ट्रेंडिंग:

>> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना

देउरालीमा ‘एक्ला मान्छे’

हुन पनि मानिसहरू गाउँबाट शहर पसिरहेका छन् । म एक्लो मान्छेले देउरालीमा बसेर गाउँ फर्क भनिरहेको छु । भिडमा एक्लो भएर पनि होला सबैले यस्तो भनेको । तर पछि सबै युवाहरू यसरी नै गाउँलाई सिगार्न आइपुग्छन् भन्ने विश्वास छ मलाई ।
३ जेष्ठ २०८२, शनिबार
३ जेष्ठ २०८२, शनिबार

बुटवल, ०३ जेठ ।

समुन्द्र घिमिरे ३४ वर्षका पुगे । आफ्ना दुई सन्तानसँगै घर परिवार हेर्ने उनमा जिम्मेवारी छ । कक्षा १२ पढेका घिमिरेलाई अरूले भन्दा केही नयाँ गर्नुपर्छ भन्ने सानैदेखिको हुटहुटीले उनी विदेशसम्म पु¥यायो । दुवईको एक कम्पनीमा करिब सात वर्षको कामपछि पैसासँगै पाँच वर्ष अघि उनी नेपाल आए । सँगै नेपालमै केहि गर्न सकिन्छ भन्ने हिम्मत, सिकाई र अनुभव संगालेर । के गर्ने, टुंगो थिएन तर जे गर्छु नेपालमै गर्छु भन्ने अठोट भने थियो । आर्थिक क्रान्ति कृषिबाट गर्न सकिन्छ र त्यो गाउँबाट सकिन्छ कि भन्ने उनको मनमा थियो । तर गाउँ छाडेर शहर भित्रिरहेको अवस्थामा गाउँ फर्कनु सहज थिएन । परिवारका सदस्यहरूले पागल त भइनस भन्न थाले । विदेशमा गरेको कमाई राम्रो उतै गएर कमाए राम्रो हुन्छ भन्ने सुझाव थियो परिवार अनि साथीभाइको पनि ।

तर मनभरी देशको माया बोकेर फर्किएका घिमिरेले आफनो मनलाई आफ्नै माटोमा लगाउने प्रतिवद्धताबाट पछि हटेनन । देश बन्नलाई पहिले गाउँ बन्नु पर्छ भन्ने उद्देश्य बोकेर उनी भन्दा चार वर्ष अगाडि पाल्पाको तिनाउ गाउँपालिका ७ को झ्याङ्गला देउरालीमा पुगेर गाउँले घर ब्राण्डमा व्यवसाय शुरु गरे । पाल्पाको डुम्रे बजारबाट ३ किलोमिटर पश्चिममा गाउँले घर छ । बरिपरि हरियाली चिसो हावा, मुलको पानी, पातला घर भएपनि नजिकै मन जोडिएको बस्ती छ । कलकल बगिरहेको डुम्रे खोला र हरियालीले जो कोहीलाई पनि लोभ्याउँछ ।

गाउँले घर पुगेपछि जहाँ लोप हुन लागेका पुराना सामानहरू देख्न सकिन्छ । स्थानीय वस्तुहरूलाई कलात्मक रूपमा सजाइएको छ । त्यहाँ स्थानीय लोकल खाना, कोदोको मम, केरा, सिस्नोको परिकारको स्वाद लिन पाईन्छ । विभिन्न विद्यालयका विद्यार्थी, संघ संस्थाका मानिस र चिसाको आन्नद लिन रूपन्देही नवलपरासी कपिलबस्तु लगायतका स्थानबाट दैनिक धेरै पर्यटकहरू भित्रने गरेका छन् ।घिमिरेले भन्छन्–‘जबसम्म युवाहरूले आफनै माटोमा रमाउन र कर्म गर्न सक्दैनन तवसम्म देश विकास समृद्धिको कुरा गर्नु फगत हो । म प्रकृतिमा जन्मेको मान्छे, मरुभुमिमा बस्न सकिन । त्यसैले गाँउ फकिएको हु । यहाँ जस्तो आन्नद कहाँ छ विदेशमा ।

यही आन्नदलाई व्यवसायसँग जोड्न खोजेको छु । चिसो हावा पानी र यहाँको सुन्दरतालाई बेच्न सक्ने हो भने पैसा यहाँ कमाउन र आफ्ने माटोमा रमाउन सकिन्छ भन्ने लाग्छ मलाई । त्यहि सोच हो मेरो यो सोचलाई समाज र परिवारका सदस्यहरू पागलपन भन्ने गरेका छन् तर पनि म आफनो मनले रोजेको काम र व्यवसायलाई सफल बनाएरै छाड्छु भन्ने विश्वास छ । चार वर्ष अगाडी कल्पना गरेको थियो अहिले काम भईरहेको छ । अझै धेरै काम गर्नु पर्ने छ । यहाँबाट नै कृषिमा काम गर्न बाकी छ शुरुवात हो बिस्तारै कृषि पनि जोडिने छ । पर्यटन र कृषिले यहाँको माटो सिचाई गर्न सके भने भविष्य उज्वल देखेको छु ।’

उनी भन्छन्–‘गुल्मीको मुसिकोट देउरालीबाट परिवार बुटवल झरे । म फेरी पाल्पाको देउरालीमा आए । यो पनि गज्जवको संयोग हो । मलाई माटोको माया छ । रितिदै गरेको गाँउको माया छ । त्यसैले विदेशको लामो बसाई र राम्रो पैसा छाडेर यहाँ आएको हुँ । अहिलेसम्म आफनो निर्णयमा खुशी छु । भोलीको दिनमा मेरो जस्तै माटोलाई माया गर्ने जमातहरू बढ्ने छन् । देशका विभिन्न पहाड र गाँउलाई माया गरेर गाँउ फर्कनेहरूको भिड लाग्ने छ । त्यो मेरो सपना हो तर अहिले मेरो सपना सुन्नेहरूले पागलको संज्ञा दिईरहेका छन् ।

हुन पनि मानिस शहर पसिरहेका छन् । म एक्लो मान्छेले गाँउ फर्क भनिरहेको छु । भिडमा एक्लो भएर पनि होला सबैले यस्तो भनेको तर पछि सबै युवाहरू यसरी नै गाउँलाई सिगार्न आईपुग्छन् विश्वास छ मलाई । म मेरा दुई साना सन्तानलाई पनि माटो र प्रकृतिसँग रमाउन सिकाउँछु कि भोलि उनीहरूलाई शहर र विदेश भन्दा गाउँ र यहाँको प्रकृतिले मोहनी लगाओस् । संभावना यही माटोमा छ भनेर सिकाउन बच्चालाई माटोमा खेलाउन सक्नु पर्छ । अनि मात्रै माटोलाई माया गर्छ र यहि भविष्य देख्छ । यो मेरो युवालाई गाँउ फर्काउने अभियान हो भन्दा फरक पर्दैन ।’

चार वर्ष अगाडी तिनाउको देउरालीमा घिमिरेले २० रोपनी जमिनलाई २० लाख रुपियामा किनेका हुन् । उनले १० रोपनीमा कृषि उत्पादन र १० रोपनीमा पर्यटकहरूका लागि आकर्षक स्थान बनाउने उद्देश्यले काम शुरु गरेका हुन्। करिव ५० लाख रुपियाँका भौतिक संरचनाहरू बनिरहेका सकेको घिमिरेले बताए । भौतिक संरचनासँगैे कृषि पनि आर्थिक उपार्जनसँग जोडिने भएकाले घिमिरेले १० रोपनी जमिनमा टिमुर,कागती,सुन्तला र सिर्जन अनुसारका तरकारीहरू लगाएर आम्दानीको बाटो फराकिलो बनाएका छन् । त्योसँगै पशु पालनका लागि पनि भौतिक संरचनाहरू बनाईरहेका छन् । अहिले माछा, हास र कुखुराको खोर समेत निर्माण शुरु गरेका छन् ।

घुम्न र रमाउन आउनेहरू यहाँ बास बस्न सक्दछन् । लोकल खाना, शान्त वातावरणमा योगा ध्यानसँगै कामको थकान मेटाईदिन्छ । यहाँ आउने एउटा पर्यटकले एक रात बसेर खाएर फर्किदा २५ सय देखि ३ हजार रुपियाँ सम्म खर्च गर्दछ । अहिले गाँउले चुलोमो १५ जना स्थानियबासीले रोजगारी पाएका छन् । उनको यो कर्म देख्दा मनबाट नै चाहना राख्न सके गाँउलाई पनि सिर्गान सकिन्छ । गाउँमै पनि आम्दानीको स्रोत बनाउन सकिन्छ । आफ्नै बाझाँ  खेतबारीलाई हरियाली बनाउन सकिन्छ भन्ने प्रेरणा मिल्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?