ट्रेंडिंग:

>> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न 

औद्योगिक क्षेत्रका ६० उद्योगको गुनासै गुनासो

२४ बैशाख २०८२, बुधबार
२४ बैशाख २०८२, बुधबार

बुटवल, २४ बैशाख ।
बुटवल औद्योगिक क्षेत्रका उद्योगीहरूले उद्योगको क्षमता अनुसार ठाउँ साँघुरो भएको बताएका छन् । उनीहरूले बुटवल औद्योगिक क्षेत्रमा भाडा विवाद कायमै रहेको र विद्युतमा समेत समस्या रहेको बताए । बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीको टोलीले बुटवल औद्योगिक क्षेत्र सहितका विभिन्न उद्योगहरूमा स्थलगत अवलोकनसँगै उद्योगका समस्या संकलन गर्ने क्रममा यस्तो गुनासो आएको हो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले २०७५ सालदेखि लागू हुनेगरी २०७८ सालमा जग्गाको भाडा ७ सय प्रतिशतसम्म बृद्धि गरेको थियो । यो विवाद अझै सुल्झिएको छैन । त्यस्तै बुटवल औद्योगिक क्षेत्रमा डेडिकेटेड फिडर छ । तर, विद्युत जाने आउने समस्या रोकिएको छैन ।

बुटवल औद्योगिक क्षेत्रमा ६० उद्योग छन् । त्यसमध्ये अधिकांश उद्योग प्लाष्टिक र फेव्रिकेशनका छन् । यो प्रकृतिका उद्योगका लागि २४ सै घण्टा विद्युतको आवश्यकता पर्छ । औद्योगिक क्षेत्र उद्योग संघका वरिष्ठ उपाध्यक्ष प्रज्वल थान्जुका अनुसार केही मिनेट मात्रै विद्युत अवरुद्ध हुँदा उद्योगले धेरै नोक्सान व्यहोर्नुपर्छ । त्यसबाहेक औद्योगिक क्षेत्र र बाहिरका उद्योगका अरू समस्या भने समान प्रकृतिका छन् । सिथिल अर्थतन्त्र, जनशक्तिको अभाव, सरकारको औद्योगिक नीति सबै उद्योगका समान समस्या हुन् । औद्योगिक क्षेत्र उद्योग संघका महासचिव कमल ज्ञवालीले कच्चा पदार्थमा भन्सार शुल्क लाग्ने र तयारी बस्तुमा छुट दिनेसम्मका नीतिले नेपाली उद्योगीलाई समस्या गराएको बताउनु हुन्छ । उनका अनुसार यावत कारणले फूल फेजमा उद्योग सञ्चालन गर्न सकिएको छैन ।

मुलुकको शिथिल अर्थतन्त्रका कारण यस क्षेत्रका उद्योगहरू पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । रूपन्देहीमा थुप्रै औषधी उद्योग छन् । औषधि उद्योगहरूमा पनि सरकारको विमा पोलिसी, क्यास फ्लोको अभाव, दक्ष जनशक्ति तथा सानो बजार ठूलो लगानी लगायतका समस्या रहेको ती उद्योगीहरू बताउँछन् । आयुर्वेदिक र एलोपेथिक औषधी उत्पादन गरिरहेको ग्रेस फर्मासिउटिकल प्रा.लि.मा पनि संघको टोलीले स्थलगत अवलोकन गरेको थियो ।

कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दी लगायतका कारणले उद्योगहरू पूर्ववत सञ्चालनमा आउन नसकेको पञ्चकन्या ग्रुपका महानिर्देशक देवेन्द्र साहु बताए ।  रूपन्देहीको कोटिहवामा ३ वटा स्टिल र ३ वटा प्लाष्टिक उद्योग सञ्चालन गरेको पञ्चकन्या ग्रुपले पूर्ण क्षमताको २० प्रतिशत मात्रै सञ्चालनमा रहेको बताए । यो उद्योगमा अहिले पनि ६ सय बढी कामदार कर्मचारी कार्यरत छन् ।

‘पूर्ण क्षमतामा सञ्चालन नभएपछि हामीले तिर्दै आएको भन्सार शुल्क पनि कम भएको छ, राजश्व पनि कम भएको छ ।’ उनले भने –‘भन्सार किन कम भयो भनेर भन्सार पनि आउँदैन, राजश्व किन कम भयो भनेर कर कार्यालय पनि आउँदैन, पहिले बैंक आउनु पर्दैनथ्यो, अहिले बैंक आउँछ ।’ एनले राज्य भूमिका विहिन भएको बताउनु भयो । ‘छोरा लड्यो भने उठाउने दायित्व बाबुको हो, घाउ चोटपटक लागेको भए औषधोपचार गर्ने, तयार बनाउने दायित्व बाबुको हो ।’ उनले भने –‘तर, यहाँ बाबुको भूमिकामा राज्य छैन ।’ उनले विद्युत निरन्तर भएको भए आईरन (फलाम वेष्टेज नहुने बताउँदै विद्युत ट्रिपिङले धेरै आईरन वेष्टेज भईरहेको पनि बताए ।

बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेले उद्योगीहरूका समस्या पहिचान गर्न स्थलगत अवलोकन गरिएको र प्राप्त सुझाव सल्लाहका आधारमा समस्या समाधानका लागि संघले रणनीति तय गर्ने बताए । उद्योगहरूको स्थलगत अवलोकनबाट प्राप्त भएका समस्याहरू तथा सुझाव सल्लाहहरूलाई संघमा छलफल गरी स्थानीय स्तरमा हुन सक्ने संघले पहल गर्ने र माथिल्लो निकायमा भन्नुपर्ने कुरालाई नेपाल उद्योग वाणिज्य महासंघ मार्फत समाधानका लागि पहल र पैरवी गरिने अवलोकन टोली संयोजक तथा बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीका उद्योग उपाध्यक्ष सुरज भट्टराईले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?