ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटना मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

रक्तचाप नियन्त्रणमा सावधानी जरुरी

४ जेष्ठ २०८२, आइतबार
४ जेष्ठ २०८२, आइतबार

पछिल्लोसमय मानव जीवनका लागि स्वास्थ्य सर्वाधिक चुनौतिको बिषय वन्दै गएको छ । भान्सामा बिषादीदेखि हरेक कुरामा मिसावटको अन्तिम प्रहार मानवको स्वास्थ्यमाथि परिरहेको छ । अवको पुस्ता सचेत नहुने हो भने स्वास्थ्यको जोखिम मूख्य चुनौतिको रूपमा देखापर्ने निश्चित छ । त्यहीकारण पछिल्लोसमय उच्च रक्तचापको समस्या भयावह बन्दै गएको छ । सन्दर्भ विश्व रक्तचाप दिवसको हो । यो दिवस शनिवार मनाईदै गर्दा रक्तचापका कारण मानव जीवन सवैभन्दा वढी प्रभावित भएको छ । ‘रक्तचाप नापौं, रक्तचाप नियन्त्रण गरेर दिर्घायू बनौं’ भन्ने नाराका साथ शनिवार विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

विशेषगरी नेपाल सरकार स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्यकर्मीहरूले यो दिवसका अवसरमा जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै आएका छन र यो बर्षपनि विभिन्न चेतनामूलक कार्यक्रम गरेका छन् । हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस मनाइने गरिन्छ भने नेपालमा पनि बर्षौदेखि यो दिवस चेतनामूलक दिवसका रूपमा मनाईदै आइएको छ । बदलिँदो र व्यस्त जीवनशैली, डिब्बाका खानेकुरा, प्रशोधित पदार्थ र प्रगतिको प्रतिस्पर्धाले उच्च रक्तचापका बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेले उच्च रक्तचाप नेपालीका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ । सन्तुलित खानपान, शारीरिक अभ्यास र तनाव घटाउने गरेमा उच्च रक्तचापको समस्या कम हुने चिकित्सक बताउँछन् । नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेमा २५ प्रतिशत वयस्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ । सहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ ।

उच्च रक्तचापबाट बच्ने उपाय भनेको धुम्रपान, मद्यपानबाट टाढा रहनु सवैभन्दा उत्तम हो । दैनिक ब्यायाम गर्ने अनि खेलकुदमा आफूलाई संलग्न गराउने गरेमा हामी धेरै रोगहरूवाट मुक्त हुन सक्दछौ । त्यसतर्फ आजको पुस्ताले पनि ध्यान दिनु जरुरी छ । एक अध्ययनले रातीमा काम गर्ने र रात्रीकालीन समयमा धेरै अबेरसम्म बस्ने मानिसहरूमा ‘हाइपरटेन्सन’ को सम्भावना धेरै हुने देखाएको छ । आफ्ना लागि समय निकाल्नु र तनावरहित जीवनको खोजमा रहनु अहिलेको सर्वाधिक आवश्यकता हो । चिकित्सकहरूले आहार, बिहार अनि विश्राममा ध्यान दिनुपर्ने सुझाव दिदै आएका छन् । त्यसमाथि नियमित रक्तचाप नाप गर्नु जरुरी छ । तसर्थ विश्व रक्तचाप दिवको अवसरमा कुनै एक दिनमात्रै होइन नियमित रक्तचाप जाँच गरेर आफ्नो स्वास्थ्यमा ध्यान पु¥याउँ । अनि धुम्रपान र मद्यपान तथा अनावश्यक तनाव र ब्यस्त दैनिकीलाई सन्तुलित बनाउने प्रयास गर्नु आवश्यक छ । रक्तचाप नियन्त्रणको महत्वपूर्ण माध्यम योगा समेत हुन सक्छ ।

पछिल्लोसमय हरेक कुरामा बिषादीको प्रयोग बढ्दो छ, त्यसलेपनि रक्तचाप बढाउन मद्दत गरेको छ । रक्तचाप सामान्य भन्दाभन्दै यसले बिकराल स्वास्थ्य समस्या निम्त्याउन सक्छ । रक्तचापले धेरै अप्रत्यक्ष रोगको शिकार बनाउन सक्छ, जसका कारण भविष्यमा ठूलो समस्या निम्त्याउन सक्छ । अर्को कुरा के महत्वपूर्ण छ भने रक्तचाप मोटो पातलो जुनसुकै र जुनकुनै उमेरका मानिसलाई पनि हुनसक्छ । तसर्थ यसलाई ख्यालठट्टा गरेर लापरवाही गरियो भने यसले ज्यान समेत लिनसक्छ । जेहोस यसको नियन्त्रण अव हाम्रो लागि चुनौति देखिएको छ र सचेतना नै यसको प्रमुख निराकरणको माध्यम भएकोले यसको नियन्त्रणमा आफै सचेत बन्नु जरुरी छ । चिकित्सकहरूका अनुसार ४० वर्ष उमेर कटेका बयस्कहरूमा यो रोगको खतरा ८० प्रतिशत बढी हुने भएकोले यसको रोकथामका लागि त्यसै अनुसार ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । उच्च रक्तचापको पहिलो रोकथाम र प्राथमिक उपचार सचेतना नै भएकोले यसको विषयमा पूर्व जानकारी हुनु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?