ट्रेंडिंग:

>> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन

राष्ट्रिय पत्रकारिता दिवस

२४ बैशाख २०८२, बुधबार
२४ बैशाख २०८२, बुधबार

आज राष्ट्रिय पत्रकारिता दिवस । मुलुकको पहिलो पत्रिका ‘गोरखापत्र’ प्रकाशन भएको ऐतिहासिक दिन वैशाख २४ को स्मरण गर्दै नेपाल सरकारले २०७३ सालदेखि ‘राष्ट्रिय पत्रकारिता दिवस’ घोषणा गरेर राष्ट्रिय पत्रकारिता दिवस मनाउँदै आएको छ । राष्ट्रिय पत्रकारिता दिवस मनाउँदै गर्दा नेपाली प्रेसले अनेकौं चुनौतिको सामना गर्नुपरेको छ । पत्रकारिताका नाममा विकृति र विसंगति बढेको छ । यसमा शुद्धिकरण नहुने हो भने नेपाली प्रेस जगत अनिश्चयको भूमरीमा पर्ने निश्चित छ । जेहोस आज राष्ट्रिय पत्रकारिता दिवस घोषणा गरेर सरकारले पत्रकारिताको सुरुवात अर्थात बिजारोपण भएको दिनको सम्मान गरेको छ । निश्चितरूपमा नेपालको पत्रकारिता श्रीबृद्धिमा गोरखापत्रको योगदान महत्वपूर्ण छ । विश्व पत्रकारिताको इतिहासमा बहुभाषिक पत्रकारिताको अभ्यास सुरु गरेर गोरखापत्रले समावेशी पत्रकारिताको नयाँ इतिहास स्थापित गरेको छ । विक्रम सम्बत १९५८ साल बैशाख २४ गते गोरखापत्रको पहिलो अंक प्रकाशित भएको थियो । नेपालमा यो नै पत्रकारिताको सुरुवात भएको दिनको रूपमा लिईन्छ ।

इतिहासको साक्षी बनेर विभिन्न आरोह–अवरोह खेप्दै १२५ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको गोरखापत्रले आमसञ्चारका क्षेत्रमा पु¥याएको योगदानको जति नै प्रशंसा गरेपनि त्यो कम हुन्छ । यद्यपि गोरखापत्रले सरकारको मुखपत्रको रूपमा काम गरेको छ तर पत्रकारिताको जगलाई यहाँसम्म ल्याईपु¥याउन ठूलो भूमिका खेलेको छ भन्दा अत्युक्ति हुँदैन । परिवर्तनका अनेक आयाममा आफूलाई खरो उतार्न सफल गोरखापत्र पत्रकारिताको मर्म र धर्म निर्वाह गर्न सदैव तत्पर रहेको छ । आगामी दिनमा पनि राज्यको मुखपत्रका रूपमा सूचना प्रवाहका साथै जनसरोकारका विषयमा सबैसँग हातेमालो गरेर अगाडि बढ्नुपर्दछ । सरकारको मुखपत्रको आरोप खेप्दै गर्दा गोरखापत्रले सयौं पत्रकार जन्माएको छ । गोरखापत्रबाटै पत्रकारिता सुरुवात गरेर अरू मिडियाको विकासमा लागेका सयौं पत्रकारले पत्रकारिता पेशाको गरिमा बढाएका छन् । तसर्थ मुलुकको छापा पत्रकारिताको इतिहासको जगका रूपमा रहेको गोरखापत्रलाई सिंगो पत्रकारिताको विश्वविद्यालय मानिन्छ । पत्रकारिताको आजको विकसित स्वरूपबाट पछाडि फर्किएर गोरखापत्रलाई नियाल्दा पत्रकारिताको ‘गुरुकुल’ का रूपमा रहेको विदित हुन्छ ।

राज्य सञ्चालनका प्रमुख तीन अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकापछि व्यवहारतः पत्रकारिता जगतलाई राज्यको चौथो अंथका रूपमा स्वीकार गरिएको छ । यस अर्थमा पत्रकारितालाई लोकतन्त्रको अविभाज्य अंगको रूपमा हेरिँदै आएको छ । पछिल्लो समयमा सञ्चार माध्यममा भएको विकासले पत्रकारिता क्षेत्रलाई फराकिलो बनाइदिएसँगै विश्वसनीयतासहितको जिम्मेवार पत्रकारितामा चुनौती थपिएको छ । स्वतन्त्रका नाममा उत्तरदायित्वविहीन युट्युबर र कतिपय अनलाइन पत्रकारिताले आमसञ्चारका क्षेत्रमा गम्भीर असर पु¥याएको छ । त्यसमा समयक्रमसंगै निखारता आउने निश्चित छ । निश्चितरूपमा संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिफल जनताको घरदैलोसम्म पु¥याउन र शासन सञ्चालनमा बसेकालाई घचघच्याएर लोकतन्त्रप्रति जनताको भरोसा अभिवृद्धि गर्ने काममा पत्रकारिता क्षेत्रले अतुलनीय भूमिका निर्वाह गरेको छ । स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिताबिना लोकतन्त्र सुदृढ हुन नसक्ने भएकोले पत्रकारिता दिवसकै अवसरमा पत्रकारिता क्षेत्रले पनि आफूलाई निखार ल्याउन प्रतिवद्ध हुनैपर्दछ ।

जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार नै लोकतन्त्रका आधारस्तम्भ हुन । मुलुकको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिनुका साथै मौलिक हक अन्तर्गत सञ्चार र सूचनाको हकको छुट्टाछुट्टै व्यवस्था गरिएको छ । खासगरी पछिल्लो समयमा सूचना प्रविधिको विकासमा आमूल परिवर्तन आएको छ । परिवर्तित सन्दर्भ र समयानुकूल आमसञ्चारलाई स्वच्छ, स्वस्थ, निष्पक्ष, मर्यादित, जिम्मेवार र व्यावसायिक बनाउनेतर्फ आवश्यक पहलको आवश्यकता छ । पत्रकारिता क्षेत्र मर्यादित र जिम्मेवार हुन नसकेको आरोप लाग्दै आएको छ । अवको दिनमा नेपाली पत्रकारिता जगतले मिथ्या र गलत सूचना सम्प्रेषण होइन, जिम्मेवार र विश्वसनीयता कायम गर्नेतर्फ प्रयास गर्नु जरुरी छ । राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?