ट्रेंडिंग:

>> लुम्बिनीको नीति तथा कार्यक्रम : स्रोतबिना दर्जनौं योजनाको चाङ >> जेके वारियर्सको दोस्रो जित >> कान्ति, दीप, नबिन र ईडन विजयी >> समृद्धि हेयर ड्रेसिङ एकेडेमीलाई आईएसओ प्रमाणपत्र, ३६६ विद्यार्थीले पाए सिपको प्रमाणपत्र >> साईबर अपराधबारे एक दिने सचेतना कार्यक्रम >> जबरजस्ती करणी र चोरी मुद्दाका फरार प्रतिवादी पाँचथरबाट पक्राउ >> चीनले अमेरिका, ईयू र जापानबाट प्लास्टिक आयातमा एन्टी–डम्पिङ शुल्क लगायो >> लगातार घट्दै आएको शेयर बजार आज दोहोरो अङ्कले उकालो >> चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म ४७.८ अर्ब बराबरको खाद्यान्न आयात >> ग्लोबल क्वालिफायरमा महिला क्रिकेट प्रवेश गरेपछि प्रधानमन्त्रीले भने, ‘बधाई छ’ >> महत्वाकांक्षी लुम्बिनीको नीति तथा कार्यक्रमः कार्यान्वयनमा शंका >> दूधाधारी माविमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया  >> गणतन्त्र दिवस तीन दिन मनाइने, बालेन गएनन् बैठकमा >> रवि लामिछानेका बन्दी प्रत्यक्षीकरणको मुद्दा फेरि ‘हेर्न नभ्याइने’ मा >> गभर्नर नियुक्ति प्रक्रिया अन्योलमा, सिफारिस समिति अझै बस्न सकेन >> लुम्बिनीका मुख्यमन्त्री र राप्ती गाउँपालिका अध्यक्षबीच सार्वजनिक कार्यक्रममै बाझाबाझ  >> कोहलपुरमा अत्याधुनिक शवदाह गृह निर्माण पछि सफल परीक्षण >> बाबु छोरालाई एकैसाथ कैद सजाय >> एकै पटक १२ लाखको खसी बोका बिक्री >> लुम्बिनीका सांसद विष्णु पन्थीले भने–झुटो मुद्दा र मानहानी विरुद्ध कानुनी लडाईंमा जान्छु >> रुपौलिया महिला सहकारीमा बचतकर्ताको १ करोड ६० लाख बढी रकम झ्वाम >> कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदीप खड्का >> यसरी बनाउनुहोस् घरमा नै ५ प्रकारका आँपको अचार >> प्रधानमन्त्रीले युरोपियन युनियनका राजदूतहरूलाई भने, ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ >> ठगिनेहरुको सहारा बन्दै आप्रवासी स्रोत केन्द्र >> रवि लामिछानेका बन्दी प्रत्यक्षीकरणको सुनवाई प्रधानन्यायाधीशसहितको इजलासमा >> नेपाल महिला विश्वकप क्रिकेटको ग्लोबल छनोटमा >> डिआईजी चतुर्वेदीद्वारा सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन >> सुनको मुल्य बढदा चाँदीको मुल्य स्थिर >> विश्वकप एसिया छनोटमा नेपाललाई युएईले दियो ११५ रनको लक्ष्य >> गुल्मीमा मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु >> आज साँझ मन्त्रिपरिषद् बैठक, गभर्नर नियुक्तिको सम्भावना >> दुई महिना यता इजरायलद्वारा गाजामा भिषण युद्ध, १५१ को मृत्यु >> इन्जिनमा समस्या देखिएपछि समिट एयरको जहाज आकस्मिक अवतरण >> लुम्बिनी प्रदेश सरकारले आज ल्याउँदै नीति तथा कार्यक्रम >> महिला टी–२० विश्वकप छनोटमा आज नेपाल र यूएई खेल्दै >> विपन्न परिवारले पाए नयाँ घर >> छानबिन उपसमिति संयोजकमा खाँण >> गभर्नर नियुक्तिमा अलमल >> कहाँ पुग्यो मल कारखाना खोल्ने योजना ? >> गुल्मीदरबारमा थपिए तीन सूचक >> ‘कानूनलाई’ छल्न अंशबण्डा >> आस्थालाई ‘उद्यमको’ आश >> जुवाको खालबाट नगद सहित ९ जना पक्राउ >> ७५ वर्षीय जेष्ठ नागरिकले गरे नातिनीमाथि बलात्कार >> बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको प्रभाव : यी क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना >> चलचित्र पत्रकार संघ बाँकेद्वारा सुवेदी र गिरी सम्मानित >> नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा >> तिलोत्तमा होम्समा घरधनीलाई लालपूर्जा हस्तान्तरण >> लुम्बिनी प्रदेश सरकारको आर्थिक अनुशासनमा गम्भीर प्रश्नः बेरुजु साढे चार अर्ब नाघ्यो

बाँके बर्दियामा अत्याधिक गर्मी

२६ बैशाख २०८२, शुक्रबार
२६ बैशाख २०८२, शुक्रबार

बर्दिया,२६ बैशाख ।

वैशाखको अन्तिमसम्म आउँदा बाँके, बर्दिया सहित तराईका जिल्लाहरुमा अत्याधिक रुपमा गर्मी बढेको छ । अप्रत्याशित रुपमा गर्मी बढेपछि बाँके र बर्दिया लगायत आसपासका जिल्लाको जनजीवन कष्टकर बनेको छ । त्यसमा पनि आजभोली बाँके नेपालगंजमा अत्यधिक गर्मी बढेको कारणले दिउँसोको समयमा बाहिर निस्कनै नसकिने गरी गर्मी बढेको छ ।

जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशका तराई भू–भागमा केही स्थानमा ४० डिग्री सेल्सियस भन्दा बढी तापक्रम पुग्ने जनाएको छ । बाँकेलगायतका जिल्लामा चर्को गर्मीसहित तातो हावा (लु) समेत चल्न शुरु गरेको छ । गर्मीका कारण बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी मर्कामा परेको नेपालगञ्जका स्थानीय कक्षा ३ धम्बोझी माध्यमिक विद्यालयका छात्रा रितु केसीले बताइन । उनले चर्को घाम र तातो हावाले स्कुल जान र आउन निकै गह्रो भइरहेको बताइन ।

तराईका जिल्लाहरुमा चर्को घामसँगै तातो हावा चल्न शुरु गरेपछि दिउँसो घरबाट बाहिर निस्कनै नसकिने अवस्था आएको बाँकेको जानकी गाउँपालिका वडा नं. ३ का स्थानीय रामु वर्माले बताए । गर्मीका कारण सेवाग्राहीको संख्या घटेको बढेयाताल गाँउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तुला राम थारुले बताए । ‘पहिलेको तुलनामा आज भोली काम लिएर आउनेको संख्या कम भएको छ,’ उनले भने, ‘अत्यावश्यक कामका लागि मात्र सेवाग्राही आइरहेका छन् ।’गर्मीका कारण स्वास्थ्य संस्थामा बिरामीहरुको चाप समेत बढ्न थालेको छ ।

वडा कार्यालयकै प्रांगनमा प्राथमिक स्वास्थ्य चौकीमा आज भोली बिरामीको संख्या धेरै बढेका छन त्यहाँ भात्र नभएर पालिकाको सबै स्वास्थ्य चौकीहरुमा बिरामीको चाप बढेको बढैयाताल गाँउपालिका स्वास्थ्य शाखाका प्रमुख विष्णु सापकोटाले बताए । तराईका जिल्लाहरुमा चर्को घाम र तातो हावा चलेका बेला सकेसम्म बाहिर ननिस्किन नै राम्रो हुने देखिन्छ । कामका लागि बाहिर निस्कनै परे शरीर पुरै छोप्ने गरी कपडा लगाएर, छाता ओढेर र झोलिलो चिज प्रसस्त मात्रामा सेवन गर्ने । आज भोली नेपालगंज बजार क्षेत्रमा गर्मीको समयमा अरु व्यवसायको व्यापार घटेपनि जुसजन्य पदार्थको व्यापार भने बढको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?