ट्रेंडिंग:

>> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन

रुपौलिया महिला सहकारीमा बचतकर्ताको १ करोड ६० लाख बढी रकम झ्वाम

५ जेष्ठ २०८२, सोमबार
५ जेष्ठ २०८२, सोमबार

नवलपरासी,पश्चिम् ।

पश्चिम नवलपरासीको सुस्ता गाउपालिका वडा नं। १ रुपौलिया वडा कार्यालयमा रहेको रुपौलिया महिला बहुउद्धेशीय सहकारी संस्थाले १ करोड ६० लाख २८ हजार २ सय ६१ रुपैयाँ अडिट रिपोर्टमा नदेखिएपछि अपचलन गरेको तथ्य बाहिरिएको छ। सहकारीको लेखापरिक्षण गर्ने क्रममा १ करोड ६० लाख २८ हजार रुपैयाँको हिसाब नभेटिएपछि यतिवेला शेयर सदस्यहरु आक्रोशित बनेका छन् । संस्थाका तत्कालीन व्यवस्थापक र कम्प्युटर अपरेटरले संस्थाको कार्यकक्षमा सञ्चालकहरुबीच बसेर लेखापरिक्षण गर्ने क्रममा नदेखिएपछि उनीहरु दुबैलाई आर्थिक अपचलन गरेको आरोप लागेको हो ।

संस्था दर्ता हुनु भन्दा ५ वर्ष पहिले समुहमा रकम जम्मा गर्दा देखि गत कार्तिकसम्म नै रुपौलिया महिला बहुउद्धेशीय सहकारी संस्थाको ब्यवस्थापकमा इन्दिरा उपाध्याय रहेकि थिइन । यसैगरी अर्का कम्प्युटर अपरेटर तपनारायण चौधरी २०७३ साल देखि सोही संस्थामा रहेर संस्थाको हिसाब किताब राख्दै आएकी थिइन ।

दुबै कर्मचारीहरुले गत असारमा आ–आफ्नो समस्या देखाएर संस्थामा काम गर्न नसक्ने भन्दै राजिनामा दिएपछि संस्थाले नयाँ कर्मचारी राखेको तत्कालिन ब्यवस्थापक इन्दिरा उपाध्यायको भनाई छ ।उनले आफुलाई अध्यक्ष र समाजका केही समुहको टोलीले जबरजस्ती कोठामा राखेर हस्ताक्षर गराएको आरोप लागाएकि छन । यो अपचलन होईन सस्थाको बेरुजु हो,कहि कतै अपचलन भएको छैनूउपाध्यायले भनिन ।
उक्त रकम अपचलन नभै बेरुजु भएको उनको दावी छ ।ूअनुसन्धानबाट मैले अपचलन गरेको प्रमाणित भए म कारबाही भोग्न तयार छु उपाध्यायले भनिन।

लेखापरिक्षकले १ करोड ६० लाख २८ हजार २ सय ६१ रुपैयाँको हिसाब नआएको बताएपछि खोज्दा ९० लाख जती कम्प्युटरमा चढाउन छुटेको भेटिएको र यस आर्थिक वर्षमा पनि २० लाख कम्प्युटरमा चढाउन छुटेको भेटिएको बताउँदा बताउँदै पनि हस्ताक्षर नगरे मुद्धा हाल्ने,सामाजिक वहिस्कार गर्ने जस्ता धम्की दिएर जवरजस्ती हस्ताक्षर गर्न लगाएको ब्यवस्थापक उपाध्यायको भनाई छ ।

यो रकम तीन –तीन महिनामा किस्ताबन्दी गरी लिने निर्णय गरीएको छ जस्मा ब्यवस्थापकले १३ लाख र अप्रेटरले ११ लाख किस्ता रकम बुझाउने गरी जवरजस्ती हस्ताक्षर गर्न लगाएर कम्प्यूटर अप्रेटरले आफ्नो सोझोपनको फाइदा लिएको समेत ब्यस्थापक उपाध्यायको जिकिर छ ।

यता सहकारीकी अध्यक्ष भारतिले भने शेयर सदस्यहरुको भेलाबाट नै अपचलन आरोपित दुबैलाई ५५ र ४५ प्रतिशत गरी रकम असुलउपर गर्ने निर्णय भएको बताइन । अहिले उहाँहरु जबरजस्ती हस्ताक्षर गराइयो भन्दै हिड्नु भएको रहेछ त्यो भेलाले नै गराएको हो उनले भनिन् ।करिब ६ सय शेयर सदस्यहरु रहेको रुपौलिया महिला बहुउद्धेशीय सहकारी संस्थाको अहिले २ करोड ८० लाख बराबरको शेयर पुँजी रहेको संस्थाकी अध्यक्ष ममता भारतीले बताइन । संस्थाको ४ वर्षे कार्यकाल रहने उक्त संस्थामा आगामी पौष २८ गते अध्यक्ष भारतीको कार्य अवधि सकिदै छ । तर ४ वर्षसम्म संस्थाको एउटै लेखापरिक्षक राखेर कर्मचारीद्धय उपाध्याय र चौधरीले सञ्चालन सदस्यहरुलाई भ्रममा पार्दै रकम अपचलन गर्दै आएको अध्यक्ष भारतीको दावी छ ।

लेखापरिक्षक राख्न खोज्दा समेत विभिन्न बहानामा अरुलाई नदिने गरी समितिलाई नै कर्मचारी द्वयले गुमरहामा पार्ने गरेको अध्यक्ष भारतीको भनाई छ । हामीले पटक पटक यो अपचलनको कुरा भन्यौ पहिला नै संका लागेको थियो अहिले प्रमाणित भयो,आज उजुरी दर्ता गराउदै छु अध्यक्ष भारतीले भनिन् । यस पटक समितिले कर्मचारीहरुको भनाईलाई नमानेर जबरजस्ती अर्को लेखापरिक्षक राखेर अडिट गर्न शुरुगरेपछि दुबै जनाले विभिन्न बहाना बनाएर राजिनामा दिएको र लेखापरीक्षण गर्दा १ करोड ६० लाख २८ हजार २ सय ६१ रुपैया अपचलन गरेको भेटिएपछि उनीहरुकै सहमतिमा ५५ र ४५ प्रतिशतले असुल उपर गर्ने गरी निर्णय भएको अध्यक्ष भारतिले ठोकुवा गरिन ।

पहिलेको लेखापरिक्षण रिर्पोटमा २ करोड २६ लाख ऋण लगानी भएको देखाएपनि १ करोड ६७ लाख ऋणी को हो भन्ने नै नदेखाइकन ऋण लगानी गरेको प्रमाण देखिएको अध्यक्ष भारतीले बताइन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?