© २०२३
बाँके, ०२ जेठ ।
लुम्बिनी प्रदेशमा सन्जु थारु समानुपाति सांसद छिन् । ईमानमा विश्वास गर्ने उनी विवादमा तानिएकी छैनन् । निष्ठावान नेताका रूपमा परिचय बनाउने प्रयासमा छिन् । एउटा नेतृत्व सफल हुनको लागि पारिवारिक पृष्ठभुमि शैक्षिक अनुभव, पारिवारिक सहयोग, सामाजिक हौसला तथा जिम्मेवारी बोध जस्ता थुप्रै कुराहरू अग्रस्थानमा ल्याउने गरिन्छ । मेरो फरक अनुभव छ । २०७४ सालमा देश संघीय संरचनामा गइसकेपछि पहिलो पटक कोहलपुर नगरपालिकाको उपप्रमुख पदमा विजयी भइयो । राजनीतिमा आउनु रहर नभई राजनीतिक परिस्थिति थियो । आज हामिले जति नै ठूला कुरा गरेपनि जबसम्म छोरीहरूलाई शिक्षा दिइदैन तबसम्म उनीहरूले उचित स्थान हासिल गर्न सक्दैनन् ।
त्यसैगरी आर्थिक रूपमा सक्षम हुन सकेमा मात्र राजनीति लगायत नेतृत्व तहमा राम्रो स्थान हासिल गर्न सकिन्छ ।” जीवनमा निकै संघर्ष गर्न जरुरी छ । उपप्रमुख भएर कार्य गर्दा थुप्रै चुनौतीहरूको सामना गर्नु पर्यो । आफू उपप्रमुख हुँदै गर्दा थारु समुदायमा हुने सिकलसेल थालेसिमिया रोग उपचारका लागि पहल, सामाजिक विकासका लागि बनाएका योजना कार्यान्वयन र पालिकाकाको विकासका लागि खेलेको भूमिकालाई स्मरण गर्छु । लुम्बिनी प्रदेशको सांसद भएर काम गरिरहँदा जनताका मुद्दामा प्रत्यक्ष सहभागी हुन पाएको अनुभव हुँदै छ । युवा, महिला तथा बालबालिकाहरूको सवालमा सदैव आवाज उठाएको र यसपटक पनि लक्षित वर्गका कार्यक्रमहरूमा बजेट कार्यान्वयन गर्नु छ ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ५ रझेनामा मध्यमवर्गीय परिवारमा म जन्मिएकी हुन । व्यवस्थापन संकायमा स्नातकोक्तर गरेकी छिन् । अहिले एलएलबी अध्ययन गरिरहेको छु । राजनीतिक यात्रामा घरपरिवारको राम्रो सहयोग पाएको छु । राजनीति गर्नका लागि महिला होस अथवा पुरुष हो यदि घरबाट सहयोग मिलेन भने त्यो मानिसले राजनिति गर्न निकै गह्रो हुन्छ । झन त्यसमा महिलाहरूलाई अझै गह्रो हुन्छ, हाम्रो समाजमा महिलाहरूलाई हेर्ने दृष्टिकोण नै फरक छ ।
छोरी मान्छेले केही गर्न सक्दैन भन्ने धेरै जानहरूलाई लागेको हुन्छ तर अवसर पाए छोरीले गर्न सक्ने काम राम्रो र निष्पक्ष रूपले गरेको हुन्छन । मैले घरपरिवार श्रीमानबाट राजनिति गर्नका लागि निकै राम्रो सहयोग पाएको छु । यदि मैले श्रीमान घरपरिवारबाट सहयोग नपाएको भए मेरो राजनीतिक यात्रा यहाँसम्म पुग्ने थिएन । महिलाको लागि राजनीति गर्न निकै कठिन हुन्छ ।
स्थानीय तहरूको निर्वाचन २०७४ मा उनी कोहलपुर नगरपालिकाको उपमेयरमा विजयी भएकी थिइन । उनी कोहलपुरको उपमेयरको चुनावमा भाग लिएको बेला ३७ हजार ३ सय ३७ कुज मतदाता संख्या रहेको थियो जस मध्य २४ हजार ४ सय २२ मत खसेको थियो । उक्ता चुनावमा ५ सय ५३ मत पुर्ण रूपमा बदर भएको थियो । उनी कोहलपुर नगरपालिकाको १० हजार ५६ मतले विजय भएकी थिइन ।