ट्रेंडिंग:

>> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न

कपिलवस्तु बिश्वकै पुरानो गणतान्त्रिक मुलुक : अध्यक्ष राउत

२२ बैशाख २०८२, सोमबार
२२ बैशाख २०८२, सोमबार

कपिलवस्तु,  २२ बैशाख।  जनमत पार्टीका केन्द्रिय अध्यक्ष तथा प्रतिनिधीसभाका सदस्य डां. चन्द्रकान्त राउत (सि.के. राउत) ले कपिलवस्तु जिल्लाको अस्तित्व गौतम बुद्धको गृह नगरी मात्रै नभई संसारकै पुरानो गणतान्त्रिक मुलुकको रुपमा रहेको बताएका छन । तौलिहवा उद्योग वाणिज्य संघको आयोजनामा कपिलवस्तुको तौलिहवामा भएको रात्रीकालिन नवौं प्राचिन कपिलवस्तु महोत्सवको समापन कार्यक्रममा उनले कपिलवस्तुलाई विश्वकै पुरानो गणराज्य (गणतान्त्रिक) मुलुक भएको बताए । सिद्धार्थ गौतम (गौतम बुद्ध) का पिता शुद्धोधन गणराज्य कपिलवस्तुका गणपति भएको बिषय तर्फ दृष्टिगत गर्दै उनले संसारले विश्वको पुरानो गणतान्त्रिक मुलकको रुपमा सान मारिनोलाई चिन्दै आए पनि आफुले गणराज्य कपिलवस्तु बिश्वको पुरानो भएको पाएको दावी गरे । “बिश्वले पुरानो मानेको सान मारिनोको ईतिहास ईस्वि सम्बत ३ सयको हो भने बिभिन्न उत्खनन र अन्वेषणको नतिजाले कपिलवस्तुको ईतिहास ईसा पुर्व ५/६ सय बर्ष भन्दा पुरानो छ । यस अर्थमा पनि कपिलवस्तु गणराज्यको ईतिहास सान मारिनो भन्दा ८ सय बर्ष भन्दा बढि पुरानो छ ।” अध्यक्ष राउतले भने । कपिलवस्तुले गणतन्त्र विश्वलाई नै चिनाएको उनले बताए । नेपाल गणतान्त्रिक मुलुक भएको अहिलेको अवस्थामा गणतन्त्रको दृष्टिकोणले कपिलवस्तु गौरवको स्थान भएको उनको तर्क थियो । नवौ प्राचिन कपिलवस्तु महोत्सवले स्थानिय कला संस्कृतीको संरक्षण सम्बर्धन सगै व्यापार व्यवसाय प्रबद्र्धन हुने गरेकोमा आफु आशावादी रहेको राउतको भनाई थियो । राउतले उल्लेख गरेको विश्वले पुरानो मान्दै आएको सान मारिनो हालको इटालीको भित्री भागमा अवस्थित सानो मुलुक हो । जुन ईस्वी सम्बत ३०१ मा (१ हजार ७ सय बर्ष अघि) स्थापना भएको थियो भने गणराज्य कपिलवस्तुको ईतिहास २ हजार ५ सय बर्ष भन्दा पुरानो रहेको देखिन्छ ।

सम्पन्न हुन थालेको नवौ प्राचिन कपिलवस्तु महोत्सव अन्तिम चरणमा थप सफल र उत्कृष्ट बनेको महोत्सवका संयोजक तथा तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले बताए । बिगतमा बुद्धकालीन रुपमा रात्रीकालिन रुपमा हुने गरेको रमाइलो मेलालाई महोत्सवको रुपमा रुपान्तरित गरिएको उनले बताए । प्राचिन कपिलवस्तु महोत्सवले जिल्लाको व्यापार व्यवसाय र पर्यटनको प्रबद्र्धनमा महत्वपुर्ण भुमिका खेलेको पूर्व मन्त्री दान बहादुर चौधरीको भनाई थियो । महोत्सवले स्थानिय रोजगारीको सृजना र व्यवसाय प्रबद्र्धनमा टेवा पुर्याएको लुम्बिनी प्रदेशका पुर्वमन्त्री तथा प्रदेशसभाका सदस्य सिके गुप्ताले बताए । महोत्सवले स्थानिय उत्पादनको बजारीकरण र जिल्लाको प्रबद्र्धनमा सहयोग पुर्याएको जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यको भनाई थियो । महोत्सवमा जिल्लाको बुद्ध स्थल र पर्यटकियस्थलको तस्बिरात्मक झलक, स्थानिय उत्पादन, कृषी र घरेलु उत्पादन, झुला र बाल उद्यान, बालबालिकाका लागी स्केटिगं, राष्ट्रिय र स्थानिय कलाकारको मनोरञ्जनात्मक कार्यक्रमले स्थानिय कलालाई प्रबद्र्धन गर्न सहयोग पुगेको संघका वरिष्ठ उपाध्यक्ष तथा सांस्कृतिक समितिका संयोजक संदिप कुमार श्रीवास्तवको भनाई थियो । बैशाख ११ गते शुरु भई आईतबार राती कार्यक्रम समापन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?