ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

अनुसरण गरौं बुद्धका शान्ति सन्देश

२९ बैशाख २०८२, सोमबार
२९ बैशाख २०८२, सोमबार

आज २५६९ औं बुद्ध जयन्ती । सरकारले बुद्ध जयन्तीलाई लुम्बिनी दिवसको रूपमा पनि मनाउँदै आएको छ । विश्वका लागि बुद्धको शान्तिको सन्देश अझै सार्थक र महत्वपूर्ण बन्दै गएका छन् । आज विश्व द्वन्द्वबाट पिल्सिएको छ । विश्व हिंसाको चक्रमा फसेको छ । भारत र पाकिस्तानबीचको लडाईले सारा विश्वलाई चिन्तित वनाएको छ । हामी यही बेला बुद्ध जयन्ती मनाउँदै छौं । पछिल्लोसमय बुद्धले दिएको शान्तिको सन्देश हरेक मानवले आफ्नो जीवनमा अनुसरण गर्नुपर्ने खाँचो र आवश्यकता छ । विश्व युद्ध र त्रासदीको मोडमा पुगेको बेला मानव जीवनको कल्याण शान्तिबाटै संभव छ र त्यो बुद्धका सन्देशले प्रेरणा दिन्छन् । नेपाल युद्धको जीजिविषावाट शान्तिमा रूपान्तरण भैसकेको अवस्थामा अव अशान्तिको बादल कुनैपनि अवस्थामा स्वीकार हुन सक्दैन् । तसर्थ शान्तिको विकल्प छैन् । नेपाल सरकारले हरेक बुद्ध जयन्तीलाई लुम्विनी दिवसको रूपमा मनाउने निर्णय गरेको छ ।

वि.सं. २०५५ सालमा सम्पन्न भएको प्रथम विश्व बौद्ध शिखर सम्मेलनले बुद्ध जयन्तीलाई लुम्विनी दिवसको रूपमा मनाउने निर्णय गरेको थियो । तर, बुद्ध जयन्ती लुम्विनी दिवसको रूपमा मनाउने निर्णय भएपनि दिवस मनाउनु बाहेक केही सन्तोषजनक काम हुन सकेको छैन् । लुम्विनी गुरुयोजना सम्पन्न गर्न अझै पाँच अर्व बढी खर्च लाग्ने अनुमान गरिएको छ । सन. १९७८ मा जापानी पुरातत्ववीद प्रो. केन्जो टांगेले तयार गरेको लुम्विनी गुरुयोजना पूरा हुन अझै वर्षौ लाग्ने भएको छ । यो अवस्थामा लुम्विनीमा केवल दिवस मनाएर औपचारिकता पूरा गर्ने काममात्रै भएको छ । लुम्बिनी विकास कोष निरीह सावित भएको छ । लुम्बिनी गुरुयोजना पूरा गर्नेतर्फ कसैको ध्यान गएको छैन् । बुद्ध जयन्ती प्रधानमन्त्री र मन्त्री आउने, भाषण गर्ने र जाने औपचारिकता बन्दै गएको छ । लुम्बिनीमा भ्रष्टाचार बढेको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी विकास कोषभित्र सुशासनको अभाव रहेको बुद्ध जयन्तीको अवसरमा आयोजित पत्रकार सम्मेलनमा दिएको अभिब्यक्तिले लुम्बिनीको यथार्थ अवस्था चरितार्थ हुन्छ । तर, निरास हुनुपर्ने अवस्था छैन् । अझैपनि समय छ । लुम्विनीको विकासमा हामी सवैको ध्यान जान सक्यो भने निश्चित रूपमा लुम्विनीवाट आशा गर्न सकिन्छ । विश्वको जनसंख्यामध्ये एक चौथाई बौद्ध धर्मावलम्वीहरूको आस्थाको केन्द्र रहेको लुम्विनीको विकास र विस्तारमा गंभीर ध्यानाकर्षण हुन जरुरी छ । विश्वमा शान्तिको सन्देश प्रवाह गर्न पनि लुम्विनीको विकास र बुद्धले दिएको शान्तिको सन्देशको महत्व अझै विस्तार गर्नु आवश्यक छ ।

दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाउनुभएको ज्ञान हो । यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुलाई प्रवचन (धर्मदेशना) का माध्यमबाट बाँड्नुभएको थियो । झण्डै ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उहाँले महापरिनिर्वाण (मृत्यु) प्राप्त गर्नुभयो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । सिद्धार्थ गौतमबुद्ध विश्व शान्ति र मानव कल्याणका अग्रदुत हुनुहुन्छ । मानव कल्याण, अहिंसा र शान्तिको खोजीका लागि बुद्धले २९ वर्षको उमेरमा राजगद्दीको उत्तराधिकार सहित गृह त्याग गर्नुभयो । हिंसा र दुःखको कारण तथा समाधानको उपायको खोजीमा गृह त्याग गर्नुभएका सिद्धार्थ गौतमबुद्धले भातृत्व र मानव कल्याणका लागि समाजलाई महान दार्शनिक विचारवाट दिक्षित गर्नुभयो । र, मानिसलाई सत्कर्मको बाटोमा हिडाउन सफल हुनुभयो । बुद्धका उपदेशहरू आज वुद्ध दर्शनको रूपमा स्थापित भएका छन् । तसर्थ बुद्ध नेपालले पाउनु हामी नेपालीका लागि अहोभाग्य हो । बुद्धको सन्देश फैलाउने काम गरौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?