ट्रेंडिंग:

>> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा

सल्यानमा अदुवा र बेसारको अध्ययनः १७५ जातबाट उन्नत जात खोजिदै

स्थानीय जातको अदुवा बेसारको यो अध्ययनले जैविक विविधताको संरक्षण मात्र होइन, आगामी उन्नत जात विकासमा पनि आधार बन्ने अपेक्षा छ । ईलाम, सल्यान, पाल्पा, सिन्धुली, झापा, दैलेख, पाँचथर र नवलपरासी पूर्व तथा सप्तरी, कैलाली, उदयपुर, मोरङ, कास्की, प्युठान, सुर्खेत लगायत जिल्लामा यसको खेती हुँदै आएको छ ।
२७ बैशाख २०८२, शनिबार
२७ बैशाख २०८२, शनिबार

सल्यान, २७ बैशाख ।

किसानहरूले परम्परागत रूपमा खेती गर्दै आइरहेको तथा बजारमा मसलाको रूपमा अदुवाको माग बढी भएकोले यसको उत्पादन बढाई समग्र कृषि क्षेत्रको विकासमा टेवा पुर्याउन अदुवाबाली अनुसन्धान कार्यक्रमले विभिन्न काम गर्दै आएको छ । नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत सल्यानको कपुरकोटमा रहेको राष्ट्रिय अदुवाबाली अनुसन्धान कार्यक्रमले देशभरका परम्परागत जातहरूको संकलन, संरक्षण र विश्लेषण मार्फत तिनको वैज्ञानिक मूल्यांकन समेत गर्दै आएको छ ।

खेतिका लागि उपयूक्त प्रविधिहरू अध्ययन, अनुसन्धानबाट पत्ता लगाई कृषि प्रसार मार्फत् किसानहरू समक्ष पु¥याउने काम भइरहेको अदुवाबाली अनुसन्धान कार्यक्रमका संयोजक डा. घनश्याम भण्डारीले बताए । नेपालमा अदुवा र हलेदो (बेसार) का रैथाने तथा स्थानीय जातहरूको संरक्षण र अनुसन्धानमा ध्यान दिइएको उनको भनाइ छ ।

कार्यक्रम संयोजक भण्डारीका अनुसार हालसम्म अदुवाका ७२ र बेसारका १०३ वटा स्थानीय तथा रैथाने जातहरू अनुसन्धान कार्यक्रम अन्तर्गत संकलन र संरक्षणमा ल्याइएका छन् । उनले भने, “हामीले नेपालका विभिन्न स्थानबाट संकलन गरेका जातहरूको विशेष गुणहरूको वर्णन गरी तिनको सम्भाव्यता अध्ययन गरिरहेका छौँ । यसले जैविक विविधताको संरक्षण मात्र होइन, आगामी उन्नत जात विकासमा पनि आधार बन्ने अपेक्षा छ ।”

हालै कार्यक्रमले अदुवाको जेडआई १३०३ र बेसारको सीआई १२१३ जातलाई आगामी वर्ष सिफारिस गर्न प्रस्ताव गर्ने तयारी गरिरहेको छ । साथै, अदुवाका जेडआई १३०२, जेडआई १०२७ र बेसारका सीआई ०२०५ तथा सीआई ०२०७ जात पनि उत्कृष्ट ठहर भइसकेका छन् । डा. भण्डारीले अघि भन्नुभयो, “हामीले रैथाने जातहरूको संरक्षण, प्रवर्धन र अनुसन्धानका काम पनि गरिरहेका छौँ । साथै प्राप्त डाटाहरूको प्रयोग गरेर उन्नत जातको पहिचान तथा सिफारिसको प्रक्रिया अगाडि बढाइरहेका छौँ ।” यसअघि सिफारिस गरिएका ‘कपुरकोट अदुवा–१’ (वि.सं. २०५८) र ‘कपुरकोट अदुवा–२’ (वि.सं. २०७३) नामक दुई उन्नत जातपछि अब फेरि नयाँ जात सिफारिसको चरणमा पुगेको छ ।

कहाँ कहाँ उत्पादन हुन्छ अदुवा र बेसार ?

नेपालमा अदुवा र हलेदो उत्पादन हुने प्रमुख क्षेत्रहरू क्रमशः ईलाम, सल्यान, पाल्पा, सिन्धुली, झापा, दैलेख, पाँचथर र नवलपरासी पूर्व तथा सप्तरी, कैलाली, उदयपुर, मोरङ, कास्की, प्युठान, सुर्खेत लगायत रहेका छन् । हाल देशभर करिब २३ हजार ८२९ हेक्टरमा अदुवा र ९ हजार २२ हेक्टरमा हलेदो खेती हुँदै आएको छ ।

नेपालमा अदुवाबालीको विकास तथा प्रवर्धन गर्नको लागि वि. सं. २०३३ सालमा बागवानी अनुसन्धान केन्द्र, मालेपाटन पोखरामा अदुवाबाली विकास कार्यक्रम संचालन भएको थियो । जुन वि. सं. २०४२/४३ मा सुठो विकास कार्यक्रमको रूपमा संचालन भयो ।

देशको कृषि विकासमा नयाँ गति दिनको लागि कृषि अनुसन्धान कार्यलाई प्राथमिकता दिई अनुसन्धान कार्यलाई अझ बढि प्रभावकारी बनाउनको लागि नेपाल कृषि अनुसन्धान परिषद् ऐन २०४८ अन्तर्गत नेपाल कृषि अनुसन्धान परिषद्को स्थापना भएपश्चात वि. सं. २०४९ मा यो कार्यक्रम कपुरकोट, सल्यानमा स्थान्तरण गरि राष्ट्रिय अदुवाबाली अनुसन्धान कार्यक्रमको रूपमा कार्यारम्भ भएको थियो । हाल यो कार्यक्रम अदुवाबाली अनुसन्धान कार्यक्रमको रूपमा संचालनमा रहेको छ ।

पछिल्लो प्रादेशिक तथा प्रशासनिक विभाजन पछि हाल यो कार्यक्रम कर्णाली प्रदेशको सल्यान स्थित कपुरकोट गाउँपालिकाको वडा नं. ३, कपुरकोट, सल्यानमा पर्दछ ।

अदुवाबाली कार्यक्रमले गर्ने काम र अदुवाको महत्व

प्राथमिकताका आधारमा अदुवा र हलेदो बालीहरू सम्बन्धि अनुसन्धान तथा प्रविधि विकास र प्रवद्र्धन, राष्ट्रिय स्तरमा अदुवा र हलेदो बालीहरू सम्बन्धी मार्ग चित्र अनुगमन तथा दिशानिर्देश, अदुवा र हलेदो बालीहरू सम्बन्धि नीति तथा कार्यक्रम तयार गर्न सम्बन्धित निकायलाई आवश्यक सहयोग यस कार्यक्रमले गर्दै आएको छ ।

यसैगरी विभिन्न जातका अदुवा र हलेदो बालीहरूको श्रोत बीउ उत्पादन र वितरण, अदुवा र हलेदो बालीहरू सम्बन्धि जनशक्तिहरूको क्षमता अभिवृद्धि, परिषद्को स्वीकृतिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरू संग समन्वय तथा सहकार्य समेत हुँदैआएको छ ।

अदुवामा मानिसलाई चाहिने वटै तत्वहरू कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ र पानीका साथै औषधियुक्त तत्वहरू समेत पाइन्छन् । अदुवालाई नगदे बालीको रूपमा एकल, वा रहर, मकै, पिंडालु, फलफुल जस्ता मिश्रित वा घुसुवा वालीको रूपमा लगाई दाहोरो वाली लगाई आम्दानी लिन सकिन्छ । कृषकहरूले यसको व्यवसायिक खेती गरी ताजा वा सुठोको रूपमा विक्री गरेर राम्रो आम्दानी लिन सक्ने भएकाले जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने अदुवाबाली अनुसन्धान कार्यक्रमले जनाएको छ ।

यसबाट बास्नादार तेत निकालिन्छ, जुन खाद्य वस्तु तयार गर्दा स्वादिले र वास्नादार बनाउन मद्धत गर्दछ । खाद्य वस्तु संरक्षण गर्न, श्रृङ्गार सामाग्रीमा, उत्तेजित गर्ने बस्तु तयार गर्न, आयुर्वेद औषधि र पशुको औषधिमा समेत यसको प्रयोग भएको पाइन्छ ।

अदुवाको प्रयोग तथा परिकारहरूः

ताजा अदुवा विशेष गरी मसलाको रूपमा प्रयोग गरिन्छ भने सुठो विभिन्न औषधि बनाउन, विस्कुट, मिठाई आदिमा प्रयोगमा आउंछ । अदुवामा भएका विभिन्न तत्वहरूको कारणले खोकी, ज्वरो, वान्ता रोक्न, खाना पचाउन, पेट दुखेको कम गर्न, शुक्ष्म जीवाणु नियन्त्रण गर्न, यौन चाहना बढाउन मद्धत गर्दछ भन्ने विभिन्न अनुसन्धानबाट पत्ता लागेको कार्यक्रमले जनाएको छ ।

यस बाहेक चीनी रोग कम गर्न, पित्तथैलीको ढुंगा निको पार्न, जोर्नीको दुखाई कम गर्न, रगत पातलो बनाउन, कोलोट्रोल र मुटु रोग घटाउने कुरा पनि परिक्षणबाट साबित भइसकेको छ । अदुवाको आयुर्वेदिक औषधिहरू जस्तै जोर्नी दुख्ने, बाथ, रुघाखोकी, चिसो, पिनास, घाँटी दुख्ने, पेट दुख्ने, अपच, हातखुट्टा बाउँडिने, कमजोरी, झाडा पखाला, ज्वरो आदि रोगहरू निको पार्ने औषधिहरू बनाउन प्रयोग गरिन्छ । मसला, चिया, कफी, रक्सी, पेय पदार्थ, बिस्कुट, क्याण्डी, मुरब्बा, चकलेट, अत्तर, स्याम्पो, साबुन आदिमा प्रयोग हुनाले आन्तरिक वा बाह्य बजारमा अदुवाको माग दिनानुदिन बढ्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?