© २०२३
बर्दिया, ५ जेठ ।
राजपुर नगरपालिका, ह्याबिटयाट फर ह्युमेनिटी, युनिक नेपालको सहकार्यमा सुकुम्बासीहरूलाई घर हस्तान्तरण गरिएको छ । राजापुर नगरपालिका वडा नं. ४ मा रहेको शान्तिपुर सुकुम्बासी टोलमा ११ जनालाई घर हस्तान्तण गरिएको हो । सुरक्षित आवासमा दुईवटा पक्की कोठा, भान्सा र एक शौचालय रहेको छ । राजापुर नगरपालिकाको ३१ लाख ८४ हजार ७ सय ९४, ह्याबिटयाट फर ह्युमेनिटी र युनिक नेपालको २७ लाख ५० हजार रूपैयाँ र समुदायको जनश्रमदान ५ लाख १२ हजार ५ सय ८८ रूपैँया लागत साझेदारीमा सुरक्षित आवास निर्माण गरिएको राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले बताए । सहयोगी दाता पाए सुकुम्वासीहरूलाई अब हरेक वर्ष सुरक्षीत अवासको व्यवस्था मिलाउँदै जाने प्रमखु थारुले बताए ।
आर्थिक अभावले गर्दा फुसको घरमा बस्दै आएका अति बिपन्न परिवारले घर पाएपछि उनीहरू हर्षित छन् । बिगतमा वर्षा, हावाहुरी आउँदा कच्ची घरमा भोगेको पिडा सुनाउँदै सम्झना चौधरीले अब घरको चिन्ता नभएको र आउँदो समयमा मेहनत मजदुरी गरेर कमाएको पैसा व्यवसाय एवं आफ्नो बच्चाको राम्रो शिक्षाको लागी खर्चिने बताइन । यो परियोजना अन्तर्गतका घरहरू बनाउँदा ठेक्कामा दिइएन । बरु उपभोक्ता समुह बनाएर घरकै परिवारलाई योग्यता अनुसार काम दिइयो । जसबाट उपभोक्ताहरूलाई काम गरे बापत आयआर्जन भयो र आफ्नो घर आफै बनाउँदा गुणस्तर पनि राम्रो भएको सिताजु चौधरीले बताइन ।
पछिल्लो समय विकास निर्माणको जिम्मा लिने तर काम समयमा नहुने परिपाटी विकास भइरहेको अवस्थामा राजापुर नगरपालिकाको मार्गदर्शनमा ह्याबिटेट र युनिकले समयमै घर बनाएर हस्तांतरण गर्न सफल भएकोमा सबै बधाईका पात्र भएको युनिक नेपालका अध्यक्ष प्रिम बहादुर थारुले बताए । युनिक नेपालले गरिब परिवारलाई विभिन्न किसिमको सहयोग दिन्दै आएको अध्यक्ष थारुले बताए । युनिक नेपालले हरेक बर्ष गरिब जेहेन्दा बालबालिकाहरूलाई छात्रवृत्ति दिदै पनि आएको अध्यक्ष थारुले बताए । परियोजना अन्तर्गत राजापुर नगरपालिका वडा नम्बर ४ मा २६ जनालाई घर हस्तान्तरणगरेको थियो भने वडा न. ५ मा १० जनालाई घर हस्तान्तरण गरेको भियो र वडा न. ८ मा १३ जनालाई हस्तान्तरण गरी कुल ४९ घर निर्माण भएर हस्तांतरण भैसकेको छ । त्यसैगरी दोस्रो चरणमा वडा न. ५ मा २० वटा घर निर्माण भइरहेको भैरहेको छ । उक्त घर निमार्ण लगत्तै हस्तान्तरण गरिने छ ।