© २०२३
बुटवल, ५ साउन ।
लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभाको कार्यसम्पादनलाई जनमुखी, उत्तरदायी र प्रभावकारी बनाउन प्रविधिको प्रयोग अपरिहार्य भएको बताएका छन्।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (ग्ल्म्ए) अन्तर्गतको संसद सहयोग परियोजनाको आयोजना तथा सञ्चारिका समूह लुम्बिनीको सह–आयोजनामा सोमबार बुटवलमा सम्पन्न “लुम्बिनी प्रदेशसभाका माननीय सदस्यहरूको प्रभावकारी भूमिकाका लागि कृत्रिम बुद्धिमता (एआई) को उपयोगिता” विषयक अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख घर्तीले प्रविधिको प्रयोगले लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।
“हामीले विचारधारालाई सधैं प्राथमिकता दिएका छौं, किनकि त्यो शासन व्यवस्था सञ्चालनको मेरुदण्ड हो,” सभामुख घर्तीले भने, “तर प्रविधिलाई आईडोलोजी सगँ जोड्न सकेमा प्रदेशसभा थप प्रभावकारी र जनमुखी बन्न सक्छ।”
सभामुख घर्तीका अनुसार डिजिटल प्रणाली, कृत्रिम बुद्धिमता (एआई) र सूचना प्रविधिको प्रयोगले सांसदहरूको क्षमता विकासमा सहयोग पु¥याउनेछ। उनले भने , “अब माननीय सदस्यहरू विचारधारामा मात्र नभई प्रविधिमा पनि सशक्त हुन आवश्यक छ। यही सोचका साथ यो अभिमुखीकरण कार्यक्रम सुरु गरिएको हो।” उनले प्रदेशसभा सचिवालय तथा सदस्यहरूलाई प्रविधिमा सक्षम बनाउनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी समेत गराए।
कार्यक्रममा लुम्बिनी प्रदेशसभाकी उपसभामुख मेनुका खाँड केसी लगायत लुम्बिनी प्रदेशका सांसदहरूको सक्रिय उपस्थिति रहेको थियो।
सञ्चारिका समूह लुम्बिनीकी अध्यक्ष अमृता अनमोलले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै भनिन्, “सांसदहरूको भूमिका अझ सशक्त र प्रबिधि मैत्री बनाउन कृत्रिम बुद्धिमता जस्ता प्रविधिहरूको जानकारी अपरिहार्य भएकोले यो अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।”
कार्यक्रममा सहभागी सांसदहरूले प्रविधिको महत्व र यसको प्रयोगबाट आफ्ना कामहरू अझ प्रभावकारी बनाउन सकिने धारणा व्यक्त गरेका थिए। उनीहरूले न्यू टेक्नोलोजीसगँ जोडिन यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने माग गरेका छन्।
कार्यक्रममा कृत्रिम बुद्धिमता (एआई) को प्रयोग, डिजिटल उपकरणहरू र संसदीय अभ्यासमा प्रविधिको प्रयोग र योगदानसम्बन्धी विभिन्न प्रस्तुतीहरू दिइएका थिए।