© २०२३
बुटवल ।
शुक्रबार बुटवलमा भीषण हावाहुरी सहित पानी पर्दा बुटवल बहुमुखी क्याम्पसको शिक्षाशास्त्र सङ्कायको भवनमा ठुलो क्षति पुगेको छ ।
क्याम्पस प्रमुख अरुण कुमार क्षत्रीले प्राकृतिक विपत्तिले क्याम्पस भवनमा क्षति पुगेको जानकारी दिए । साथै क्याम्पस प्रमुख क्षत्रीले विपत्तिका कारण विद्यार्थीले कक्षा लिनका लागि समस्या भोग्नुपर्ने अवस्था आए पनि समस्या समाधानका लागि क्याम्पस प्रशासन प्रयत्नशील रहेको बताए ।