© २०२३
गुल्मी, २९ वैशाख ।
गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर एक वालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मुसिकोट नगरपालिका –६ स्थित भुवाचिदी निवासी १७ वर्षीय ग्रिष्म शर्मा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिएका छन ।
उनी तीन जना साथीहरुसँगै आइतबार दिउँसो पौडी खेल्न साथीसँगै छल्दी खोलामा गएका थिए । पौडी खेल्दा खेल्दै उनी अचानक खोलामा डुबेर बेपत्ता बनेका थिए । खोलामा डुबेको जानकारी प्राप्त भएपछि शर्मालाई खोजतलासको लागि स्थानीय वामीटक्सार प्रहरी चौकीबाट प्रहरी नायव निरिक्षक प्रकाश साहीको नेतृत्वमा खटिएको थियो ।
प्रहरी टोलीले शर्मालाई आइतबार बेलुकी खोलामा डुबेको अबस्थामा मृत फेला पारेको प्रहरी नायव उपरीक्षक सारुले बताए । घटना स्थल मुसिकोट नगरपालिका स्थित वामीटक्सारबाट दश किलोमिटर उत्तरमा पर्दछ ।