवम् संचालनमा सहयोग पुर्याउने र ती ठाउँमा आवश्यकताअनुसार सडक, खानेपानी, संचार, विद्युत्, सुरक्षा र स्वास्थ्य चौकीलगायतका पूर्वाधारको विकास गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

त्यस्तै तिनाउ तथा दानव नदीमा जल पर्यटनको विकास गरिने र तिनाउ तथा दानव नदी नियन्त्रण गर्दा उपलब्ध हुने सार्वजनिक जग्गामा हरियाली पार्कलगायत पर्यटनसँग सम्बन्धित पूर्वाधार निर्माण गरिने बँुदागत रुपमा उल्लेख गरिएको छ ।

त्यसैगरी उर्वर भूमि तथा वन क्षेत्रको उपयोग गर्दै कृषि तथा पर्यापर्यटनको विकास गरिने र सम्भाव्यताको आधारमा वन क्षेत्रमा सफारी पार्क तथा ट्रेकिङ् रुटहरु निर्माण गरिने उल्लेख छ ।

प्रतिवद्धतापत्रमा स्थानीय जनतालाई पर्यटनमैत्री बनाउन र पर्यटकहरुलाई उत्कृष्ट आतिथ्यता प्रदान गर्न जनचेतना अभियान सञ्चालन गरिने र पर्यटन सेवासँग सम्बन्धित उत्कृष्ट जनशक्ति उत्पादन गर्न पर्यटन शिक्षालय स्थापना गरिने उल्लेख छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित यस क्षेत्रका महत्वपूर्ण पर्यटकीय स्थलहरूलाई एकआपसमा आबद्ध गर्न पर्यटक बस सेवा सञ्चालन गरिने, चिडियाखोलामा रामापिथेकसको मूर्तिसहितको रक गार्डेन निर्माण गरिने, हिल पार्कमा आधुनिक एवम् आकर्षक पूर्वाधार निर्माण गरिने, हिलपार्क, वसन्तपुर र नुवाकोटमा रुपन्देही आईको निर्माण गरिने, तिलोत्तमास्थित शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र, सैनामैनाको बोलबम पार्क र समावेशी पार्क, बुटवलको ग्लोबल पिस पार्क, मिलन पार्क, लक्ष्मी उद्यानलगायतका पार्क एवं उद्यानहरुमा आकर्षक एंव बहुउपयोगी पूर्वाधार निर्माण गरिने जनाइएको छ ।

बुटवलस्थित अन्तर्राष्ट्रिय सभा भवन तथा प्रदर्शनीस्थललाई पूर्ण क्षमतामा सचालन गरी आन्तरिक पर्यटन प्रवद्र्ध्नमा समेत उपयोग गरिने, तिलोत्तमामा अन्तर्राष्ट्रिय स्तरको स्टेडियम र सैनामैनामा राष्ट्रियस्तरको फुटबल स्टेडियमको निर्माण गरी खेल क्षेत्रलाई पर्यटन क्षेत्रको विकासमा सदुपयोग गरिने प्रतिवद्धता जनाइएको छ । त्यसैगरी बुटवलको चिडियाखोलादेखि पुष्पलालपार्कसम्मको बजार क्षेत्र र कालिका पथ लगाएतका स्थानमा पर्यटन सेवा केन्द्र, यात्रु विश्रामस्थल, सडकपेटी, हरियाली र आकर्षक, सडकबस्तीको व्यवस्थासहित, रात्रिकालीन बजार संचालन गरिने, बेलबासे, बेथरी सडक, सोह्र छत्तीस तथा चार तपाह नहर र सुख्खा खोलालाई व्यवस्थित तटबन्ध, हरियाली तथा सरसफाई र आकर्षक बत्तीसहित सौन्दर्यीकरण गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

त्यसैगरी बेलहिया, बुटवल, लुम्बिनी, तिलौराकोट, सैनामैना, देवदह र रामग्राम जोड्ने प्रमुख सडकहरुमा सौन्दर्यीकरणका साथै सडक पेटी, पर्यटक, विश्रामस्थल र पर्यटक सेवा केन्द्र स्थापना गरिने प्रतिवद्धता जनाइएको छ । शिवनगर सामुदायिक वनदेखि हिलपार्क, लक्ष्मीनगर, ज्योतिनगर, सिद्धबाबा, वसन्तपुर, बुटवल हाइस्कुल, मणिमुकुन्दसेन पार्क, सहश्रधारा, नुवाकोट, मिलनपार्क,पाणिनी पार्क, भैरव पार्क, हबी, शान्तिपार्क, बोलबम हिलपार्क हुँदै सालझण्डीसम्म पर्यटकीय पैदलमार्गको विकास गरिने र नुवाकोट, वसन्तपुर क्षेत्रमा जिपलाइन निर्माण तथा संचालन गर्न निजी क्षेत्रलाई सहयोग गरिने उल्लेख छ । त्यसैगरी बुटवलस्थित, पाणिनि पार्कमा परम्परागत सामग्री सङ्कलन गर्ने, सङ्ग्रहालय स्थापना गरिने र शंकरनगर सामुदायिक वनमा प्राणी उद्यान स्थापना गरिने प्रतिवद्धता जनाइएको छ । त्यसैगरी बुटवल स्थित सहश्रधारालाई धार्मिक पर्यटकीय स्थलमा विकास गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?