ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

उज्यालो चाहिन्छ तर अवरोध आफै गर्छन

२५ बैशाख २०८२, बिहीबार
२५ बैशाख २०८२, बिहीबार

बाँके,२५  बैशाख ।
बैजनाथ गाउँपालिकामा विद्युत विस्तारलाई स्थानीयले अवरोध गरेका छन् । बाँकेको बैजनाथ गाउँपालिका ४ बानियाभारका स्थानीयले नेपाल विद्युत प्राधिकरणले कोहलपुर–सुर्खेत जोड्ने १३२ केभी राष्ट्रिय प्रसारण लाइन आफ्नो बस्तीबाट लैजान लागेको भन्दै विरोध गरेका छन् । बानियभारका स्थानीयले विरोधमा नेपालगन्ज–सुर्खेत जोड्ने रत्न राजमार्ग अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका छन् ।
बिहीबार बिहान ११ बजेदेखि उहाहरुले बानियाभार पानीट्याङ्की नजिक सडक अवरुद्ध पार्दै विरोध प्रदर्शन गरेका छन् । उनीहरुले बानियाभार बस्तीबाट उक्त प्रसारण लाइन लैँजादा एक सयभन्दा बढी स्थानीय घरबारविहीन हुने भन्दै उक्त कार्यलाई तत्काल रोकी वैकल्पिक मार्ग प्रयोग गर्न माग गरेका छन् ।

स्थानीय नगेन्द्रबहादुर शाहले भने, हामी विकासविरोधी होइनौँ, यसअघि विद्युत प्राधिकरणले दुई तीन पटकसम्म डीपीआर गरेको छ, पहिलो डीपीआर अनुसार काम गर्ने हो भने बस्ती पनि बच्छ, क्षति पनि कम हुन्छ, हामीले पहिलेको डीपीआर अनुसार काम गर्न अवरोध गरेका छैनौँ । “खोई कस्को र के मानसिकता हो ? बढी क्षति हुनेगरी बस्ती बीचबाटै लाइन लैजान जबरजस्ती गरिँदै छ । यहाँबाट लाइन विस्तार भएमा एक सयभन्दा बढी स्थानीयको उठीवास लाग्छ । उनले बस्तीको पूर्वउत्तरबाट पहिलाको डीपीआरअनुसार लाइन विस्तार भएमा मानववस्ती पनि क्षति नहुने, जङ्गलको पनि क्षति कम हुने र टावरको संख्या पनि कम लाग्ने बताए ।

बानियाभार कै स्थानीय राम बहादुर मगरले भने बस्ती नै हटाउने भए चलनचल्तीको दर रेट दिएर स्थानीयलाई अन्त स्थानान्तरण गराउन सरकारले मद्दत र क्षतिपूर्ति दिने माग गरे । उनले भने “हामीले विकासको अवरोध गरेका छैनौँ, जति पीडित जनता छन् सबैलाई स्थानीय चलनचल्तीको दर रेट अनुसार मुआब्जा दिए हुन्छ, सरकारी दर रेट अनुसार मूल्यांकन गरेर २० प्रतिशत मात्रै मुआब्जा दिने अनि हाम्रो घरबास बालबच्चा कसरी पढाउने कसरी घर बनाउने, बालबच्चालाई कसरी पाल्ने ? सरकारले जनतालाई किन सास्ती दिन खोजेको हो ?”

“मेरो नौ कट्ठा जमिन छ, सबै जग्गा विद्युतको प्रसारण लाइनमुनि पर्दछ, तीन भाई छोरा, बुहारी र ७ जना नातिनातिना छन्, अब सरकारले उठीवास लगाए कहाँ गएर बाँच्ने हामी ? जीवनभर दुःखले कमाइ गरेको सबै जमिन सकिन्छ । सरकारले गरेको मूल्यांकनको २० प्रतिशत मुआब्जा लिएर कहाँ गएर बस्ने ? हाम्रो वस्ती जोगाएर अन्तैबाट सरकारले लाइन लैजाओस्,” स्थानीय ६८ वर्षीया भीमकली वलीले भनिन् ।

बस्तीमा तीन वटा टावर निर्माण हुने आयोजनाले जनाएको छ । केही दिनअघि बस्ती नजिकको जङ्गल क्षेत्रमा प्रहरीको सुरक्षा घेरामा कामको सुरुआत गरिएको थियो र त्यहाँ केही टावरहरु समेत निर्माण भइसकेका छन् । अब बस्तीको नजिक टावर निर्माण गर्ने क्रममा रहेको छ ।

नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाका प्राविधिकका अनुसार बस्ती नजिक पर्ने सुर्खेत साइडतिरको तीन वर्षदेखिको जङ्गलमा रुख कटान गर्न रोकिएकोे विवादित काम केही दिनअघि मात्र सुरक्षाकर्मी परिचालन गरेर १७० वटा रुखहरु कटान गरी केही टावर निर्माणका काम सकिएको र बाँके साइडतिरको बस्ती नजिक पर्ने बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ति सामुदायिक वन क्षेत्रमा पनि टावर निर्माण भइसकेको छ । अब बस्तीभित्र पर्ने तीन वटा टावर मात्र निर्माण हुन बाँकी छ ।

प्राविधिकका अनुसार भारतीय कम्पनी आरएस इन्फ्रा कम्पनी लिमिटेडले ७० करोड रुपियाँ लागतमा टेण्डर पारेको थियो । हालसम्म कम्पनीसँग तीन पटकसम्म म्याद थप भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?