ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

दलित र सीमान्तकृत समुदायमा विशेष आयआर्जन कार्यक्रम

२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार

गुल्मी, ०२ जेठ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले जिल्लामा लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रम सञ्चालन गरेको छ । लुम्बिनी प्रदेश सरकार अन्तर्गत कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोगमा जिल्लाको सत्यवती गाउँपालिका र चन्द्रकोट गाउँपालिकामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । लक्षित समुदायका परिवारहरुको आय आर्जमा वृद्धि गर्दै उनीहरुको जीविकोपार्जनमा सहयोग पुराउने उद्देश्यले दलित र सिमान्तकृत बर्गमा उक्त कार्यक्रम सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमकान्त पाण्डेयले जानकारी दिएका छन ।

लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रम अन्तरगत सत्यवती गाउँपालिका –३ स्थित ठूलोलुम्पेकमा आर्थिक रुपमा विपन्न रहेका दलित समुदायका २२ घरपरिवारलाई दश लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको छ । कार्यालयले उनीहरुलाई उपलब्ध गराएको अनुदानबाट २२ वटा उन्नत जातका मुर्रा भैंसीका पाडीहरु खरिद गरि समुदायमा वितरण गरिएको छ । नवलपरासीबाट ल्याईएका उन्नत जातका प्रति पाडीको मूल्य ३५ हजार रुपैयाँ रहेको कार्यालय प्रमुख पाण्डेयले बताए । त्यसका अतिरिक्त समुदायका लागि गोठ सुधार, औषधी उपचार र भैंसी पालन सम्बन्धि तालिम समेत उपलब्ध गराईएको कार्यालयले जनाएको छ । कृषि तथा पशुपंक्षी विकास कार्यक्रम २०८१ अनुसार स्थानीय लुम्पेकी कृषि बहुउद्देश्य सहकारी संस्था मार्फत सत्यवतीमा दलित समुदायलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

लक्षित बर्गमा आधारित रहेर सञ्चालन गरिएका यस्ता प्रकारका कार्यक्रमले समुदायमा ठूलो टेवा पुग्ने र उनीहरुको आर्थिक अवस्था सुधारमा पनि थप सहयोग पुग्ने वडाध्यक्ष जितबहादुर त्रामु मगरले बताए । त्यसैगरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रद्वारा चन्द्रकोट गाउँपालिका–७ स्थीत बोटे गाउँका सिमान्तकृत समुदायका लागि पनि दश लाख रुपैयाँ सहयोग उपलब्ध गराईएको छ । उक्त रकमबाट सिमान्तकृत समुदायमा बोटेमाझीका २० घरपरिवारलाई प्रति परिबार ५० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराइसकेको कार्यालय प्रमुख पाण्डेयले जानकारी दिए ।

उक्त रकमबाट २० जना बोटेमाझी परिवारलाई एक÷एक वटा जमुनापारी एवं स्थानीय जातका बाख्राहरु वितरण गरिएको छ । त्यसका अतिरिक्त कार्यालयले बाख्राका लागि आधुनिक किसिमको खोर निर्माण, विउबोका, घाँसका विरुवा, जुकाको औषधी, बाख्राका लागि भिटामीन तालिम समेत उपलब्ध गराएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?