© २०२३
लमही ,२२ बैशाख ।
दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बिमाअन्तर्गतका सेवा कटौती गरेको छ । प्रतिष्ठानले आर्थिक सङ्कट परेको भन्दै स्वास्थ्य बिमाअन्तर्गतका सेवा कटौती गरेको जनाएको छ ।
राष्ट्रिय बिमा बोर्डबाट रकम नपाउँदा आर्थिक सङ्कटमा परेको प्रतिष्ठानले आउँदो जेठ १ गतेदेखि लागू हुने गरी बिमितहरूलाई इमर्जेन्सी सेवा र इमर्जेन्सी शल्यक्रिया बाहेकका सेवा स्थगित गरेको सूचना निकालेर जानकारी दिएको प्रशासन शाखा अधिकृत आशिष थापाले बताए । उनका अनुसार प्रतिष्ठानले राष्ट्रिय बिमा बोड समितिवाट ९ करोड रकम उपलब्ध नभएकोले अस्पताललाई गम्भीर आर्थिक संकट परेको बताए ।
यसैगरी तीन महिनाको निमित्त उपलब्ध गराइने औषधि एक महिनाका लागि मात्र उपलब्ध हुने पनि सूचनामा उल्लेख छ । बिमा सेवाअन्तर्गतका विभिन्न प्रयोगशाला परीक्षण सेवा पनि सीमित गरिएको छ । प्रतिष्ठानका अनुसार छातीको एक्सरे, ईसीजी, एचआईभी, ब्लड ग्रुप लगायतका १२ प्रकारका प्रयोगशाला परीक्षण हुनेछ ।