ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

स्वागतयोग्य युद्धविराम

२८ बैशाख २०८२, आइतबार
२८ बैशाख २०८२, आइतबार

भारत र पाकिस्तान विवादित जम्मु काश्मिर सिमा रेखामा युद्धमोर्चामा होमिँदा सारा विश्व चिन्तित वनेको थियो । यो युद्धको बाछिटाले विश्वलाई प्रभावित वनाउने निश्चित थियो । तर भारत र पाकिस्तानबीच युद्धविराम गर्ने सहमति भएको छ जुन स्वागतयोग्य छ । युद्धका कारण दुवै देशलाई मात्रै होइन छिमेकी मुलुकलाई समेत ठूलो मानबीय तथा भौतिक क्षति गर्ने भएकोले विश्व शान्तिको कामना गर्नेहरूका लागि यो गंभीर चिन्ताको विषय थियो । युद्धले कुनैपनि देशको हित गर्दैन । दुई देशका तर्फबाट अहिले एक अर्को देशप्रति मिसाइल र क्षेप्यास्त्र आक्रमण भएको थियो त्यो अहिले रोकिएको छ । अहिलेसम्म युद्धबाट दर्जनौंको हताहती भैसकेको छ । यो युद्धले दक्षिण एसियामा लाखौँ नागरिकको मनमा भय, शंका र त्रासको आँधी ल्याएको थियो । भारतले यो कदमलाई कुनै विशिष्ट ‘सर्जिकल स्ट्राइक’ का रूपमा चित्रित गरेपनि वास्तविकतामा यो शक्ति प्रदर्शनमात्रै होइन, पाकिस्तानलाई निस्तेज पार्ने प्रयास थियो ।

उता पाकिस्तान पनि भारतको पछिपछि युद्धमा सामेल भएको थियो । दुवै देशले युद्ध चाहेको प्रतीत हुनु चिन्ताको कुरा हो । दुई देशबीच युद्धको अवस्था सिर्जना हुँदा नेपाल सरकारले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेका थिए त्यो अहिले हटेको छ । भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी आक्रमणबाट एक नेपाली नागरिकसहित २६ भारतीय पर्यटकले ज्यान गुमाउनुपरेको थियो । उक्त घटनापश्चात् भारत र पाकिस्तानबीचको बढ्दो तनावप्रति नेपालले समेत चिन्ता व्यक्त गरेको छ । नेपालले सबै प्रकारका आतंकवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त बर्बर आतंकवादी हमलाको तत्काल र निःसन्देह रूपमा भत्र्सना गरेको थियो । आफ्नो सैद्धान्तिक अडान अनुरूप नेपालले कुनैपनि शत्रुतापूर्ण शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न दिने छैन् ।

दक्षिण एसिया दिगो शान्ति र स्थायित्वका लागि नेपालले गरेको प्रतिबद्धता महत्वपूर्ण छ । किनभने युद्धले कुनैपनि देशको हित गर्दैन । भारत पाकिस्तान युद्ध तेश्रो विश्व युद्धमा परिणत हुने त होइन भन्ने चिन्ता थपिएको थियो । आतंकबादी घटना निन्दनीय छ, अतिवाद र आतंकवाद मानवताका शत्रु हुन । शान्तिको कुनै विकल्प हुँदैन, युद्धको कुनै भविष्य हुँदैन । त्यसमाथि विश्व शान्तिका दुत महामानव गौतमबुद्ध जन्मिएको देशले सदा शान्तिकै वकालत गर्छ । अव दक्षिण एसियालाई युद्धरहित क्षेत्र बनाऔँ । त्यसमा भारत र पाकिस्तानको प्रतिवद्धता जरुरी छ । अहिले दुवै देशले युद्धविराम गरेका छन् । भारत र पाकिस्तान युद्धको मोर्चामा होमिईरहँदा त्यसको असर नेपालमा पनि पर्ने निश्चित थियो । तसर्थ नेपाल सरकारले नेपाल भारत सिमा क्षेत्रमा अहिले गरिरहेको कडाई स्वाभाविक थियो ।

बुद्ध जन्मभूमिको परिचयले हामीलाई बौद्धिक दायित्व पनि दिएको छ, जहाँ हामी तटस्थ भईकन पनि सत्यको पक्षमा उभिन सक्छौं । नेपालले महामानव गौतमबुद्धको भूमिबाट दुवै देशलाई अब युद्ध होइन, संवाद गर्न सुझाव दिनु जरुरी छ भन्ने सन्देश दिएको छ । त्यसैपनि दक्षिण एसियामा पहिले नै गरिबी, बेरोजगारी, स्वास्थ्य संकटजस्ता समस्याले जनजीवन आक्रान्त छ । त्यसमाथि बारुदको खेलले यी समस्यालाई अझ भयावह बनाउनेछ । यो कुरा भारत र पाकिस्तानले बुझ्नपर्दछ । भारत–पाकिस्तानबीच युद्ध हुनु र त्यो पनि आणविक शक्ति सम्पन्न देशबीच युद्ध हुनु राम्रो होइन, यसले विश्वलाई नै चिन्तित वनाएको थियो । विश्वका नेताहरूले पनि युद्धबाट होइन शान्ति र बार्ताबाट निकास खोज्न दुवै देशलाई आग्रह गरिरहेका बेला दुई देशले युद्धविराम गरेका छन् । युद्धले बिनास निम्त्याउँछ, तसर्थ वार्ता र सहमतिबाटै द्वन्द्वको समाधान खोज्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?