© २०२३
बाँके, १ जेठ ।
डुडुवा गाउँपालिकाले अनलाईन घरधुरी सर्भेक्षण शुरु गरेको छ । अनलाईन सफ्टवेयरको प्रयोग गरी गाउँपालिकामा रहेका सम्पुर्ण घरहरुको विवरण संकलन गर्न थालिएको हो । जिपिएस प्रर्णालीमार्फत पालिकाका ६ वटै वडामा सर्भेक्षक परिचालन गरी सम्पुर्ण विवरण संकलन गर्न लागिएको पालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनले पालिकाले सम्पूर्ण घरधुरीको विवरण अनलाईन गरेर स्थानीयका समस्या, तथा अवस्था पहिचान गर्नमा सहज हुने र त्यसैका आधारमा पालिकालाई योजना, कार्यक्रम तथा बजेट बनाउन सजिलो हुने बताए ।
अध्यक्ष चौधरीले हरेक नागरिकको वास्तविकता पहिचान गर्नुका साथै सम्पुर्ण तथ्यांक विवरण अनलाईन प्रर्णालीमा आउने भएपछि जुनसुकै बेला पनि प्रयोग गर्न मिल्ने बताए । पालिकाको ६ वटै वडामा १८ जना घरधुरी सर्भेक्षकलाई तालिम दिएर तीन महिनाभित्र सम्पुर्ण विवरण संकलन गर्ने गरी खटाइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेयले बताए । सर्भेक्षणमा विशेषगरी व्यक्तिगत, संस्थागत, र व्यवसायिक विवरण अन्र्तगतका सूचनाहरु संकलन गरिने सूचना प्रविधि अधिकृत शुरेसकुमार बर्माले बताए । उनले विवरण संकलनकर्तालाई तालिम दिएर मोबाइलमा जिपिएससंगै सफ्टवेयरमार्फत प्रत्येक व्यक्तिको प्रोफाईल तयार गरिने बताए ।
डुुडुवामा रहेका १० हजार घुरधुरीको विवरण संकलन गरिने छ । पालिकाले घरधुरी सर्भेक्षकलाई दुई दिनको तालिम दिएको छ । प्रयोगात्मक तालिममा विज्ञ परामर्शदाता त्रिलोचन भुसाल र सर्वज्ञ श्रेष्ठले अनलाईन सफ्टवेयरका बारेमा जानकारी गराका थियो । अनलाईन सर्भेक्षणले व्यक्तिगत, संस्थागत, व्यवसायीक, शिक्षा, स्वास्थ्य कृषिलगायत सम्पुर्ण विवरण तयार हुने छ ।