ट्रेंडिंग:

>> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन

कालाकाटे–गढवा सडक अलपत्रः पाँच वर्षमा पनि बनेन ९ किलोमिटर

३१ बैशाख २०८२, बुधबार
३१ बैशाख २०८२, बुधबार

लमही, ३१ वैैशाख ।

६५ करोडको लागतमा २०७६ कार्तिक २९ गते बज्रगुरू कान्छाराम जेभीसँग हुलाकी राजमार्ग आयोजना कार्यालयले दाङको कालाकाटेको बनघुस्रीदेखि गढवासम्मको २० किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता गरेको थियो । तर सम्झौता भएको छ वर्ष बितिसक्दा समेत ९ किलोमिटर सडक पनि कालोपत्रे हुन सकेको छैन ।

निर्धारित समयमै काम सम्पन्न नभएपछि २०७९ मंसिरदेखि पटक पटक म्याद थप्दै २०८० साउन १० गतेसम्म समय दिइएको थियो । त्यसपछिको म्यादमा पनि प्रगति नदेखिएपछि पुनः २०८० मंसिर २२ गतेदेखि काम सुरु गरिएको जस्तो देखाए पनि काम ठप्प भएको स्थानीयको गुनासो छ । हाल धैरेनीदेखि गढवासम्म कुनै काम नभएको र धैरेनीदेखि पूर्वतर्फका केही खण्डमा मात्र आंशिक काम भएको उनीहरू बताउँछन् ।

हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगञ्जका प्रमुख लिला बहादुर भण्डारीका अनुसार निर्माण कम्पनीले पटक–पटक काम सुरु गर्ने भन्दै ढाटमात्र दिएको बताए । उनले पहुँचकै आधारमा निवर्तमान मन्त्री कान्छुराम तामाङ र ‘घोराहीकै चर्चित ठेकेदार लक्ष्मण रानाले काम नगरी सडक निर्माण नगरी सम्पर्कमै नाअएको, साइटमा जिम्मेवार कोही नभएकोकारण काम नभएको प्रमुख भण्डारीले बताए ।

उनले काम नगरेपछि ठेक्का रद्द गर्न नेपाल सरकार अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागमा पत्राचार गरेको लामो समय भए पनि पहुँच भएकै कारण ठेक्का रद्द नभएको बताए । उनले ५ बर्षमा ९ किलोमीटर अर्थात ४० प्रतिशत मात्रै कालोपत्रे भएकोले ४० प्रतिशत भुक्तानी भएको बताए । भुक्तानी त दिइयो तरअरू काम भएन ।’
उनका अनुसार निर्माण कम्पनीले काम नगरेपछि कार्यालयले ठेक्का तोड्ने प्रक्रियामा प्रवेश गरिसके पनि हालसम्म ठेक्का अन्यौल देखिएको छ ।

सडक निर्माणको अवलोकन गर्दा साइटमा आवश्यक उपकरणसमेत नभेटिएकोले ठेक्का तोड्न बिभागमा पत्राचार गरेको भण्डारीले जानकारी दिए । यता, गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेलले पनि ठेक्का तोडेर नयाँ प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिएका छन् । ‘काम गरेजस्तो गर्ने तर नगर्ने कम्पनीले जनतालाई धेरै दुःख दिएको छ,’ उनले भने, ‘अब त्यो सह्य हुँदैन। ठेक्का तोडेर नयाँ प्रक्रिया थालिनुपर्छ ।’ कालाकाटे–गढवा हुँदै सिक्टासम्मको सडकलाई वैकल्पिक राजमार्गको रूपमा निर्माण गर्ने उद्देश्य राखिएको भए पनि वर्षौंसम्म काम अलपत्र हुँदा स्थानीयवासीले दैनिक सास्ती भोग्नुपरेको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?