ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

पाणिनिको कसरी भयो लुम्बिनीमै कम बेरुजु ?

२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार

अर्घाखाँची, ०२ जेठ ।

जिल्लाको पाणिनि गाउँपालिका लुम्बिनी प्रदेशमै सबैभन्दा कम बेरुजु आउने पालिका बनेको छ । महालेखा परिक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६२ औँ प्रतिवेदन अनुसार पाणिनि गाउँपालिकाको लेखा परिक्षण गर्दा ०.११ प्रतिशत अर्थात १५ लाख ३५ हजार रूपैयाँ मात्र बेरुजु देखिएको छ । लुम्बिनी प्रदेशमै पहाडी जिल्ला अर्घाखाँचीको बेरुजु अन्तर्गत १० लाख हरिहर शिक्षा क्याम्पसलाई दिएको अनुदान र ५ लाख ३५ हजार उपभोक्ता समितीबाट असुल गनुपर्ने रकम बेरुजुमा देखिएको हो ।

पाणिनि गाउँपालिकाले गत आर्थिक वर्षमा १ अर्ब ६८ करोड ५० लाख २५ हजार रूपैयाँ बराबरको लेखा परिक्षण गर्दा ०.६१ प्रतिशत बेरुजु रहेको थियो । ६२ औँ प्रतिवेदन अनुसार पाणिनि गाउँपालिकाको १ अर्ब ४४ करोड ५० लाख ४८ हजार रूपैयाँको यो तथ्यांकका आधारमा पाणिनि गाउँपालिका लुम्बिनीमै कम बेरुजु आउने पालिका मध्ये प्रथम बनेको हो । यसका आधारमा देशभरको अवस्थालाई हेर्दा पाणिनी गाउँपालिका सबै स्थानीय तह मध्ये कम बेरुजु आउने छैटौं नम्बरमा परेको पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बताए ।

महालेखाले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदन अनुसार सो तथ्यांक सार्वजनिक भएको हो । पणिनि गाउँपालिकामा भएका कामहरू थप पारदर्शी ढंगबाट अगाडि बढाइएको छ, कर्मचारी, जनप्रतिनीधी सरोकारवालाहरू, नागरिक समाज सबै सचेत भएर कानुनलाई पालना गरेकै कारण लुम्बिनीमा नै प्रथम भएको हो, न्यौपानले भने ‘खरिद प्रक्रियाहरू प्रतिष्पर्धी र पारदर्शी गराइएको छ, यसलाई यो वर्ष र आगामी वर्ष पनि निरन्तरता दिन्छौँ ।’

उपभोक्ताको लागत सहभागिता नहुने ठाउँमा टेण्डर मार्फत कामहरू अगाडि बढाउनुपर्छ, कानुन पालना गर्दै वित्तिय उत्तरदायीत्वहरू निर्वाह गरेका छौँ । पाणिनिमा दरबन्दी भन्दा बढी कर्मचारी पाणिनिमा छैन, कम नै छन, कर्मचारीको खर्चमा बेरुजु देखिएको छैन, कानुनको पालनालाई मुख्य ध्यान दिन्छौँ, न्यौपानेले भने । पाणिनि गाउँपालिकाले आर्थिक वर्ष ०८१-८२ को कृषि तथा पर्यटन प्रवद्र्धन रोजगारी र पूर्वाधारको विकासको साथै उत्पादनमुखी आर्थिक सामाजिक रूपान्तरणका माध्यमबाट विद्यामान गरिबी असमानता तथा वेरोजगारीको अन्त्य गर्ने उद्देश्यले ‘पाणिनि र दुर्वासा ऋषिको पहिचान समृद्धि पाणिनि निर्माण हाम्रो अभियान’ को लक्ष्य तथा दीर्घकालीन सोचका साथ अगाडि बढाइरहेको गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले बताए ।

टेकराज न्यौपाने
अध्यक्ष, पाणिनि गाउँपालिका, अर्घाखाँची

पाणिनि गाउँपालिकाबाट विनियोजन भएको रकम कार्यान्वयनमा जनप्रतिनिधीहरू एकजुट भएर काम गरेका छौँ, गाउँपालिकाको ऐन नियम अनुसार योजना कार्यान्वयन गरिरहेका छौँ वडा नं. ६ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले भने ‘आगामी वर्ष शुन्य बेरुजु ल्याउँनमा थप सबै जनप्रतिनिधी, कर्मचारी सरोकारवाला मिलेर पहल गछौँ ।’ पालिकामा सुशासन कायम गर्न संघ प्रदेश र स्थानीय तहले मार्गदर्शन गरेका कुराहरूको अनुसरण गरी खरिद प्रक्रिया पारदर्शिता र प्रभावकारी ढंगबाट अगाडि बढाईएको छ ।

अहिले राज्यको पुनःसंरचना र राज्यमा संघीयता कार्यान्वयनमा आएसँगै धेरै अधिकारहरू स्थानीय तहलाई आइसकेको अवस्थामा विभिन्न विचारधारा लक्ष्य लिएर आएका नयाँ जनप्रतिनिधिहरूसँग छलफल भई सही प्रस्तावहरू सर्वसम्मत रूपमा अगाडि बढाई आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकासतर्फ पालिकाको काम तीव्र गतिमा बढाएको छ ।अर्घाखाँची जिल्लाको समग्र अवस्थालाई हेर्दा पनि आर्थिक वर्ष २०७९-८० को तुलनामा २०८०-०८१ मा मा बेरुजु घटेको छ ।

भूमिकास्थान नगरपालिकामा ३१ लाख ११ हजार रूपैयाँ अर्थात ०.१९ प्रतिशत, छत्रदेव गाउँपालिकामा ५१ लाख ४५ हजार रूपैयाँ अर्थात ०.३७ प्रतिशत, मालारानी गाउँपालिकामा १ करोड ७ लाख ९६ हजार रूपैयाँ अर्थात ०.७१ प्रतिशत, सन्धिखर्क नगरपालिकामा १ करोड ९२ लाख ७९ हजार रूपैयाँ अर्थात ०.९१ प्रतिशत, शितगंगा नगरपालिकामा १ करोड २ लाख ५७ हजार रूपैयाँ अर्थात ०.५३ प्रतिशत बेरुजु देखिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?