ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

अनलाइन टिभी पत्रकार संघ लुम्बिनी प्रदेशको नेतृत्वमा अधिकारी

६ जेष्ठ २०८२, मंगलवार
६ जेष्ठ २०८२, मंगलवार

नेपालगञ्ज, ५ जेठ ।

अनलाइन टीभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा कृष्णराज अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

अनलाइन टिभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको सोमबार नेपालगन्जमा सम्पन्न प्रथम भेलाले अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरको हो । जसको बरिष्ठ उपाध्यक्षमा दिपक न्यौपाने, उपाध्यक्षमा रञ्जित शाह, सचिवमा साबित्री गिरी, सहसचिवमा मन बहादुर सहकारी र कोषाध्यक्षमा भावना बुढा मल्ल निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा चन्द्रेश्वर त्रिपाठी, इरफान अली, कुशल बिक र स्वेता गिरी निर्वाचित भएका छन् । ११ जना कार्यसमिति मध्ये १ जनालाई नयाँ कार्यसमितिको बैठकले मनोनित गर्ने जनाएको छ ।

कार्यसमिति चयन अगाडि डिजिटल एआईको प्रयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम तथा अधिवेशन उदघाट्न कार्यक्रम गरिएको थियो । अनलाइन टिभि पत्रकार संघका केन्द्रीय प्रतिनिधि रोहित लिम्बूको अध्यक्षतामा भएको उदघाट्न कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले यो समय डिजिटल मिडियाको भएकाले अवको दिनमा डिजिटल मिडियामा कार्यरत पत्रकारहरुको क्षमता विकास लगायतका कार्यक्रमको लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । साथै उनले अनलाइन टिभी मार्फत आउने बिषयबस्तुलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको सुझाव दिए ।

यसैगरी कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले डिजिटल मिडियामा एआईको प्रयोग हुनु राम्रो कुरा भएतापनि पत्रकार सधै सृजनशिल बन्नुपर्ने सुझाव दिए । उनले समाजिक बिषयको उठान गरी विकासमा साझेदारी गर्न अनलाइन टिभीले राम्रो भुमिका निभाउन सक्ने बताए । यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले लुम्बिनी प्रदेशले डिजिटल मिडियामा कार्यरत पत्रकारका लागि तालिम संचालन गरिरहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिइने बताए । यस्तै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले आजको युग डिजिटल पत्रकारिताको युग भएकाले अनलाइन टिभी पत्रकार संघले गरीरहको कार्यलाई सबै पत्रकार माझ पुराएर पत्रकार आचारसंहिता बारे जानकारी दिन सुरु गरेको यो अभियानको प्रशंसा गरे ।

कार्यक्रममा एआई प्रयोग बारे तालिमको सहजिकरण गरेका अनलाइन टिभी पत्रकार संघका केन्द्रीय अध्यक्ष जीवन भण्डारीले एआईको प्रयोग गरेर पत्रकारिता गरेमा समयको बचत हुनुका साथै पत्रकारको कामको गुणस्तर राम्रो हुने बताए । उनले देशब्यापी रुपमा अनलाइन टिभीमा कार्यरत पत्रकारहरुलाई पत्रकार आचारसंहिता बारे जानकारी गराउदै डिजिटल मिडियाका सामाग्रीहरुलाई थप परिस्कृत बनाउने अभियानमा देशब्यापी दौडाहामा रहेको बताए ।

कार्यक्रममा बाँके, बर्दिया, रुपन्देही, पाल्पा, दाङ लगायत सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका अनलाइन टिभिमा कार्यरत ६० बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?