© २०२३
विषयवस्तु:
२६०० वर्ष अगाडि बौद्ध धर्मको जति उपादेयता थियो, आजपनि त्यतिकै छ र भोलिका दिनहरूमा अझै बढी हुने कुरामा दुई मत हुनै सक्दैन । शस्त्र–अस्त्रको होडबाजी एवम् अशान्तले भरिएको यो संसारमा बुद्धका मान्यताहरू शास्वत छन् । बौद्ध धर्म ज्ञानको पुञ्ज मात्र नभई यो कार्यान्वयन एवम् आचरणको द्योतक पनि हुन । यो बैज्ञानिक तथा व्यवहारिक धर्म हो । आर्य –अष्टाङ्ग मार्ग, चतुर्आय सत्य, प्रत्युत्य समुत्पाद, दशपारमिता लगायत सम्पूर्ण बुद्धका सत् वचनहरू कारण र परिणामसंग सम्बन्धित छन् । विज्ञान कारण र परिणामको व्यवस्थित वर्णन हो । बुद्धका बाणीहरू क्रमबद्ध ज्ञानसंग सम्बन्धित भएकोले यसलाई बिशुद्ध विज्ञान भन्दा अत्युक्ति नहोला । साथै बुद्ध धर्मले के कुरा ठिक छ ? के कुरा बेठिक छ ? बेठिक छ भने त्यसलाई कसरी निर्मूल गर्ने ? भन्ने बारेमा पद्धति बताउने हुँदा यो आदर्श विज्ञान पनि हो । शान्तिका अग्रनायक, अहिंसाका प्रतिक, महामानब गौतमबुद्ध नेपालको लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्ला तिलौराकोटका राजा शुद्धोधन र महारानी मायादेवीको सुपुत्रको रूपमा महारानी मायादेवीको माईत देवदह जाने क्रममा रूपन्देहीको लुम्बिनीमा बैशाख पूर्णिमाको दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । भारतका सम्राट अशोकले ईसापूर्व २४९ मा “हितबुद्धजातेती लुम्बिनी ग्रामं” भनी ब्राहमी लिपीमा लेखेको अशोकस्तम्भ लुम्बिनीमा पत्ता लागेको र तत्कालिन पश्चिम क्षेत्र कमाण्डर जनरल खडग शम्सेर राणाले शिकार खेल्न जाँदा उक्त स्तम्भ देखेर पुरातत्व विशेषज्ञ डा. फुहररको सहयोगमा स्तम्भ उत्खनन गरी बुद्ध जन्मस्थल भनी एकिन भएको थियो । आप्mनो २९ वर्षको उमेरमा सिद्धार्थ राजवmुमार दरवारको सम्पूर्ण सुख, सयल, परिवार त्याग गरी ज्ञानको खोजीमा निस्किएका सिद्धार्थ गौतम ६ वर्षको अथक कठिन तपस्या पश्चात बैशाख शुक्ल पूर्णिमाको दिन ३५ वर्षको उमेरमा आप्mनो चित्तलाई नियन्त्रण, संयम र ध्यान भावनाद्वारा बोधी ज्ञान लाभ गरी भारतको बुद्धगयाको बोधीवृक्षमा बुद्धत्व प्राप्त गर्नु भयो । जो व्यक्ति आप्mनै प्रयासले विना गुरु बुद्धत्व प्राप्त गर्दछन् र अरू प्राणीहरूलाई दुःख निरोधको मार्गदर्शन गर्दछन् उनलाई सम्यक सम्बुद्ध भनिन्छ । गौतमबुद्ध भन्दा पहिले अनेक सम्यक सम्बुद्धहरू उत्पन्न भइसके र भविष्यमा पनि अनेकौं सम्यक सम्बुद्ध उत्पन्न भइ दुःख निरोधको शिक्षा दिनेछन् ।
बुद्ध धर्म र बोधिज्ञानः बुद्ध हुने समयमा भगवान बुद्धले जुन बोधीज्ञान प्राप्त गर्नु भयो त्यसलाई उल्लेखित गरिएको छ ः क) पूर्वानुस्मिृति ज्ञान, पूर्व जन्मका कुराहरू सविस्तार रूपमा थाहा पाएर आउने ज्ञान, ख) च्युत्यौपत्ति ज्ञान, उत्पत्ति र विनाश अथवा जन्म, मरणको ज्ञान ग) आश्रय बक्षय ज्ञानः मनभित्रको सम्पूर्ण क्लेश नाश भएको अर्हत ज्ञान यसलाई प्रतित्यसमुत्पाद ज्ञान पनि भनिन्छ । गौतमबुद्धले ३६ वर्षको उमेरमा पहिलो धर्म देशना सारनाथको ऋषिपटनमृगदावनमा पञ्चभद्र वर्गीय भन्ने ५ जना ब्राम्हणलाई गर्नुभयो । प्राणी हिंसा नगर्नु, चोरी नगर्नु, यौन व्यभिचार नगर्नु, झुठो नबोल्नु र मद्यपान नगर्नु भनी पञ्चशील उपदेश दिनुभयो । गौतमबुद्धले चतुआर्यसत्य अथवा चारसत्य बारे देशना दिनुभयो । जुन यस प्रकार छन् । (१) दुःख सत्य (संसार दुःख छ ) (२) दुःख समुदय सत्य (दुःखको कारण छ ।) (३) दुःख निरोध सत्य (दुःखलाई नाश वा अन्त्य गर्न सकिन्छ ) र (४) दुःख निरोध मार्ग आर्यसत्य (दुःखलाई अन्त्य गर्ने मार्ग वा उपाय पनि छ) । जसलाई आर्य अष्टांगिक मार्ग भनिन्छ । आर्यअष्टागिक मार्ग यस प्रकार छन् । क) सम्यक दृष्टि (सही धारणा) ख) सम्यक संकल्प (सही संकल्प) ग) सम्यक वचन (सही वचन) घ) सम्यक कर्मान्तर (परिशुद्ध कर्म) ङ) सम्यक आजीविका (सही जिविका) च) सम्यक व्यायाम (ठीक प्रयत्न) छ) सम्यक स्मृति (उचित स्मृति) ज) सम्यक समाधी (ठीक एकाग्रता) । गौतमबुद्धले आपूmले प्राप्त गरेको बोधीज्ञानलाई ४५ वर्षसम्म विभिन्न गाउँ, नगर देश देशान्तर डुलेर बहुजन हिताय, बहुजन सुखायको लागि धर्म देशना गदै प्रचार प्रसार गर्नुभयो । धेरै संख्यामा भिक्षु–भिक्षुणी वने, उपासक, उपासिकाहरू बने । साथै धेरै विहार, गुम्बा चैत्य आदी तैयार भए ।
भगवान बुद्धले आजीवन धर्म प्रचार प्रसार गर्ने सिलसिलामा कुशिनगरको २ वटा शालको बृक्षको वीचमा आफनो देह त्याग गरी बैशाख पूर्णिमाकै दिन महापरिनिर्वाण हुनुभयो । भगवान बुद्धले महापरिनिर्वाण हुने वेलामा उपस्थित भिक्षुहरूलाई सम्बोधन गरी यसरी आज्ञा दिनुभएको थियो । “सबै संस्कारहरू नश्वर छन्, अप्रादपूर्वक सम्पदान गर” यही शब्द भगवान बुद्धको अन्तिम बचन हुन् । जुनैपनि काम कुरा गर्दा खेरी स्मृति राखेर होसपूर्वक गर्नुपर्ने प्रेरणा उहाँको उपदेशबाट सबैले पाइरहेका छन् । गौतम बुद्धले आप्mनो ८० वर्षको जीवनकालमा ८४ हजार पटक (धर्म स्कन्ध) धर्मदेशना (प्रवचन) दिनुभएको छ । जुन त्रिपिटक अथवा विनय पिटक, सुत्तपिटक र अभिधर्म पिटकमा संग्रहित छन् । सम्पूर्ण क्लेशहरूको नाश भैसकेका, सबै दुःखबाट मुक्त भैसकेका चतुआर्यसत्यलाई बोध गरिसकेका व्यक्ति बुद्ध हुनुहुन्छ । जसलाई महामानव भनिन्छ । बुद्धधर्मको अन्तिम लक्ष्य हो– दुःखबाट सदाको लागि मुक्त हुनु हो । बुद्धले दुःख मुक्तीसंग सरोकार नराख्ने दार्शनिक पक्षलाई महत्व दिदैनथे । उनी भन्दथे भिक्षुहरू म एउटा कुरा मात्र सिकाउँदछु दुःख र दुःख निरोधको उपाय । शिलको जगमा रहेर ध्यानद्वारा समाधी पूरा गर्दै प्रज्ञा उत्पन्न गराउन सकेमा नै दुःख मुक्तिको अवस्था निर्माण गर्न सकिन्छ भन्ने उनको मूल शिक्षा हो ।
बुद्धका महत्वपूर्ण विशेषताहरूः बौद्ध साहित्यका विभिन्न ग्रन्थहरूमा भगवान बुद्धका गुणहरू, विशेषताहरू अनि व्यक्तित्वहरूलाई उल्लेख गरिएको पाइन्छ । मुख्यतः उहाँका व्यक्तित्व र विशेषताका रूपमा केही बुँदाहरूलाई यहाँ सारांशरूपमा उल्लेख गरिएको छ । १. भगवान बुद्ध ३२ महापुरुष लक्षणले युक्त अति आकर्षक हुनुहुन्छ । २. भगवान बुद्ध परम्पराबादी होईन मौलिक विचारक हुनुहुन्छ । ३. भगवान बुद्ध परम्परागत जातीवादका विरोधी हुनुहुन्छ । ४. भगवान बुद्ध मानवतावादी सिद्धान्तका समर्थक हुन्छ । ५. भगवान बुद्ध शास्त्रीय होईन अनुभवी हुनुहुन्छ । ६. भगवान बुद्ध कट्टर सिद्धान्तवादी हुनुहुन्छ । ७. भगवानको लोकको अग्रमहाकारुणिक हुनुहन्छ । ८. भगवान बुद्ध व्यवहार वादी र बोधवादी हुनुहुन्छ । ९. भगवान बुद्ध अस्तलोक धर्म (सुःख –दुख, यश–अशय, निन्दा–प्रशंसा, लाभ–हामी) वाट अविचलित हुनुहन्छ । १०. भगवान बुद्ध कार्यकरण सिद्धान्तका पक्षपाती हुनुहुन्छ । ११. भगवान बुद्ध अनात्मवादी, अनिश्वरवादी हुनुहुन्छ । १२. भगवान बुद्ध कर्मवादी हुनुहुन्छ । १३. भगवान बुद्ध दार्शनिक होइन प्रत्यक्षदर्शी हुनुहुन्छ ।
बौद्ध धर्म थेरवाद, महायान र बज्रयान ः बौद्ध धर्मलाई करीब ३५ करोड भन्दा बढी मानिसले विश्वमा मान्दछन् र संसारको चौथो सबैभन्दा ठुलो धर्मको रूपमा रहेको छ । बौद्ध धर्ममा तीन मुख्य संघहरू छन् ति हन थेरवाद, महायान र बज्रयान । थेरवाद बौद्ध अनुयायीका अनुसार यसलाई बौद्ध धर्मको मूल रूपमा मानिन्छ ।
यिनीहरूका लागि गौतमबुद्ध महान पुरुष हो तर कुनै देवता होइनन् उनीहरू बुद्धलाई पूजा गर्दैनन् र धार्मिक समारोहमा पनि बुद्धको पूजा हुदैनन् । यसमा कुनै पूजा पाठ हुदैनन् । थेरवाद अनुसार हरेक मनुष्यको स्वयम् निर्वाणको मार्ग खोज्नु पर्ने हुन्छ । बौद्ध धर्मको यो शाखामा पाली भाषामा लेखिएको प्राचिन त्रिपिटक ग्रन्थ पालन गर्नुपर्नेमा जोड दिएको पाइन्छ । थेरवाद बौद्ध धर्म दक्षिण एसियाली देशहरूमा प्रचलित छ । जस्तै श्रीलंका, वर्मा, कम्वोडिया, भियतनाम, थाइलैण्ड र लाओस आदि । थेरवादलाई हिनयान पनि भनिन्छ । महायान बौद्ध धर्मको अनुयायीहरू अनुसार अधिकतम प्राणिहरूको लागि निर्वाण मार्ग स्वयमले मुस्किल या असम्भव हुनाले यस कार्यमा सहायता गर्नुपर्ने हुन्छ । उनीहरूको मत अनुसार व्रम्हाण्डको सम्पूर्ण प्राणीहरू एक आपसमा सम्बन्ध रहेको र सम्पूर्ण प्राणीहरूमा तथागत भएको मानिन्छ । त्यसकारण सबैलाई प्रेम, करुणा र माया गरी सबैको निर्वाणको लागि बोधिसत्वको मार्ग अनुसार छ । प्रज्ञापारमिता अभ्यासमा प्रयत्न गरी समस्त सत्व अथवा प्राणीहरूको बुद्धत्व प्राप्त गर्नु यसको परम लक्ष्य हो । त्यसकारण यसलाई बोधीसत्वयान पनि भनिन्छ । महायान शाखामा हजारौ बोधी सत्वको पूजा गर्छन् । बोधी सत्वलाई यस सम्प्रदायमा भगवानको दर्जामा राखेको पाइन्छ । जस्तै अबलौकितेश्वर, जगतेश्वर, अभिताभ मैत्रय मंजुश्री आदि । महायान बुद्ध धर्म नेपालबाट आरम्भ भएर उत्तरतिर अन्य एसियाली देशहरूमा फैलिएको पाइन्छ । जस्तै भारत, चिन, तिब्बत, कोरिया, जापान, ताइवान, भुटान, मंगोलिया र सिंगापुर आदी । बज्रयानः यस यानमा लोभ, मोह र क्लेशले अति विक्षिप्त अन्धकारमय अर्थहीन कर्ममा रुमलिएको अति व्यस्त मनुष्य लगायत समस्त प्राणी जगतहरूलाई सर्वप्रकारम जगत हिताय अर्थात कौशल्य महाकरुणा र महाप्रज्ञाको व्यवहारिक र अति सरल माध्यमद्वारा चाँडो से चाँडो बुद्धत्व प्राप्त गर्ने मार्ग विशेषता भएको बुद्धको ज्ञान नै बज्रयान हो । यसलाई गुहययान तन्त्रयान, मन्त्रयान मार्ग पनि भनिन्छ । वास्तवमा तिब्बती परम्परा आफनै बज्रयानी बौद्ध धर्म हो । बज्रयान वेग्लै दार्शनिक सम्प्रदाय नभएर महायान भित्रकै एउटा शाखा वा विकसित रूप हो । अर्थात् महायान बौद्ध दर्शन विकास गर्ने क्रममा थप पद्धती समावेश गरेर विकास भएको दर्शन वज्रयान हो । श्रावक यान र प्रत्येक बुद्ध दुबैलाई हीनयान भनिन्छ । यसबाट स्पष्ट हुन्छ संसारमा बौद्ध धर्मको विकास र विस्तार जतिसुकै र जुन रूपमा भएपनि हिनयान र माहायान भित्रै पर्दछन् । बौद्ध धर्म एउटै हो । आफूलाई थेरवाद, महायान र बज्रयान भनेर परस्पर विभाजित हुन नहुने धारणा बेलाबेलामा सुन्न पाइन्छ । हाल थेरवाद, महायान र वज्रयान भनी बेग्लाबेग्लै सम्प्रदायका रूपमा चिनाउनेहरू देखिन्छ । यी ३ सम्प्रदाय मध्ये एकले अर्काको अस्तित्व माथी प्रश्न उठाउनेदेखि गम्भिर टिप्पणीका साथै लान्छना लगाउने मात्र गदैनन् आत्मप्रशंसा पनि गर्ने गरेको पाइन्छ । यसलाई साम्प्रदायिक भन्न सकिन्छ । तर, हामी थेरवाद, महायान, बज्रयान भनी विभाजित नभइ एकढिक्का भएर अगाडी बढ्नुपर्दछ । कुनै संस्था वा समूहको लागि लक्ष्य एउटै भएतापनि नेतृत्वको चाहना, होडबाजी, गुट, उपगुट सिर्जना गर्दा संस्थाकै लक्ष्य हासिल गर्ने प्रतिकुल असर पर्ने देखिन्छ ।
यस्तो अवस्था ध्यानमा राखेर विभाजित नहोओस वा एक ढिक्का भएर अघि बढौं भनेर आहान गरेको पाइन्छ । तर, बौद्ध दर्शनको विकास र विभिन्न सम्प्रदाय त्यसरूपमा देखापरेको होइन । बुद्धद्वारा देशित उपदेशको भाष्यमा भिन्नता आएर यस्तो भएको पनि होइन । त्यसकारण विभिन्न सम्प्रदाय वा उपसम्प्रदाय देखापर्नुलाई अन्यथा लिनुपनि हुदैन । नेपालमा थेरवाद बौद्ध धर्मको प्रवेश राणाकालमा भएको हो । तत्कालीन समाजमा बौद्ध धर्म भन्नु बज्रयान मात्रै थियो र बज्रयानीहरूले यसलाई बाह्य तथा प्रतिस्पर्धी धर्मको रूपमा लिन पुगेको पाइन्छ । थेरवादीहरूले बज्रयानीहरूलाई बौद्ध दर्शनमा आएको विकृति, रुढिवादी कर्मकाण्डी र हिन्दुकरणको चपेटामा परेको भनी धारणा राख्दछ । व्यवहारिक जीवनकै कुरा गर्ने हो भने पनि थेरवादवादी बौद्ध धर्मको गतिविधिमा बाक्लो उपस्थिती देखिएका बज्राचार्य र शाक्य थरका बौद्धहरू मुलतः बज्रयानी परम्पराबाट संस्कारित छन् । थेरवादमा लागेका बौद्धहरूको अधिकांश संस्कार अझै पनि परम्परागत रूपमा बज्रयान अनुसार नै हुने गरेको पाइन्छ । थेरवादी बौद्ध अभियानका कतिपय हस्तीहरू बज्रयानी भिक्षु संघ नै आबद्ध छन् । अहिले थेरवाद, महायान र बज्रयान गरी जे जस्तो यान भएतापनि अन्ततः सबैलाई बुद्धयान भन्नु पर्दछ भनी नौलो शब्दको प्रयोग गरेको पाइन्छ । अहिले समाजमा थेरवाद, महायान र बज्रयान भनी परस्पर विभाजित नहुनु राम्रो हुन्छ । थेरवाद एउटा मात्र बौद्ध धर्म बुझ्ने र अन्यलाई विकृति ठान्नु सदधर्म पुण्डरिक सुत्रले महायानलाई मात्र बौद्ध धर्म ठान्नु जस्तै हो । नेपालको काठमाण्डौ, ललितपुर, पोखरा, पाल्पा, रूपन्देही, धरान, धनकुटा, भोजपुर आदि ठाउँमा नेवार जातिको बज्राचार्य पुरोहित भएको बौद्ध धर्म मानिन्छ भने दार्चुलादेखि ताप्लेजुङ्गका सम्पूर्ण हिमाली भेगमा लामा पुरोहित भएको बौद्ध धर्म मानिन्छ । उत्तरी भेकमा बौद्धहरू तामाङ्ग, थाक्से, थकाली, मगर, गुरुङ्ग, शेर्पा, राई, लिम्बु आदि विभिन्न जातिका समाहित छन् ।
निष्कर्षः “यो च वस्स सतं जीवे अपस्सं धम्ममुत्तमं । एक हं जीवितं सेय्यो पस्सतो धम्म मुत्तमं ।।” अर्थात उत्तम धर्म (निर्वाण) लाई नदेखीकन सय वर्ष जीवित रहनु भन्दा उत्तम धर्म (निर्वाण) लाई देखी, जानी एक दिनमात्र जीविन रहनु श्रेष्ठोत्तम् छ । संसारको यावत् पदार्थ बस्तुतः परिवर्तनशील र अनित्य छन् । विज्ञानको विकासले बौद्ध अनित्यवादलाई निर्विवाद स्वीकार गरेको छ । मानवीय पक्ष एवं वैचारिक स्वतन्त्रता समाहित बौद्ध धर्म यस गणितीय र प्रविधीको युगमापनि प्राणीहरूको सुखमय जीवनका लागि उत्तम बन्न पुगेको छ । अन्त्यमा एसियाको ताराको रूपमा सम्मान गरिने बुद्धको जन्म, ज्ञान प्राप्ती र महापरिनिर्वाण प्राप्ती त्रि–संयोगको दिन यही २०८२ बैशाख २९ गते बैशाख पूर्णिमा कै दिन परेको अवसरमा बुद्धपुर्णिमा नेपाल लगायत विश्वभरमा बौद्ध धर्मालम्बीहरूले विभिन्न कार्यक्रम गरी बुद्ध प्रति भावपूर्ण श्रद्धा, भक्तिपूर्वक बुद्ध जयन्ती मनाउने चलन छ । विशेषगरेर बुद्ध जन्मस्थल लुम्बिनीमा विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाइन्छ । साथै बुद्धको क्रिडास्थल कपिलवस्तुको तिलौराकोट, मावली देवदह, बुद्धको अस्तधातु रहेको रामग्राम साथै काठमाण्डो जिल्लाको विभिन्न बौद्ध विहार लगायत नेपालभरीका सम्पूर्ण बौद्धविहार गुम्बा आदि ठाउँहरूमा धुमधामका साथ मनाइन्छ । तसर्थ २६४९ जन्मदिवस, २६१४ बुद्धत्वलाभ दिवस र बुद्धजयन्ती २५६९ को सुःखद उपलक्ष्यमा सम्पूर्ण प्राणी जगतमा सुःख, शान्ति एवम् मंगल मैत्रीको कामना गर्दछु । भवतु सब्ब मंगलम् ।