ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

खाली जग्गा खोज्दै राप्ती गाउँपालिका

२६ बैशाख २०८२, शुक्रबार
२६ बैशाख २०८२, शुक्रबार

लमही ,२६ बैशाख ।
दाङको राप्ती गाउँपालिकाले समृद्धिका लागि वन परियोजना अन्तर्गत सार्वजनिक तथा निजी खाली जग्गामा वृक्षारोपण गर्नका लागि जग्गाको खोजी थालेको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८१/ ८२ को वार्षिक कार्ययोजनाअनुसार व्यक्तिगत, समूह तथा सहकारीहरूको खाली जग्गामा वृक्षारोपण तथा कृषि वन स्थापना गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्न लागेको हो।

कार्यक्रम अन्तर्गत महिला, दलित, विपन्न तथा दैनिक गुजारा गर्ने परिवारहरूलाई प्राथमिकतामा राखिने र १०० प्रतिशत विरुवा उपलब्ध गराई त्यसमा ४० प्रतिशत अनुदानसमेत प्रदान गरिने जनाइएको छ। इच्छुक कृषक, सहकारी तथा समूहहरूले १५ दिनभित्र आवश्यक कागजातसहित दरखास्त दिन सक्ने व्यवस्था गरिएको वन प्राविधिक विपिन भुसालले जानकारी दिए।

राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले वातावरण संरक्षण, हरियाली विस्तार र स्थानीय बासिन्दाको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले वृक्षारोपण कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । “खाली रहेका जग्गाहरूलाई प्रयोगमा ल्याएर दीर्घकालीन रुपमा लाभ लिन सकिने भएकाले हामीले सार्वजनिक सूचना जारी गरी जग्गाको खोजी गरिरहेका छौं,” उनले भने।

गाउँपालिकाले जारी गरेको सूचनाअनुसार कार्यक्रममा सहभागी हुन चाहनेहरूले कार्यक्रममा सहभागि हुन इच्छुक रहेको माग निवेदन,वृक्षारोपण गर्न चाहेको वनजन्य प्रजाति र संख्या, नेपाली नागरिकताको प्रतिलिपि,जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि, मालपोत तिरेको रसिद, कृषक समूहर कृषि सहकारीरकृषि फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि,समूह बैठको निर्णयको प्रतिपिलि (समूहको हकमा)विवरणजस्ता आवश्यक कागजातसहित आवेदन दिनुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?