© २०२३
काठमाडौं, ५ जेठ ।
आज पनि सुनको मूल्यमा बृद्दी भएको छ ।
जसअनुसार साताको दोस्रो दिन अर्थात सोमबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ८४ हजार दुई सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
तर, आज चाँदीको मूल्य भने स्थिर नै रहेको छ । चाँदी प्रतितोला हिजो झै आज पनि एक हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।