© २०२३
लमही , ५ जेठ ।
दाङमा ७५ बर्षीय एक जेष्ठ नागरिकले नातिनी माथि बलात्कार गरेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार तुलसीपुर उपमहानगरपापिलका वडा नं. १७ बनकट्टा निवासी ७५ बर्षीय एक जेष्ठ नागरिकले ७ बर्षीया नातिनी माथि बलात्कार गरेका हुन् ।
प्रहरीमा उजुरी परेपछि पीडकलाई पक्राउ समेत गरिएको छ । उनलाई ५ दिन म्याद थप गरेर अनुसन्धान थालिएको छ । बालिकाको स्वास्थ्य परिक्षण पश्चात हजुर आमाको जिम्मा लगाइएको प्रहरी निरक्षक रानाले बताए ।