ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

‘जनताले सही निर्णय गर्नेमा विश्वस्त छु’

२७ कार्तिक २०७९, आइतबार
२७ कार्तिक २०७९, आइतबार

पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा आगामी मँसिर ४ गते हुने आम निर्वाचनको लागि हेभीवेटबीच प्रतिष्पर्धा हुँदै छ । नेकपा एमालेको समर्थनमा जनता प्रगतिशिल पार्टीका हृदयेश त्रिपाठी, नेपाली काँग्रेस सहितको गठवन्धनबाट नेपाली काँग्रेसका खर्वपति उम्मेदवार विनोद चौधरी सहित अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा छन् । २०४८ सालपछिका हरेक निर्वाचनमा उम्मेदवार रही सम्पन्न ६ मध्ये ५ निर्वाचनमा विजयी भएका त्रिपाठी ७ औँ पटक चुनावी मैदानमा उत्रिएका छन् । आफ्नो क्षेत्रबाट उम्मेदवारी दिँदा सफल हुँदै आएका त्रिपाठीलाई यसपटक नेपालका एकमात्र खर्वपति उद्योगपति एवं दुई पटक समानुपातिक साँसद भइसकेका विनोद चौधरीले मुख्य चुनौती दिने आँकलन गरिएको छ । आगामी निर्वाचनका विषयमा केन्द्रित रहेर जनता प्रगतिशिल पार्टीका अध्यक्ष एवं पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार हृदयेश त्रिपाठीसँग गरिएको कुराकानीको सम्पादित अँश ।

लामो समयदेखी सक्रिय राजनीतिमा रहँदै आउनु भएको छ, प्रतिनिधिसभा निर्वाचनमा सातौँ पटकको उम्मेदवारी किन ?

विद्यार्थीकालदेखि नै मैले राजनीति सुरु गरेँ अहिलेसम्म पनि राजनीतिमै छु । मैले २०७४ को सँघीय निर्वाचनलाई अन्तिम बनाउने सोँच बनाएको थिएँ र पुस्ताहस्तान्तरण गर्नुपर्छ भन्नेमा थिएँ तर २०७९ को निर्वाचनको घोषणा भइ देश चुनावी माहोलमा प्रवेश गर्दैगर्दा आफूले जीवनमा करिव पुरै कालखण्ड विताएको क्षेत्रले कुशल राजनैतिक नेतृत्व पाउने नदेखिएपछि मैले अहिलेको चुनावमा उठने निर्णय गरेको हो । एकातर्फ यदि क्षेत्र नम्बर १ लाई कुशल नेतृत्व दिनसक्ने स्थानीय राजनीतिज्ञ चुनावी मैदानमा उत्रिएको भए मैले निर्वाचनबाट विश्राम लिने सोँच बनाएको थिएँ तर गठवन्धनले स्थानीय नेतृत्वलाई पाखा लगाएर पर्यटक उम्मेदवारको रुपमा विनोद चौधरीलाई आफ्नो क्षेत्रमा उम्मेदवार बनाएपछि म नैतिक सँकटमा परेँ, स्थानीय जनता र यहाँको राजनीतिमाथी नै अपमान गरेको महशुस भो । अर्कोतर्फ मैले उम्मेदवारी नदिँदा कि डराएर मैदानबाट भाग्यो कि पैसामा विक्यो भन्ने आरोप आउन सक्ने भएकोले नै म मैदानमा उत्रिएको हुँ । यही क्षेत्रको राजनीतिकर्मी, समाजसेवी प्रतिनिधि बनेर जनताका कुरा सँसदसम्म पुर्याउनु पर्छ भन्ने मेरो मान्यता हो ।

तपाई नवलपरासीको सिनियर नेताको रुपमा परिचित हुनुहुन्छ, जन अपेक्षित विकासका खाका के के छन ?
मुलतः यो क्षेत्रको लागि केही चुनौतीहरु छन । दक्षिणी भेगमा डुवान, बाढी र तटवन्धको समस्या छ । गण्डक समस्या पनि छ, गण्डकबाट लगानी धेरै हुँदा पनि सिँचाइको समुचित ब्यवस्थापन हुन सकेको छैन । अर्को, सँसारकोट दुम्किबास सडक सञ्जाल राम्रो हुन सकेको छैन । हामीले कल्पना गरेको सबैभन्दा महत्वपूर्ण कुरा बर्दघाटमा ट्रमा सेन्टर हो । अस्पताल बनाउन सजिलो तर ट्मा सेन्टर बनाउन गाह्रो छ । ट्रमा सेन्टर बनाउन बजेट विनियोजन पनि भयो र काम अघि बढ्यो तर सरकार ढलेसँगै अन्यत्र सार्ने कोशिस भयो तर नीतिगत काम भएको र बजेट पनि विनियोजन भइसकेपछि पुनः ट्मा सेन्टर बर्दघाटमै बन्ने भएको छ । म स्वास्थ्य मन्त्री हुँदा नै ट्मा सेन्टर को सबै नीतिगत काम भएको छ र निरन्तरता पाउनेछ । ट्मा सेन्टर अहिलेको सरकारको डकुमेन्टमा परेको योजना नभइ पुरानो योजना तर अहिले निरन्तरता मात्र हो, अन्यत्र सार्ने प्रयास हुँदा हुँदै नीतिगत रुपमा सार्न नमिलेर बाध्य भइ यो सरकारले निरन्तरता दिनु परेको हो । हाम्रो भौगोलिक अवस्थाले गर्दा पुल, सिँचाइ, तटवन्धको ब्यवस्थापन गर्नुपर्ने छ । सडक सञ्जालले सिमा र हाइवे यस्तै सदरमुकाम र ग्रामीण भेगलाई जोडनु पर्नेछ । समग्रमा विकास नभएको वा गति नलिएको हैन, सन्तुष्ट हुने अवस्था पनि छैन र लज्जावोधको अवस्था पनि रहेको छैन । शिक्षा र स्वास्थ्यको अवस्था धेरै सुधारिएको छ । ग्रामीण भेगमै उच्च शिक्षाको पहुँच पुगेको छ, स्वास्थ्य चौकी र अस्पतालहरुको पहुँच क्रमिक रुपले भइरहेको छ ।

अहिलेको चुनावी भिडन्तमा उद्योगपति विनोद चौधरीसँगको प्रतिष्पर्धालाइ कसरी लिनु भएको छ ? सँगसँगै जनताले तपाइलाई भोट दिने प्रमुख आधारहरु के के हुन ?

चौधरी जी राजनीतिज्ञ भन्दा पनि धनाढ्य उद्योगपतिको रुपमा परिचित हुनुहुन्छ, । उहाँ धनको बलमा निर्वाचनमा आउनु भएको हो । यो प्रतिष्पर्धा राजनीतिक प्रतिष्पर्धा होइन, हामीले खोजेको राजनीतिक प्रतिष्पर्धा हो त्यो गर्न पाइएन । यसर्थ पनि म भन्छु अहिलेको नवलपरासी पश्चिम १ को निर्वाचन एक जना धनाढ्य उद्योगपति र एक राजनैतिक ब्यक्तित्व बीचको लढाइ हो । तुलनात्मक रुपले हेर्नुपर्यो । राजनीतिमा विश्वब्यापी सिद्धान्त के हो भने कुनै पनि पार्टीको सँगठनको प्रभाव ६० प्रतिशत भन्दा बढी जाँदैन ४० प्रतिशत ब्यक्तित्व र सामाजिक पक्ष रहन्छ । निर्वाचन भनेको ४० प्रतिशतले नै जितहार निक्र्यौल गर्ने रहेछ । तुलनात्मक रुपले बाहिरबाट आउनु भएको, १० वर्ष सँसदमा रहेर पनि सँसदीय भूमिका निर्वाह नगरेको र विकास निर्माणमा पनि भूमिका नदेखिएको ब्यक्ति यहाँबाट उम्मेदवार हुनुहुन्छ । अहिले सँविधान अनुरुप देश विकासमा अघि बढनु नै अन्तिम विकल्प हो, जुन हामीले अवलम्बन गर्न खोजेका छौँ, यस क्षेत्रका जनताले यो मर्मलाई बुझ्नु भएको छ । पटक पटक म यस क्षेत्रबाट प्रतिनिधि चुनिएको छु, यसरी चुनिनु भनेको जनताप्रति घात गरेको छैन भन्ने प्रमाणित हुनु हो, त्यसैले पनि यस क्षेत्रका जनताले सही निर्णय गर्नुहुनेमा विश्वस्त छु ।
जिल्लाको समग्र विकास, यहाँका जनताको जीवनस्तर उकास्न र पिछडिएका जनताको मर्म अनुरुप काम गर्न सक्ने प्रतिनिधि बन्नको लागि मेरो उपस्थिति हो । आफ्नो गाँउ आफै बनाउँ भनेजस्तै यस क्षेत्रको विकासको लागि यस क्षेत्रकै प्रतिनिधिले जति यहाँको माटो कसैले बुझेको हुँदैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?