ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटना मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

‘कानूनलाई’ छल्न अंशबण्डा

५ जेष्ठ २०८२, सोमबार
५ जेष्ठ २०८२, सोमबार

लमही, ०५ जेठ ।

लुम्बिनी प्रदेशको राजधानी निर्माण क्षेत्रअन्तर्गत सरकारको ल्याण्ड पुलिङ योजना अझै अन्तिम चरणमा पुग्न सकेको छैन । तर अहिलेकै अवस्थामा पनि ‘अंशबण्डा’ को नाममा जमिन बिक्री सुरु भएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले यस्तो किनबेचलाई गैरकानुनी ठहर गर्दै सार्वजनिक सूचना जारी गरी रोक लगाएको छ । तर, राप्ती गाउँपालिका ३ र ४ सहितका भूभागमा पुरानै कित्ता कायम गरेर अंशबण्डा बनाइने र जमिन बिक्री गरिने क्रम रोकिएको छैन ।

प्राधिकरणका प्रमुख छबिराज पोख्रेलले भने, “ल्याण्ड पुलिङको प्रक्रिया अझै टुंगिएको छैन, अन्तिम चरणमा रहेको छ, कित्ताकाट समेत भएको छैन । यस्तो अवस्थामा असबण्डा बनाएर हुने कारोबार कानुनविपरीत हो र यसले दीर्घकालीन रूपमा राजधानी योजना नै संकटमा पार्न सक्छ ।” उता राप्ती गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष वीर बहादुर चौधरी आफ्नो अगाडि जग्गा दलालले खुल्ला पलटिङ गरी किनबेच भएको बताए । जग्गा धनी हामी घर छुट्टीयौ अशाबण्डाको सिफारिस दिनुहोस् भन्छन । बाध्यताबस दिन्छौ । तर नियत भने भित्रभित्रै जग्गा पलटिङ हुन्छ चौधरीले भने ।

यसबीच, स्थानीय बासिन्दाहरू भने लामो समयदेखि अनिश्चिततामा राखिएको भन्दै बाध्य भएर जग्गा बेच्नुपरेको तर्क गर्छन् । कानुनविद्हरू भन्छन्’ असबण्डाको नाममा हुने किनबेचले न खरीददारको स्वामित्व सुरक्षामा हुन्छ, न नै योजनाको उद्देश्य पुरा हुन्छ ।’ यसबीच, लुम्बिनी प्रदेश राजधानी देउखुरीमा रहेका संरचनाहरूको व्यवस्थापन सम्बन्धी विवाद सार्वजनिक मञ्चमै झल्किएको छ । हालको प्रदेश सरकार, प्रमुख रूपमा मुख्यमन्त्री चेतनारायण आचार्य र राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टबीचको सम्बन्ध चिसिंदै गएको देखिन्छ ।

एक सार्वजनिक कार्यक्रममा अध्यक्ष विष्टले, भने–“अब अति भयो, राजधानी बुटवल नै फर्काइदिए पनि हुन्छ,” भनेर दिएको अभिव्यक्तिपछि मुख्यमन्त्री आचार्यले सोही कार्यक्रममा प्रतिकृया दिँदै त्यसलाई ‘गैरजिम्मेवार अभिव्यक्ति’ को संज्ञा दिए । मुख्यमन्त्रीले भने, “राजधानी आएर यहाँका जनताले सजाय पाए भन्ने भनाइ सस्तो लोकप्रियताको लागि हो। देउखुरीमा राजधानी सजिलै आएको होइन, प्रदेशको आवश्यकता अनुसार आएको हो । स्थानीय र प्रदेश सरकारबीच समन्वय हुनुपर्नेमा उल्टो कुरा गर्नु अनुचित हो ।” विवादको मूल जड १५ सैयाको अस्पताल उद्घाटनका र रोक्का जग्गा फुकुवा सन्दर्भमा रहेको बताइन्छ ।

राजधानी व्यवस्थापन र स्थानीय सहकार्यको विषयलाई लिएर राजनीतिक दलहरूबीचको सम्बन्ध जटिल बन्दै गएको यो घटनाले देउखुरीको भविष्य र राजधानी स्थायित्वमै प्रश्न खडा गरेको देखिन्छ । प्रदेशको राजधानी देउखुरी क्षेत्रमा राप्तीसहित गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको केही वडा राखिएपनि अहिले सरकारका करिब सबै संरचना राप्ती गाउँपालिकामै रहेका छन् । राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नम्बर १, २ र ३, अर्घाखाँचीको शीतगंगा नगरपालिका वडा नम्बर ८ र ९ लाई राजधानीमा समेटिए पनि अहिलेका अधिकांश संरचना राप्तीमै छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?