ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

लुम्बिनी पोषण सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविका सक्रिय रूपमा परिचालित हुने

२२ बैशाख २०८२, सोमबार
२२ बैशाख २०८२, सोमबार

लमही ,२२ बैशाख ।

लुम्बिनी प्रदेश सरकारले पोषण सुधार, मातृ तथा शिशु मृत्युदर घटाउने उद्देश्यसहित महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सक्रिय रूपमा परिचालन गर्ने रणनीति तयार गर्ने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) लुम्बिनी प्रदेशका प्रतिनिधिमण्डलसँगको भेटमा यो जानकारी दिए।

मुख्यमन्त्री आचार्यले भने, “सामुदायिक स्वास्थ्य प्रवर्द्धनमा महिला स्वास्थ्य स्वयंसेविकाहरू मेरुदण्डको रूपमा सक्रिय हुनुहुन्छ। प्रदेश सरकारले सेवा निवृत्त हुँदा उहाँहरूलाई सम्मान गर्ने कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ। अब पोषण सुधारका कार्यक्रमहरूमा समेत उहाँहरूको सहभागिता सुनिश्चित गर्न रणनीति बनाइनेछ।”

लुम्बिनी प्रदेशमा मातृ मृत्यु, बाल मृत्यु र कुपोषणको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ। यस्ता समस्याहरू समाधान गर्न महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका अझ प्रभावकारी बनाउन प्रदेश सरकारले नीतिगत योजना अघि बढाउने तयारी गरेको हो।

नेभा लुम्बिनी प्रदेशले सात बुँदे ज्ञापनपत्रमार्फत महिला स्वास्थ्य स्वयंसेविकाहरूको हकहितका मागहरू मुख्यमन्त्रीलाई प्रस्तुत गरेको छ। संघकी अध्यक्ष सुनिता शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले २०४६ सालदेखि सेवा दिइरहेका स्वयंसेविकाहरू अझै सक्रिय रहेका कारण प्रोत्साहनका लागि विशेष नीतिहरू आवश्यक भएको बताएको छ।

मुख्यमन्त्रीले स्वास्थ्य मन्त्रालयलाई महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई अनिवार्य स्वास्थ्य बीमा कार्यक्रम र सामाजिक सुरक्षा कोषमा समावेश गर्ने गरी योजना बनाउन निर्देशन दिनुभएको छ। हाल लुम्बिनी प्रदेशमा ८ हजार ९ सय ७ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन्।

संघले प्रति वर्ष ३० हजार रुपैयाँ एकमुष्ट अवकाश रकम, समयसापेक्ष तालिम तथा गोष्ठीको व्यवस्था, मासिक भत्ता १ हजार ५ सय रुपैयाँ पुर्याउने, र सामाजिक सुरक्षा कोषमा समावेश गरिनुपर्ने लगायतका मागहरू राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?