Butwal Today

सुनको मुल्यमा ६ सय रूपैयाँले वृद्धि

२१ बैशाख २०८२, आइतबार
अ+
अ-

काठमाडौं, २१ बैशाख ।

सुनको मूल्यमा ६ रूपैयाँले वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार १ लाख ८३ हजार ५०० रुपैयाँ कारोबार हुदाँ आज ६०० रुपैयाँले वृद्धि भएर १ लाख ८४ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको हो ।

तर, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ९३० रुपैयाँ कारोबार भएको चाँदी आज तोलामा १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ।