ट्रेंडिंग:

>> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी

निरासाको बादल फाट्ने कहिले ?

१ जेष्ठ २०८२, बिहीबार
१ जेष्ठ २०८२, बिहीबार

नेपाली राजनीतिले वर्षौसम्मको आन्दोलनको गौरवपूर्ण इतिहास कायमै राखेको छ । आन्दोलनबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न नसक्दा र त्यसको मूल मर्मका साथ काम नहुँदा नेपाली जनतामा निरासाको बादल मडारिएको छ । २००७ सालदेखि २०८२ सम्म आईपुग्दा जनताकै लागि भन्दै धेरै सहादत भयो । धेरै आन्दोलनको आँधीबेहरी सिर्जना गरियो तर नेपाली जनताले न्याय पाउन सकेनन् । अर्थात परिवर्तनको अनुभूति हुने गरि काम भएको छैन । जनतामा व्याप्त असन्तुष्टी त्यसकै एक परिणाम हो भन्दा अत्युक्ति हुँदैन । पटक पटक भएको अभूतपूर्व राजनीतिक परिवर्तनलाई हामीले जनताको समृद्धि, सुशासन र सामाजिक न्यायसँग जोड्न नसक्दा अहिले मुलुक नै बिसंगतिको जाडोमा जकडिएको छ । राजनीतिक परिवर्तनले जनताको अवस्था फेर्न सकेको छैन ।

नेपालको राजनीतिले बिसंगति र बेथितिका अनुभवहरू जन्माएको छ । यो अवस्था आउनुमा हाम्रो राजनीतिसँग सत्य र निष्ठाको तागत बाँकी रहेन । नेताहरूमा जिम्मेवारीबोध देखिएन । राजनीति अनेकौँ भ्रमहरूको खेतीपातीमा फस्यो । अव जनताले नेताहरू सधैँ कुर्सीको लागि लड्नु नेपाली राजनीतिको साझा चरित्र हो भन्न थालेका छन् । नेपाली मध्यम वर्गले शक्ति र सम्पत्ति नेताहरूको कमजोरी हो भन्न थालेको छ । तीव्र विकास चाहनेहरू राजनीतिको गति, सिर्जनशीलता र शुद्धतामाथि शंका गर्न थालेका छन् । युवा वर्ग पछिल्लो राजनीतिसँग विश्वस्त छैन । कुरा मात्र गर्ने राजनीति अव युवाहरूले मन पार्नै छाडेका छन ।

सामाजिक न्यायको अपेक्षा गर्नेहरूलाई लाग्छ– यो विषयमा हाम्रा नेताहरू संवेदनशील छैनन् । निर्मला पन्तको हत्या भएको पाँच बर्ष भैसक्यो तर अपराधी पक्राउ पर्न सकिरहेको छैन । हरेक पटक सरकार परिवर्तन हुँदा निर्मला पन्तको हत्याको कुरा जोडिएर आउँछ । गृहमन्त्रीको पहिलो प्राथमिकतामै निर्मला पन्त हत्या प्रकरण छानविनको कुरा आउँछ तर पाँच बर्ष वितिसक्यो– हात लाग्यो शून्य भनेजस्तै भएको छ । यो देशमा कानुनी शासनको प्रत्याभूति खोई ? भन्ने प्रश्न उत्पन्न भएको छ ।

दुःखको कुरा नेपालको राजनीतिप्रति जनतामा अविश्वास बढ्दै गएको छ । वास्तवमा जनता र नेता नै विकासका सहयात्री हुन् तर दुर्भाग्य सहयात्रीबीच जब आशंका रहन्छन्, यात्रा सुखद हुँदैन । सुखद सहयात्राबिना गन्तव्यमा पुग्न सकिँदैन । अहिले हाम्रा जनप्रतिनिधिले जनताको मन जित्न सकिरहेका छैनन् । निर्वाचित हुनेवित्तिकै करोडौंका सुविधायुक्त बिलासी गाडी खरिद गर्ने प्रवृत्ति किन बढ्दैछ ? जनताले भोट के का लागि दिएका हुन ? जनप्रतिनिधिको यो विषयमा ध्यान पटक्कै गएको छैन ।

पछिल्लोसमय त स्थानीय पालिकाका मेयर उपमेयरलाई ‘छोटे राजा’ को संज्ञा दिन थालिएको छ । विकासमा केन्द्रित हुनुपर्नेमा जनप्रतिनिधिहरू बिलासितातर्फ प्रेरित हुन थालेका छन् । अहिले चर्को मूल्यवृद्धि, कालोबजारी र गुणस्तरहीनताले साधारण उपभोक्ता मारमा छन् । श्रमिक र कामदारहरूका सपना हरेक दिन जन्मन्छन् र मर्छन् ।

तर, समवेदना र सुविधा कतै छैन । यी र यस्तैगरी विसंगति फैलिदैछ तर त्यसको समाधान कत छैन । केवल निरासा मात्र छ । हुँदा हुँदा मुलुकको आर्थिक श्रोत रित्तिदै गएको भन्दै नयाँ आर्थिक बर्षको बजेट समेत खुम्चिने भएको छ । यो चिन्ताको कुरा हो । हरेक बेथितिका पछाडि साना–ठूला नेताको आडभरोसा छ । चुनावका वाचाहरू वास्तवमा भ्रममात्र थिए भन्ने कुरा अहिले छरपस्ट हुँदै गएका छन् । नेताहरूले जनताको विश्वास हासिल गर्न सकिरहेका छैनन । अव राजनीतिमा गुमेको दायित्व पुनस्र्थापित गर्नु जरुरी छ तर जनतामा टुटेको विश्वास र भरोस स्थापित होला भन्ने आशंका छ । अझैपनि समय छ । सरकार जनताप्रति उत्तरदायी र जिम्मेवार बनोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?