ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटना मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

निर्माणाधिन कन्चनिया पुलको दुर्दशाः सम्झौतापछि सरकार सुत्छ, काम नगरी ठेकेदारले ठग्छ

ठेक्का सम्झौता गरी पुलको निर्माण पूरा नहुँदा सरकारप्रति जनताको अविश्वास बढ्दै गएको छ । अलपत्र अवस्थामा रहेका यस्ता विकास निर्माणका कामले सरकार रहने र स्थानीय रूपमा चुनिने जनप्रतिनिधिको वाचालाई गिज्याइरहेका छन् ।
२९ बैशाख २०८२, सोमबार
२९ बैशाख २०८२, सोमबार

चन्द्रौटा, २९ बैशाख ।

“मेरो घर सितलापुर हो । लालपुर गाउँमा हेल्थ पोष्ट छ । यहाँको सेवा सुबिधा लगायत कृष्णनगर हाटबजार जान बर्षातको मौसममा समस्या हुने गरेको छ । सरकारले करोडौँ लगानी गरेपनि ठेकेदारको लापरवाहीका कारण निर्माणकार्य अलपत्र परेको छ ।” स्थानीय मंगलिराम कुर्मीको गुनासो हो यो । पानी परेको बेला बाढी आयो भने वारीपारी गर्न चन्द्रौटा हुँदै जानुपर्ने बाध्यता रहको उनी बताउँछन् । कञ्चनिया पुल बने सहज हुनेथियो उनले भने पुल नबनेर नागरिकलाई सास्ती दिने काम भयो ।

मंगलिराम कुर्मी
स्थानीय,

कपिलवस्तुको सितलापुर–लालपुर जोडने कन्चनिया पुल निर्माणको कार्य बर्षौँदेखि बन्न सकेको छैन । शिवराज नगरपालिका वडा नम्बर–१० मा पर्ने कन्चनिया खोलामा विगत ६ बर्षदेखि पुल निर्माण कार्य अलपत्र परेको हो । यसरी सरकारले करोडौँ लगानी गरेका विकास निर्माणका संरचनाहरू अलपत्र परेपछि स्थानीयलाई सास्ती हुने गरेको उनीहरू बताउँछन् ।

अर्का स्थानीय राम बेलास लोनियाले खोलामा पुल निर्माण नहुँदा आवतजावत गर्न सास्ती भएको बताए । खोलामा पुल निर्माण कार्य समयमै सम्पन्न नभएपछि आफूहरूलाई विद्यालय वारपार गर्न असहज भएको जनाए । यो खोला तरेर हजारौँ नागरिक आवतजावत गर्ने हुँदा जतिसक्दो निर्माणमा सम्बन्धित निकायको ध्यान जाओस् भन्दै उनले अनुरोध समेत गरे । ठेकेदार पक्षको ढिलासुस्ति र लापरवाहीले समयमा काम हुन नसक्दा नागरिकहरूलाई समस्या हुने गरेको बताउँछन् । बर्षाैदेखिको अधुरो रहेको पुल यथाशीघ्र बन्नुपर्ने स्थानीय अगुवाहरूको माग छ ।

राम बेलास लोनिया
स्थानीय

विजयनगर गाउँपालिकादेखि बुद्धभूमि नगरपालिका जोड्ने पुलको निर्माण कार्यमा ढिलासुस्ती हुनु विडम्बना भएको लोनियाले जनाए । ठेकेदारले समयमै काम नगर्दा नागरिकलाई असहजता भएको बताउँदै निर्माण कार्य सञ्चालन गरेमा स्थानीयले समेत सहयोग गर्ने उनको भनाइ छ । दिनहुँ हजारौं यात्री सयौँ सवारी साधन गुड्ने खोलामा पुल सहज माध्यम रहेको उनले बताइन् । आवतजावतमा समस्या भएको शिवराज नगरपालिका वडा नम्बर १० कि वडा अध्यक्ष मञ्जु मिश्रले उल्लेख गरिन् ।

हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका इन्जिनीयर पवित्रमणी आचार्यले समयमै काम गर्ने ठेकेदारलाई प्रोत्साहन गर्दै आएको बताउँछन् । उनले सम्झौता अनुसार निर्माण कार्य सम्पन्न नभए निर्माण व्यवसायीलाई कानुनी दायरामा ल्याइ ठेक्का रद्द गर्ने समेत बताए । ठेक्का सम्झौता अनुसार काम सम्पन्न गरेर कागजपत्र पेश गरे सरकारी भुक्तानीको समस्या नरहेको बताए । पुलको निर्माण कार्य २०७६ फागुन १८ गते सम्झौता भएर २०७९ भदौ १६ गते सम्पन्न गर्ने गरी ८ करोड ९८ लाख १६ हजारमा सिरुवा कन्स्ट्रक्सन प्रा.लि.ले जिम्मा पाएको थियो । पुलको लम्बाई ४१ मिटर, ११ मिटर चौडाई रहेको छ । उक्त पुल निर्माणको काम ५८ प्रतिशत बजेट निकास भएको योजना कार्यालयले जनाएको छ ।

मञ्जु मिश्र
अध्यक्ष
वडा नम्बर १०,शिवराज नगरपालिका ।

यता कन्स्ट्रक्सन प्रा.लि.का सञ्चालक सन्तोष (ऋषिराम) ढुंगानाले सम्झौता अनुसार निर्माण काम गर्न नसकेको स्वीकार गरे । काम सुरु भएको बेला कोभिड, आर्थिक मन्दी, मेट्रियल लगायत अभाव, सरकारी भुक्तानी जस्ता समस्याका कारण समयमै काम गर्न नसकेको उनी बताउँछन् । २०८१ चैत १८ गतेसम्म तेस्रो पटक म्याद थपेर पुनः सम्झौता भइ निर्माण कार्य सुरु भएपनि हाल थप्पा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?