© २०२३
बर्दिया, ५ जेठ ।
बर्दियामा १४ बर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बर्दियाले १३ बर्षीय छोरा ४० बर्षीय बाबुलाई कैद सजायको फैसला गरेको छ । अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८२ जेठ १ गतेको इजलासले कसुर ठहर गर्दे छोरालाई १४ वर्ष कैद सजाय, ५ लाख ४० हजार रुपैँया जरिवानासहित ५० हजार रुपैयाँ पीडित राहत कोष भराउने फैसला गरेको छ । भने बाबुलाई १२ वर्ष कैद सजाय, ५ लाख रुपैँया जरिवाना र ५० हजार क्ष्तिपुर्तिस्वरुप २० हजार पीडित रक्तकोष भराउने फैसला गरेको जिल्ला अदालतका शाखा अधिकृत तथा सुचना अधिकारी अमृता केसीले बताइन ।
जिल्ला सरकारी वकिल कार्यालय बर्दियाले हाडनाताको अभियोगम ०८१ असार १६ र ०८१ असार १९ गते बर्दिया जिल्ला अदालतमा मुद्धा दर्ता गरेको जिल्ला न्यायाधीवक्ता शिवराज पौडेलले बताए । बालिकालाई बाबुले २०७९ साउनमा र छोराले २०८० फागसनमा बलात्कार गरेको भन्दै पीडित पक्षले २०८१ जेठ २७ गते प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले आरोपितहरुलाई जेठ २७ गते पक्राउ गरी प्रक्रिया अगाडि बढाएको थियो ।