ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

क्षतिपूर्ति पाउनेको नामावली प्रकाशन

३१ बैशाख २०८२, बुधबार
३१ बैशाख २०८२, बुधबार

गुल्मी, ३१ वैशाख ।

गुल्मीमा मदन भण्डारी राजमार्ग अन्तर्गत सडक प्रभावित क्षेत्रका घरधनीहरूले क्षतिपूर्ति प्राप्त गर्ने भएका छन् । पहिलो चरणमा रिडी–तम्घास खण्ड अन्तर्गत रहेका एक सय दुई जनालाई उक्त क्षतिपूर्ति रकम उपलब्ध गराउने भएको हो । जिल्लामा गठित मुआब्जा तथा क्षतिपूर्ति निर्धारण समितिबाट भएको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले क्षतिपूर्ति पाउनेहरूको नामावली समेत प्रकाशित गरिसकेको छ ।

जिल्ला प्रशासन कार्यालय र सम्बन्धित स्थानीय तहको समन्वय र सहजीकरणमा क्षतिपूर्ति निर्धारण गरिएको हो । समितिले प्रभावित क्षेत्रका घरधनीलाई चाँडो भन्दा चाँडो मदन भण्डारी योजना कार्यालयमा समन्वय गरी घर, टहरा व्यवस्थापन गर्न सुचित गरेको छ । सडक पुनर्निमाणको क्रममा घर, टहरा, शौचालय, गोठ तथा अन्य भौतिक संरचनाधनीहरूलाई क्षतिपूर्ति बितरणका लागि सूचना प्रकाशित गरिसकिएको मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका ईन्जीनियर एवं सूचना अधिकारी होमनाथ पौडेलले बताएका छन ।

प्रभावित घरधनिले क्षतिपूर्ति प्राप्त गर्नका लागि नागरिकता र लालपुर्जाको प्रतिलिपि, बिल्यूप्रिण्ट नक्सा, वडा कार्यालयको सिफारिस पत्र, घरधनीको निवेदन, आर्थिक वर्ष २०८१/०८२ को तिरो तिरेको रसिद, वडा कार्यालयको मुचुल्का तथा घरको चारैतिर देखिने तस्बिर आवश्यक पर्ने सुचना अधिकारी पौडेलले बताए । मदन भण्डारी राजमार्ग अन्तर्गत निर्माणाधिन रिडी–तम्घास सडक खण्डका अन्य ५३ जना र रिडी बल्कोट सडक खण्डका ६७ जना संरचना धनिबाट आवश्यक कागजात सङ्कन भैरहेको छ । आवश्यक कागजात प्राप्त हुँदासाथ चाँडैनै उपसमितिको बैठक बसी मुल्याङ्कन गरी मूल समितिमा पेश गरिने सुचना अधिकारी पौडेलले बताए । मदन भण्डारी राजमार्ग अन्तर्गत रिडी–तम्घास खण्डको २५ किलोमिटर सडकको स्तरोन्नतीको काम भैरहेको छ ।

जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सम्बन्धित पालिका एवं सरोकारवाला कार्यालयहरू सदस्य रहेको क्षतिपूर्ति निर्धाणरण समिति गठन भएको छ । उक्त समितिले नेपाल सरकारको स्वीकृत भवनको लागत मूल्याङ्कन कार्यविधि २०७० को आधारमा क्षतिपूर्ति निर्धारण गर्ने गुल्मीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।
मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास सिमलटारी सडकखण्ड अन्तरगत निर्माणधिन सिमलटारी–सौतामारे खण्डमा भने क्षतिपूर्ति निर्धारण गर्ने काम भैरहेको कार्यालयले जनाएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मी, अर्घाखाँची र प्यूठानमा निर्माणाधिन सडकबाट प्रभावित क्षेत्रका घरधनिहरूले करिब ३० करोड रूपैंयाँ क्षतिपूर्ति पाउने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?