ट्रेंडिंग:

>> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने

भेरीमा जलनका बिरामीको चाप

६ जेष्ठ २०८२, मंगलवार
६ जेष्ठ २०८२, मंगलवार

नेपालगञ्ज, ०६ जेठ ।
आगोबाट जलेका बिरामी उपचारका लागि काठमाडौं वा भारतका विभिन्न शहरमा जानुपर्ने बाध्यता थियो । सरकारको घोषणा अनुसार एक महिना यता नेपालगन्जको भेरी अस्पतालले आगलागीमा जलेकाहरूलाई निःशुल्क उपचार दिन सुरु गरेपछि जलन वार्डमा विरामीको चाप बढेको छ । भेरीले ६ शैयाको छुट्टै वार्ड स्थापना गरेर निःशुल्क उपचार सेवा दिन सुरु गरेपछि दैनिक रूपमा विरामी आउने गरेको भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट निराजन सुवेदीले बताए । उनले भने, ‘सरकारको घोषणाअनुसार नै ६ शैयाको छुट्टै वार्ड स्थापना गरेर निःशुल्क उपचार सेवा सुरु ग¥यौं, हालसम्म ६ वटै बेड भरीभराउ छ ।’

बर्दिया ठाकुरबाबाका ३४ वर्षिय प्रकाश थारु काठको काम गर्न गुलरियामा थिए । एकाबिहान खाना बनाउदै गर्दा आएको हावाहुरीले आगो फैलदा उनको अनुहार र दुबै खुट्टा जले । बर्दियामा उपचार नहुँदा अहिले उनी नेपालगन्जको भेरी अस्पतालमा उपचार गराइरहेकाछन् । काममा गएको बेला खाना पकाउने जिम्मा मेरो थियो । उनले भने, ‘हावा चलिरहेकोले एक्कासी चुल्होको आगोले कपडामा समात्यो, निभाउन खाज्दा आँखा सम्म पोल्यो अनि गुलरियामा उपचार नभएपछि सिधै भेरी अस्पतालमा आएँ ।’

गर्मी यामको समयमा फरक फरक तरिकाले मानिसहरू आगोबाट जलेका घटना देखिन्छन् । तातिरहेको पानी बच्चाले शरिरमा खनाइदिएपछि बाँके नरैनापुरकी २९ वर्षिया रेनु तमौलीको अनुहार, छाति र हात जलेको छ । उनी पनि एक हप्तादेखि भेरी अस्पतालमा उपचार गराइरहेकी छन् । तमौलीले भनिन्, ‘इलेक्ट्रेक जगमा तताउन राखेको पानी एक्कासी सानो बच्चाले उठाउन खोज्दा छाती र हातमा प¥यो ।’आगलागिबाट घाइते भएकाहरूलाई निको हुन महिनादिन भन्दा बढी समय लाग्ने गरेको छ । १० दिनदेखि आमाको उपचार गराइरहेकी बाँके बैजनाथकी मिना थारु अस्पतालसंग नभएको औषधि आफैले किन्नुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘उपचार निशुल्क भएपनि विरामीलाई आवश्यक पर्ने सबै औषधी अस्पताल भित्र उपलब्ध नहुँदा बाहीर किन्नुपर्ने भएर खर्च धेरै नै हुन्छ ।’ टाढाबाट आउने बिरामी र कुरुवालाई खानासँगै औषधी किन्नुपर्दा खर्च बढी लाग्ने गरेको उनले बताइन् ।

विगतका तथ्यांकहरूले मध्य चैत्रदेखि जेठसम्म आगलागिका घटना बढी हुने गरेको देखाउँछ । विगत १५ वर्षको अवधिमा बाँकेमा आगलागिका घटनामा ५८ जना घाइते भएका छन् भने ७ जनाको मृत्यु भएको रेडक्रसको तत्थ्यांक छ । अहिले भेरीमा सन्चालन भएको ६ बेडको जलन वडा भरिभराउ रहेको र थप विरामी आएमा बेड नपुग्ने देखिएको जलन वार्डमा कार्यरत कर्मचारी बताउँछन् । अझै साधन श्रोत आवश्यक रहेकोले माग गरिएको वार्डमा कार्यरत नर्स शान्ता नेपाली बताउँछिन् । उनी भन्छिन् ‘धेरै सामाग्रीको अभावमा पनि डक्टरहरूले सुरुवातमा उपचार गरिरहनुभएको छ, आवश्यक सामग्रीको माग गरेका छौं ।’ कोही विरामीलाई एक देखि दुई महिना सम्म वार्डमै राखेर उपचार गर्नुपर्ने हुँदा विरामीको अवस्था अनुसार थप सामग्री आवश्यकताको भएको मभहसुस भईरहेको उनको भनाई छ । एक महिनामा जलन वार्डबाट २८ जना भन्दा बढीले सेवा लिइसकेका छन् । वार्ड सन्चालन गर्न अस्पतालका ३ जना स्वास्थ्यकर्मीले तालिम प्राप्त गरेका छन् । तर अपुग साधनश्रोत र जनशक्ति थपेर अस्पतालले सेवा थप प्रभावकारी बनाउन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?