ट्रेंडिंग:

>> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे

विश्व नर्सिङ दिवसः साख जोगाउने चुनौति

३० बैशाख २०८२, मंगलवार
३० बैशाख २०८२, मंगलवार

‘नर्सहरू हाम्रो भविष्य हुन्, उनीहरूलाई आर्थिक रूपमा सबल बनाऔं’ भन्ने नाराका साथ विश्व नर्सिङ दिवस सोमबार मनाइएको छ । हरेक बर्षको मई १२ को दिन मनाईने यो दिवस नेपालमा पनि सरकार तथा विभिन्न संघ संस्थाहरूले विभिन्न कार्यक्रम गरि औपचारिक रूपमा यो दिवस मनाइएको छ । अहिले देशैभरी अस्पताल खुल्नेक्रम बढेको छ । नर्सहरूको माग पनि बढ्दो छ तर सरकारले नर्सिङ कलेज नै बन्द गरेको छ । जसबाट नेपालमा अस्पतालका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा समस्या आउने अवस्था देखिएको छ । पछिल्लोसमय नर्सिङ क्षेत्रमा लगानी बढेको छ भने विद्यार्थीमा पनि नर्सिङ पेशाप्रतिको अभिरुची बढ्दै छ । सरकारले अव नर्सिङ अस्पताल सञ्चालन गरेर नर्स उत्पादनको संख्या बढाउनेतर्फ पहल गर्नु जरुरी छ । नर्स भन्ने वित्तिकै हेपेर व्यवहार गर्ने विगतको संस्कारमा परिवर्तन आउँदैछ ।

अर्कोतर्फ नर्सिङमा विदेशबाट समेत राम्रो माग हुँदै आएकोले यो पेशा अव अवसरको पेशा बन्दैछ । नर्सिङ पेशा चुनौतिको पेशा पनि हो । कुनैपनि अस्पतालमा उपचारका लागि गएका ९० प्रतिशत विरामीले नर्सको व्यवहारबाट खिन्नता प्रकट गर्छन । नर्सको व्यवहार रुखो भएको गुनासो गर्छन । नर्सहरूले अव विरामीले गर्ने गुनासोको बिषयमा ध्यान दिनैपर्नेछ । नर्सलाई सम्मानित पेशा वनाउने हो भने सुधार आफैबाट गर्नुपर्दछ । नर्सहरूप्रति लाग्दै आएको आरोप नर्स आफैले सुधार गरेर अघि बढ्नुपर्दछ । पछिल्लोसमय एआईको जमाना छ । रोबोटले पनि मानिसले गर्ने धेरै काम गर्दै आएको छ । विज्ञान र प्रविधिले पछिल्लोसमय विकास गरेको एआईले अन्य पेशालाई असर गरेपनि नर्सिङ पेशालाई पनि असर गर्न सक्ने बिषयमा सावधानी जरुरी छ । तर, स्वास्थ्य सेवा क्षेत्रको मेरुदण्डका रूपमा रहेको नर्सिङ पेशाको विकल्प एआई हुन नसक्ने स्वास्थ्यकर्मीहरूको भनाईले नर्सिङ पेशालाई अझै मर्यादित, जिम्मेवार र जनउत्तरदायी वनाउनेतर्फ पहल होस् ।

बिरामीको सेवा र उपचारमा नर्सहरूको महत्वपूर्ण भूमिका हुन्छ । कुनैपनि स्वास्थ्य सेवाको पछाडीको हिरो नै नर्सहरू हुन । बिरामीलाई गर्ने हेरचाहले नर्सहरूको भूमिका डाक्टरको भन्दा कम हुँदैन । एआइले पनि नर्सहरूको करुणा, माया र हेल्थ केयरलाई विस्थापित गर्न सक्दैन । वास्तवमा भन्ने हो भने नर्सहरू जन्मदिने आमा पछिको धाई आमा नै हुन । बिरामीको स्वास्थ्य हेरचाहमा नर्सहरूले गर्ने योगदानलाई प्रत्येक बिरामीहरूले धन्यवाद दिनुपर्दछ । नर्सहरूको जिम्मेवारी र काममा कसैसँग तुलना हुन सक्दैन् । भनिन्छ– ‘८० प्रतिशत बिरामीहरू नर्सहरूको स्याहारका कारण निको भएर घर जान्छन् । जुन दिन यो संसारमा नर्सहरू हुँदैनन् त्यो दिन विश्वभरबाट हेल्थकेयर सिस्टम भताभुंग हुन्छ ।’ विश्व नर्सिङ दिवस मनाउँदै गर्दा आधुनिक चिकित्सा पद्धतिमा अभूतपूर्व योगदान गर्ने नर्स अर्थात् नेपालीमा स्वास्थ्य परिचारिका भनिने पेसाको सुरुवात गर्ने अनि नयाँ उचाइ थप्ने महान् फ्लोरेन्स नाईटिंगेलको जन्म दिनका अवसरमा विश्वले अन्तर्राष्ट्रिय नर्स दिवस मनाउने गर्दछ ।

रातीको समयमा टुकी बालेर पनि सम्पूर्ण बिरामीहरू भएका ठाउँमा पुग्ने यिनी संसारकै पहिलो नर्स फ्लोरेन्स नाईटिंगेलले बेलायतको लण्डनस्थित थोमस हस्पिटलमा संसारकै पहिलो निजी नर्सिङ स्कूल स्थापना गरेकी थिइन । फ्लोरेन्सले अस्पताललाई सफा राख्नमा अनि बिरामीको सम्मान र भावनालाई कदर गर्दै एउटा गहिरो सेवाको अवधारणाका रूपमा आधुनिक नर्सिङ पेसालाई उभ्याएकी हुन् । तसर्थ अवको दिनमा प्रत्येक नर्सहरूले आफूलाई फ्लोरेन्स नाइटिंगेल बनाउन सक्नुपर्दछ । निश्चितरूपमा नर्सिङ क्षेत्र आफै जोखिममा छ तर यो बेला मानवीय सेवालाई उनीहरूले सर्वाधिक महत्व दिनु जरुरी पनि छ । नर्सिङ क्षेत्रलाई गौरव गर्ने लायक बनाउनेतर्फ नर्सहरूको अग्रसरता महत्वपूर्ण छ । तसर्थ दिवसको यो अवसरमा यो पेशालाई अपहेलना होइन, सम्मान गरौं । नर्स विनाको अस्पतालको परिकल्पना गर्न सकिदैन् । अवको दिनमा नर्सिङको लामो इतिहास र यसको गौरव र साख जोगाउनेतर्फ पहल जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?