Butwal Today

रामग्राम स्तुप परिसरमा बौद्धधम्म सम्मेलन

२१ बैशाख २०८२, आइतबार
अ+
अ-

नवलपरासी, २१ बैशाख ।
जिल्लाको रामग्राम स्तुप परिसरमा विश्व धम्म परिषद नेपालले लुम्बिनी स्तररिय बौद्ध धम्म सम्मेलन गरेको छ । आम जनमानसमा बुद्धको शिक्षाको पहुँच पु¥याउन र बौद्ध भुमिको प्रचार प्रसार गर्दै बुद्ध शासनको विस्तार गर्ने उद्देश्यले सम्मेलन गरिएको आयोजक संस्थाले जनाएको हो । उक्त सम्मेलनमा लुम्बिनी प्रदेश सरकारका प्रदेश सांसद बैजनाथ जैसवालले विश्व शान्तिका लागि विश्वभरि नै बुद्ध शिक्षाको प्रसार हुन आवश्यक रहेको र त्यसको केन्द्र रामग्राम स्तुप लगायत लुम्बिनी प्रदेशभरिका बौद्ध भूमिलाई आधारशिला बनाउनु पर्ने औल्याएका थिए । विश्वको एक मात्र भगवान गौतम बुद्धको मौलिक अवस्थाको अष्टधातु रहेको रामग्राम स्तुप क्षेत्र अध्यात्मिक केन्द्र बनाउन आवश्यक रहेको र त्यसका लागि लुम्बिनी प्रदेश सरकारसँग आफू काम गर्न निरन्तर लागि रहेको बताएका थिए ।

रामग्राम स्तुपासँगै नवलपरासी जिल्लामा रहेको बुद्धको मावली प्राचिन कोलिय गणरज्यको राजधानी कोलनगर (पण्डिटपुर),अनोमाघाट, ककरपत्त नगर, नन्दननगर लगायतका बुद्धभुमिहरूको पनि संरक्षण प्रवद्र्धन र प्रचार प्रसार आवश्यक रहेको औंल्याएका थिए । यसको प्रचारप्रसारमा समेत आयोजक सस्था विश्व बौद्ध धम्म परिषदलाई आग्रह गरेका थिए । विश्वमा शान्तिको सुत्रपात गर्ने भगवान गौतम बुद्ध,पछि बुद्धको धर्म विश्वब्यापी रूपमा फैलाउने तत्कालिन मगध सम्राट अशोक र अहिले आधुनिक कालमा बोधिसत्वको रूपमा मान्यता पाएका डा.भिमराव अम्वेडकरको मार्ग दर्शन शिक्षा लिइर गाउँ टोल र घरदैलोमा पु¥याउन सके घर घरमा शान्ति सन्देश पुग्नेमा उनले विश्वास ब्यक्त गरेका थिए । कार्यक्रममा रामग्राम विकास कोषको तर्फबाट कोषका सदस्य समेत रहेका पत्रकार बेचु गौडले रामग्राम स्तुपको पुरातात्विक, ऐतिहासिक, धार्मिक, साँस्कृतिक र अध्यात्मिक महत्वबारे दर्शाएका थिए । रामग्राम स्तुपसँगै जोडिएका बुद्धसँग सम्बन्धित सोही क्षेत्र वरिपरि १५ वटा स्थानबारे पनि जानकारी गराएका थिए । सम्मेलनको अध्यक्षता गरि रहेका परिषदका अध्यक्ष बालचन्द्र बौद्धको यो अभियान निरन्तर भई राख्ने र सबै पक्षको सहयोग अपरिहार्य रहेको बताएका थिए ।
रामग्राम स्तुपमा स्वम् भगवान बुद्धको अस्तुधातु अवस्थित छ । यो अध्यात्मिक अभ्यासकै लागि छ । बौद्ध दर्शनका अनुसार भगवानको महापरिनिर्वाण पश्चात धातु वितरण गरि बनेका स्तुप मध्ये यो रामग्राम स्तुप मात्रै आफ्नो मौलिक अवस्थामा अवस्थित छ र आर्को देवलोकमा अवस्थित छ । पृथ्वीबासी तथा बुद्धप्रति श्रद्धा राख्नेका लागि यो रामग्राम स्तुप क्षेत्र दुर्लभ स्थान हो । विश्वसम्पदा सुचिको प्रकृयामा रहेको रामग्राम स्तुप क्षेत्रमा काम गर्नका लागि युनेस्को र पुरातत्व विभागसँग मिलेर थप काम गर्दै अगाडी बढने रामग्राम विकास कोषको लक्ष्य रहेको छ । सन १८९६ मा लुम्बिनी पत्ता लाग्यो र त्यसको लगत्तै २ बर्ष पछि डा.डब्लु होयले सन १८९८ मा रामग्राम स्तुपको पत्ता लगाएका थिए ।

भगवान बुद्धको महापरिनिर्वाण पश्चात उनको अस्तुलाई आफ्नो भागमा पाउने मावली तर्फका कोलिय राजाहरूले ल्याएर रामग्राम स्तुपको रूपमा स्थापना गरेका थिए । जुन अध्यात्मिक, पुरातात्विक, ऐतिहासिक र धार्मिक स्थल रामग्राम स्तुपाको रूपमा सुरक्षित रहेको छ । आठ भागमा रहेको भगवान गौतम बुद्धको अष्टधातु तत्कालिन मगध सम्राट अशोकले उत्खनन गराई विभिन्न्न चौरासी हजार स्थानमा वितरण गर्ने क्रममा रामग्राम स्तुपाको अष्तु खन्न आउने क्रममा नागबँशीहरूको आग्रहमा रामग्राम स्तुप उत्खनन नगरि फर्केका थिए । त्यो भएर पनि यो रामग्राम स्तुप संसारको एक मात्र प्राकृतिक अवस्थाको स्तुप रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?