© २०२३
बुटवल, २७ वैशाख ।
कानुन विद्यार्थी कल्याणकारी समाज, बुटवल बहुमुखी क्याम्पसले विचार विमर्श कार्यक्रम सम्पन्न गरेको छ ।
कानुन दिवसको दिन शुक्रबार कानुन विद्यार्थी कल्याणकारी समाजले “विधिको शासन कार्यनयनमा चुनौती र समाधान” विषयमा विचार विमर्श कार्यक्रम सम्पन्न गरेको समाजका अध्यक्ष विवेक बस्यालले जानकारी दिए । कार्यक्रमको उदघाटन क्याम्पस प्रमुख अरुणकुमार क्षेत्रीले गरेका थिए ।
कार्यक्रममा विवेक घिमिरे, अनिल पौडेल, आकाश ओली, आयुष्मा कुवर, पुर्णिमा न्यौपाने, प्रदिप ढकाल, यादव पन्थी, समिक्षा तिमिल्सिना, गंगा शर्माले गरी ९ जनाले आफ्नो विचार प्रस्तुत गरेका हुन् । ९ प्रतिस्पर्धी मध्ये सबैभन्दा बढी अंक प्राप्त गरी आकाश ओली उत्कृष्ट प्रस्तुतकर्ताको उपाधि हासिल गर्न सफल भए ।
कार्यक्रममा बोल्दै प्राध्यापक नवराज पंगेनी, कृष्ण प्रसाद पाण्डेले कानुनको पृष्ठभूमि बताउँदै कार्यक्रम सफलताको कामना गरेका थिए ।
कार्यक्रममा बोल्दै समाजका अध्यक्ष विवेक बस्यालले विचार विमर्श कार्यक्रम मासिक २ पटक आयोजना गरी विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने बताउनु भयो ।
शिक्षक सुरेश पौडेल र गंगा पुनले निर्णायकको भूमिका निर्वाह गरेको कार्यक्रममा वर्षा बुढाले पनि आफ्नो धारणा राखेकी थिइन् ।