ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

भारतको तरबुजाले नेपाली किसान मर्कामा

४ जेष्ठ २०८२, आइतबार
४ जेष्ठ २०८२, आइतबार

चन्द्रौटा, ०४ जेठ ।

कपिलवस्तु जिल्लाको सीमावर्ती क्षेत्र बुद्धभुमि नगरपालिकाका किसानहरूले वर्षौंदेखि बगरे खेती गर्दै आएका छन् । तरबुजा उत्पादनको मुख्य सिजन चलिरहँदा पनि किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् । भारतीय बजारले स्थानीय कृषि बजारलाई प्रभावित पारको छ । किसानहरू भने आफ्नै उत्पादनको उचित मूल्य नपाएर निराश छन् । भारतीय उत्पादनको अत्यधिक आयात र बजार कब्जा भएकाले स्थानीय तरबुजा बिक्रीमा बाधा पुगेको किसानहरूको गुनासो छ ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर–१०, मोतिनगरका किसान गंगासागर केवटले भनेः “पुर्खाैंदेखिको पेशा हो कृषि । आत्मनिर्भर रहेको स्थानमा लामो समयदेखि बगरे खेती गर्ने आएका छौँ । यहाँ भारतीय सीमा नाका नजिकै भएकाले बजार व्यवस्थापनको कमी छ । यतिबेलाको सिजन हो तरबुजाको जुन उत्पादन भएपनि खपत भएको छैन् । भारतीय व्यापारीले हस्ताक्षेप गरेका छन् ।” उनले बगर खेतीमा तरबुजा, लौका, करेला, बोडी, भिन्डी लगायत वस्तुहरू उत्पादन भएको बताए । अहिलेको सजिन भनेको तरबुजा हो, तर तरबुज बजार बिक्रीको लागि जाँदा बजार मूल्य नपाएको गंगासागरले गुनासो गरे । यतिबेला बजारमा भारतीय तरबुजा फालाफाल रहेको बताउँदै भारतीय व्यापारीहरू भारतकै तरबुजा बिक्र गर्दा स्थानीय उत्पादनले बजार मूल्य नपाएको उनले बताए ।

गंगासागर केवट

आफूहरूले बिक्री गर्ने स्थानमै उनीहरूले नै कब्जा गरेर रामघाटको स्थानीय बजारमा किसानले ३० रूपैया प्रतिकिलो बेच्दा पनि बिक्री न्यून रहेको गंगासागरको भनाई छ । त्यहि स्थानमा भारतबाट ल्याएका तरबुजालाई नेपालको स्थानीय उत्पादन भनेर ५० देखि ६० रूपैया प्रतिकिलो बेच्दा पनि दिनहुँ सायौँ किलो बिक्री गरिरहेको किसान केवटले बताए । आफ्नो मात्रै नभएर सबै किसानको समस्या रहेको जनाउँदै स्थानीय सरकारसँगै सम्बन्धित निकायले कुनै चासो नदेखाएको उनको गुनासो छ । अर्की किसान ज्ञानमती केवटको परिवारले एक दशकदेखि बगरे खेती गर्दै आएको उनी बताउँछिन् । उनले तयार भएको तरबुजाले बजार भाउ नपाएकोे दुखेसो पोख्दै भनिन्: “लगानी समेत उठ्न सकेको छैन् । नेपाली उत्पादनका फलफुल तथा तरकारी तयार हुँदा भारतीय उत्पादनका वस्तुहरू सस्तोमा बिक्री हुँदा स्थानीय उत्पादनले बजार भाउ नपाउँदा किसान मर्कामा पर्ने गरेको छौँ ।”

ज्ञानमती केवट

यस्तै स्थानीय कृषक पञ्कज केवटले स्थानीय बजारमा बाहिरी उत्पादनका तरबुजा लगायत तरकारीहरू भित्रिदाँ सस्तो भएपछि आफूले उत्पादन गरेका तरकारीहरू गाई वस्तुलाई दानको रूपमा खिलाउनु पर्ने बाध्यता रहेको उनले बताए । भारतीय उत्पादनका वस्तुहरू व्यापारीहरूले ठूलो परिणाममा राख्ने र स्थानीय उत्पादन भनेर बेच्दा स्थानीय उत्पादनसँगै किसान मर्कमा पर्ने गरेको केवट बताउँछन् । सरकारले मल र सिँचाई लगायतको समयमा व्यवस्थापन गरिदिए बगरे खेती प्रभावकारी हुने उनको भनाई छ । करिब २० कठ्ठा क्षेत्रफलमा बगरे खेती रहेको बताउँदै मुख्य आम्दानीको पाटोलाई घरपरिवार सबै यसै पेशामा जिविका चलाउँदै आएको हुनाले सरोकारवालाले ध्यान दिन जरुरी रहेको जनाए ।

पञ्कज केवट

यता बुद्धभूमि नगरपालिकाका कृषि विकास अधिकृत देबिराम बेल्वासेले किसानहरूले भोगिरहेको समस्यालाई गम्भीर रूपमा लिइएको बताए । कृषकहरूको उत्पादनलाई प्राथमिकता दिन आवश्यक रहेको बताउँदै उनले भने, “हामीले स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति बनाएका छौँ, तर त्यसको कार्यान्वयनमा चुनौती छन् । बजार अनुगमन र सीमावर्ती क्षेत्रमा विदेशी उत्पादनको नियन्त्रणमा कडाइ गर्दै स्थानीय उत्पादनलाई प्रोत्साहन दिन सम्बन्धित निकायसँग समन्वय गरिनेछ ।”

देबिराम बेल्वासे

नगरपालिकाका कृषि विकास अधिकृत

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?