Butwal Today

पाँचौ दिन लगातार घट्यो सेयर कारोबार

१ जेष्ठ २०८२, बिहीबार
अ+
अ-

काठमाडौं, १ जेठ ।

साताको अन्तिम दिन सेयर बजार घटेको छ । बिहीबार आज नेप्से परिसूचक ८.४१ अंकले घटेको हो । जसका कारण नेप्से २६११.८५ बिन्दुमा पुगेर रोकिएको छ ।

बिहीबार कूल ८२ कम्पनीको सेयर मूल्य बढ्दा १६४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ। यस्तै, एउटा कम्पनीको सेयर मूल्य स्थिर भएको छ।

जसअनुसार १ करोड ७४ लाख २३ हजार ९ सय ४३ कित्ता सेयर खरिदबिक्री हुदाँ आज ७ अर्ब ८३ करोड, ३४ लाख ७ हजार २ सय ४८ रूपैयाँ बराबरको कारोबार भएको छ ।    साताको पहिलो दिन गत आइतवार ११ अर्ब बढीको कारोबार भएको थियो ।